बुधबार, वैशाख २, २०८३

नाडेप लघुवित्तको साधारण सभा आज

नाडेप लाघुवित्त वित्तीय संस्थाको वार्षिकसाधारण सभा आज बस्दैछ।
 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

National life
kumari

काठमाडौं- नाडेप लाघुवित्त वित्तीय संस्थाको वार्षिकसाधारण सभा आज बस्दैछ। सभा नैविसे एग्रो रिसोर्ट, धादिङमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ। सभामा आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ। साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने, तथा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ। 
 
सभा प्रयोजनका लागि संस्थाले फागुन २१ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन १८ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन्। यस अघि संस्थाले घोषणा गरेको १०.५२६ ५ लाभांश राष्ट्र बैंकले रद्द गरेको थियो।  
 
नेपाल राष्ट्र बैंकको नियम अनुसार एउटा कम्पनीसँग मर्जर वा एक्विजिसन प्रक्रिया तोडिएपछि अर्को कम्पनीसँग मर्जर वा एक्विजिसन सम्झौता नभएसम्म सेयरधनीलाई लाभांश वितरणमा रोक लाग्ने गरेको छ। 
 

प्रकाशित: Mar 22, 2023| 08:25 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्