बुधबार, फागुन २७, २०८२

चेपाङका बालबालिकाको स्वास्थ्य र शिक्षामा पहुँच

 |  बिहीबार, असार २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

लमजुङ- बेँसीसहर नगरपालिका- ११ बरबोटमा रहेका लोपोन्मुख चेपाङ समुदायका बालबालिकाको स्वास्थ्य र शिक्षामा पहुँच पुग्न थालेको छ। 

National life

नेपाल चेपाङ महासङ्घका पूर्व केन्द्रिय सदस्य अम्रिता चेपाङले भने, 'स्थानीय सरकारका कारण मुलुकमा विस्तारै शिक्षा र स्वास्थ्यको पहुँच बढ्दै गर्दा यहाँ पनि यसको प्रभाव पर्न थालेको  छ। यहाँका सबै बालबालिका शिक्षा एवं स्वास्थ्य क्षेत्रको पहुँचमा पुग्न थालेका छन्।'

समुदायमा विस्तारै चेतनाको वृद्धि हुन थालेसँगै उनीहरु शिक्षा र स्वास्थ्यतर्फ अघि बढ्न थालेको स्थानीय विष्णु चेपाङले बताए। उनले भने, 'पहिला पहिला सानै उमेरमा विवाह गर्ने समेत गरेपनि अहिले चेतनाको वृद्धि भएसँगै सानै उमेरमा विवाह गर्नेहरु न्यूनीकरण भएको छ।' 

स्थानीय सरकारले केही सहयोग गरेपनि गण्डकी प्रदेश तथा सङ्घीय सरकारले भने सहयोग एवं प्राथमिकताका नदिएको उनीहरुको गुनासो छ। 

बेँसीसहर नगरपालिका – ११ का वडाध्यक्ष शिवप्रसाद जोशीले भने, 'यहाँका चेपाङ समुदायमा विगतका भन्दा शिक्षा र स्वास्थ्यमा पहुँच पुग्न थालेको छ।' उनीहरुका लागि छुट्टै बजेट वा प्राथमिकतामा राखेर सरकारले गर्नुपर्ने काम जति भने गर्न नसकेको उनको भनाइ छ। चेपाङ समुदायमा रहेको जनजागृति आधारभूत विद्यालयमा कति चेपाङका विद्यार्थी रहेका छन् भन्ने, विवरण नगरपालिकाको शिक्षा शाखामा नआइसकेकाले सशक्त अनुदानको रकम उनीहरुलाई दिन नसकेको र उनीहरुका लागि अन्य समुदायका तुलनामा छात्रावृद्धि रकम बढी हुने नगरपालिकाका सूचना अधिकारी किसानराज चिलुवालले बताए। 

Laxmi sunrise bank
kumari

उनले भने, 'सङ्घीय सरकार र स्थानीय सरकारको सहयोगमा चेपाङ समुदायलाई लक्षित गरेर इसिडी सेवा सञ्चालन भइरहेको र सो बाहेक उनीहरुका लागि छुट्टै कार्यक्रम लागू भने गरिएको छैन।' बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले भने, 'चेपाङ समुदायको आयस्तर वृद्धि गर्ने, शिक्षा, स्वास्थ्य लगयातका क्षेत्रमा अघि बढाउनका लागि नगरपालिकाले ध्यान केन्द्रित गर्दै आइरहेको छ। यहाँ गतवर्ष पनि विभिन्न कार्यक्रम गर्दै आएको र यसवर्ष पनि उनीहरुलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी भएको उनको भनाई छ।' 

यहाँ चेपाङ समुदायको १३ घर छन्। यतिका घरमा ७०  चेपाङ समुदाय छन्। यहाँ विगतमा प्रौढ शिक्षा सञ्चालनका कारण अधिकांश स्थानीयवासीले आफ्नो नाम लेख्न तथा हस्ताक्षर गर्न सक्ने स्थानीयवासीको भनाइ छ।

प्रकाशित: Jul 06, 2023| 22:02 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्