शनिबार, वैशाख ६, २०८२

स्वास्थ्य बिमा गर्नेले २० प्रतिशत उपचार खर्च आफैंले तिर्नुपर्ने

 |  आइतबार, वैशाख २, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २, २०८१

vianetvianet

काठमाडौं- स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिमितले २० प्रतिशत रकम आफैले तिर्नुपर्ने भएको छ। 

triton college

बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने विमितले उपचार खर्चको २० प्रतिशत रकम आफैले तिर्नुपर्ने  (सहभुक्तानी) लागू गरिएको बताए।

‘अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्न हामीले आजदेखि उपचार खर्चको २० प्रतिशत तिर्नुपर्ने नियम लागू गरेका छौँ’, उनले भने, ‘जसले गर्दा विमितले अनावश्यक स्वास्थ्यपरीक्षण नगराउने र बिरामी भएका विमित मात्र स्वास्थ्य बीमाबाट लाभान्वित हुनेछन्।’

स्वास्थ्य बीमा कार्यक्रम सहभुक्तानी लागू गर्ने कार्यविधि २०८० संशोधन गरी बोर्डमा आबद्ध बिमितले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम उपचार खर्चबापत तिर्नुपर्ने व्यवस्था लागू गरेको हो। 

बोर्डले यसअघि माघ १ गतेबाट सरकारी अस्पतालमा उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने नियम लागू गरेको थियो। उनले सरकारी अस्पतालको सक्षमता विकास गर्न र बिरामीलाइ  सरकारी अस्पतालप्रति आकर्षित गराउन सहभुक्तानीको व्यवस्था लागु गरिएको बताए। 

National life insurance

कार्यकारी निर्देशक डा बसौलाका अनुसार सहभुक्तानी १५ शय्यासम्मका आधारभूत अस्पतालमा लागू हुँदैन। सङ्घीय तथा प्रादेशिक अस्पताल, विशेषज्ञ सेवा उपलब्ध भएका आधारभूत अस्पताल, निजी, सहकारी, सामुदायिक अस्पताल, मेडिकल कलेजमा सहभुक्तानी प्रणााली लागू हुने कार्यविधिमा उल्लेख छ। 

बीमा कार्यक्रममा कूल विमित सङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना र कूल विमितमध्ये सेवा लिनेको सङ्ख्या ३६ लाख ५२ हजार चार सय ३२ जना छन्।  नवीकरण गर्ने बिमित ४८ लाख आठ हजार सात सय ६० रहेको छ।

प्रकाशित: Apr 14, 2024| 17:31 आइतबार, वैशाख २, २०८१
प्रतिक्रिया दिनुहोस्