आइतबार, साउन ३१, २०८३

प्रचण्ड-मोदी वार्ता

अग्निपथमा गोर्खा भर्ती र ईपीजी प्रतिवेदनबारे उठेन कुरा

 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

चार दिने भ्रमणका लागि बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी नेरन्द्र मोदीबीच बिहीबार भएको भेटवार्तामा अग्निपथमा गोर्खा भर्ती र ईपीजी प्रतिवेदनले छलफलमा प्रवेश पाएन।

भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राले दुई प्रधानमन्त्रीको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन्। 

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले क्वात्रालाई अग्निपथमा गोर्खा भर्ती, नेपालमा भएको नक्कली भुटानी शरणार्थी प्रकरण, ईपीजी प्रतिवेदन, मुरल नक्सालगायत विषयमा प्रश्न सोधेका थिए। जवाफमा उनले यी विषयमा छलफल नभएको बताए। शान्ति तथा मैत्री सन्धिको विषय पनि नउठेको उनले बताए।
 

प्रकाशित: Jun 01, 2023| 17:28 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्