मंगलबार, भदौ १०, २०८२

एकता बुद्ध सहकारीको ८ करोड हिनामिना गरेको आरोपमा ६ जना पक्राउ

 |  बिहीबार, जेठ १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु आठ करोड १८ लाख ८९ हजार सात सय ९५ हिनामिना गर्ने कार्यमा संलग्‍न रहेको अभियोगमा सोही संस्थाका कार्यकारीका अध्यक्षसहित ६ जना पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। 
प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–९ बस्ने ७२ वर्षीय भानुकुमार शर्मा, ६७ वर्षीय प्रमोदकुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीरबहादुर तामाङ, सोही नगरपालिका–८ बस्ने ३४ वर्षीय शम्भु कार्की र सोही नगरपालिका–९ बस्ने गोरखा पालुङटार नगरपालिका–७ घर भएका ५८ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन्। 
उक्त संस्थाका बचतकर्ताबाट मुद्दती तथा बचत खातामा करोडौँ रुपैयाँ निक्षेप संकलन गरी संस्थाका सञ्चालकले व्यक्तिगत लाभका लागि प्रयोग गरी सहकारी ऐन, २०७४ विपरीतका काम गरी संस्थालाई धराशायी बनाई बचतकर्ताले बचत गरेको रकम फिर्ता नदिएको बताइएको छ। उनीहरू बचत लिन जाँदा मुद्दती खातामा रहेको रकमको भुक्तानी मिति नाघेपछि पनि फिर्ता नगरी संस्थाले गरेको ठूलो धनराशिको अपचलन गरी ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सहकारीको रकम हिनामिना गर्ने कार्यमा संलग्नलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाबाट पत्राचार भएपछि केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उक्त ठगी कार्यमा संलग्नलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकाउपर जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 

प्रकाशित: Jun 01, 2023| 21:05 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

आजको दिन हिन्दु महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।
जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।