आइतबार, साउन ३१, २०८३

राजस्व चुहावट मुद्दामा सहसचिव शर्मा दोषी ठहर

 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

काठमाडौं- राजस्व चुहावट मुद्दामा विशेष अदालतले सहसचिव चूडामणि शर्मासहित तीन जनालाई दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको संयुक्त इजलासले शर्मालाई दोषी ठहर गरेको हो। कर फर्स्योट आयोगमार्फत व्यापारीलाई कर छुट दिएर भ्रष्टाचार गरेको अदालतले ठहर गरेको हो।

सरकारले २०७१ सालमा कर फर्स्योट गर्न आयोग गठन गरेको थियो। त्यसमा चार्टर्ड एकाउन्टेन्ड लुम्बध्वज महत संयोजक थिए भने उमेश ढकाल सदस्य थिए। त्यस्तै, आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मा आयोगका सदस्य सचिव थिए।

आयोगका पदाधिकारीले राजस्व चुहावट गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो। २०७४ साउन १ गते दर्ता भएको मुद्दामा आज फैसला आएको हो।

विशेष अदालतले शर्मासँगै आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई पनि दोषी ठहर गरेको छ। यसमा सजाय भने पछि निर्धारण हुनेछ। सजाय निर्धारणका लागि जेठ २५ गते पेशी तोकिएको विशेष अदालतले जनाएको छ।
 

प्रकाशित: Jun 01, 2023| 18:26 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्