बिहीबार, भदौ ४, २०८३

यार्सा टिप्न हिँडेका तीन जना मुगुमा बेपत्ता

 |  आइतबार, वैशाख २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २४, २०८०

हिमपहिरोमा परी जुम्लामा तीन जना बेपत्ता भएका छन्।

जुम्लाको पातारासी गाउँपालिका वडा नं २ तल्फी गाउँका तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरा बेपत्तामा भएको पातारासी गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले जानकारी दिए।

पन्ध्र जनाको टोली बनाई मुगुको पाटनमा यार्सा टिप्न गएकामध्ये उनीहरु मुगु कार्मारोङ्ग गाउँपालिका–२ च्यार्खु लेकमा बेपत्ता भएको अध्यक्ष बोहोराले बताए।

'दिउँसो खबर आएसँगै इलाका प्रहरीचौकी मुगुबाट प्रहरीको टोली घटनास्थलतर्फ गइसकेकाले के कसरी घटना भयो ? हिउँपहिराका कारण हो कि अन्य कारण हो ? बेपत्ताको अवस्था के छ ? प्रहरी पुगेरमात्र आधिकारिक जानकारी आउनेछ,' जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले भने।

मुगुका पाटनमा यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिकाले जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने सूचना गरे पनि यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हुँदै मुगुको पाटनमा पुगेका छन् । बेपत्ता भएका तीन जनासहितको टोली पनि अर्कै बाटो भएर पाटनमा पुगेको थिए।

प्रकाशित: May 07, 2023| 05:17 आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्