मंगलबार, भदौ १०, २०८२

भारतीय उपराष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको भेट

 |  बिहीबार, जेठ १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

vianetvianet

काठमाडौं- भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गरेका छन्। बिहीबार नयाँ दिल्लीस्थित उपराष्ट्रपति कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

Kumaribank

भेटमा दुई देशको सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको छ। भेटमा मन्त्रीहरु, मुख्यसचिव, प्रधानमन्त्री पुत्री तथा स्वकीय सचिव गंगा दाहाल लगायत उपस्थित थिए।

प्रधानमन्त्री दाहालले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि भेट गर्ने कार्यक्रम छ। चार दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री दाहाल बुधबार दिल्ली गएका थिए। उनी जेठ २० मा स्वदेश फर्कनेछन्।

FxiJFXnWwAMGkDx1685621895.jpeg

प्रकाशित: Jun 01, 2023| 17:57 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

आजको दिन हिन्दु महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।
जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।