आइतबार, साउन ३१, २०८३

वन्यजन्तुसम्बन्धी कसुरमा दुई जना पक्राउ

 |  बिहीबार, जेठ १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

चितवन- चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिका नगरपालिका–११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा रहेका छन्।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चेपाङलाई यही जेठ १३ गते सौराहाबाट र प्रजालाई जेठ १४ गते घरबाटै पक्राउ गरिएको हो। वन्यजन्तु चोरी सिकार गर्न लागेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। 

प्रजाको घरबाट दुई थान भरुवा बन्दुकसमेत बरामद गरिएको तिवारीले जानकारी दिए। हातहतियार खरखजनासम्बन्धी मुद्दाका लागि हतियार जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाइएको छ। वन्यजन्तुसम्बन्धी कसुरमा निकुञ्ज कार्यालयले अनुसन्धान थालेको छ।

प्रकाशित: Jun 01, 2023| 17:09 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्