आइतबार, जेठ ६, २०८१

वास्तुका हिसाबले घरको भर्‍याङ कस्तो बनाउने ?

 |  शनिबार, जेठ २७, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

शनिबार, जेठ २७, २०८०

घरको भर्‍याङ बनाउँदै हुनुहुन्छ ? अन्य अन्योलसँगै घरमा भर्‍याङ कता राख्ने भन्ने विषय पनि धेरैलाई टाउको दुखाइको विषय बन्न सक्छ । भर्‍याङ घरको अभिन्न अंग हो । बा0लबालिका र वृद्धवृद्धाको लागिसमेत अनुकूल हुने घरको भर्‍याङ कसरी बनाउने त ?

triton college

घर र त्यसमा राखिने भर्‍याङ राख्दा निम्न कुरामा ध्यान दिनुपर्छ:

वास्तु विज्ञानले घरको समग्र प्रारुप कस्तो हुनुपर्छ भनेर निर्देश गर्छ । कस्तो माटोमा घर बनाउने, मोहोडा कुन दिशामा फर्काउने, शयन कक्ष लगायत कुन–कुन दिशामा बनाउने, झ्याल–ढोका कति राख्ने इत्यादि ।

वास्तु विज्ञान अनुसार घर बनाउँदा घरमा शुभ हुने विश्वास गरिन्छ । वास्तवमा वास्तु आफैंमा यस्तो विज्ञान हो, जसले भरपर्दो, सहज, सुविधाजनक घर निर्माणका लागि रेखाचित्र प्रदान गर्छ । वास्तु विज्ञान अनुसार घर बनाउँदा घर घमाइलो हुने, पर्याप्त हावा खेल्न पाउने, घर बलियो हुने, घरभित्र बस्न सहज हुने हुन्छ । वास्तु विज्ञानले घरमा कस्तो झ्यालढोका बनाउनेदेखि कुन दिशामा र कस्तो भर्‍याङ राख्ने भन्ने तय गरिदिएको छ ।

घरको दक्षिण–पश्चिम दिशामा भर्‍याङ बनाउनु एक आदर्श विकल्प हो । ध्यान दिनुपर्ने कुरा के भने सिँढी उत्तर दिशाबाट सुरु भएर दक्षिणमा टुंगिएको हुनुपर्छ । वैकल्पिक रुपमा यो पूर्वबाट सुरु भएर पश्चिममा सकिएको पनि हुन सक्छ ।

corrent noodles
Metro Mart

वास्तु विज्ञान अनुसार घरको मध्यभागमा भर्‍याङ राख्नु उचित हुँदैन । त्यसैगरी घरभित्र बनेको भर्‍याङ भान्सा कोठा, भण्डार कोठा वा पूजा कोठाबाट सुरु भएको हुनु हुँदैन ।

एक तलाबाट अर्को तलासम्म भर्‍याङ निरन्तर हुन्छ । तर, पहिलो तलादेखि तेस्रो, चौथो तला चढ्ने भर्‍याङ निरन्तर हुनु हुँदैन ।

भर्‍याङको अन्त्य र सुरुमा ढोका हुनु पनि सही मानिन्छ । भर्‍याङ बनाइरहँदा ख्याल गर्नुपर्ने अर्को कुरा के भने भर्‍याङलाई सधै घडीको दिशामा मोड्नुपर्छ । वास्तु विज्ञानमा घडीको विपरित जाने भर्‍याङ उचित मान्दैन ।

दक्षिण पूर्वतर्फ भर्‍याङ बनाउन सकिन्छ, जसको मुख पूर्वी दिशामा हुनुपर्छ । उत्तर-पश्चिम जसको मुख पश्चिमतर्फ हुनुपर्छ ।

वास्तु शास्त्र अनुसार दाहिने कोणबाट झुकेको बर्ग र आयतकार सिँढी उत्तम मानिन्छ । सिँढी धेरै अग्लो वा ठाडो उचित हुँदैन । सिँढीमा पाइलाको संख्या विषम अर्थात १५, १७, २१ हुनुपर्छ

प्रकाशित: Jun 10, 2023| 20:15 शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्