शनिबार, वैशाख १९, २०८३

हिम्पातले सेताम्य बन्यो खप्तड

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रि निकुञ्ज क्षेत्रमा हिमपात भएको छ। केही दिनदेखिको वर्षासँगै खप्तड क्षेत्रमा हिमपात भएको हो।
 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

डोटी- सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रि निकुञ्ज क्षेत्रमा हिमपात भएको छ। केही दिनदेखिको वर्षासँगै खप्तड क्षेत्रमा हिमपात भएको हो।

National life

हिमपातसँगै उक्त क्षेत्रमा चिसो बढेको छ। आइतबार रातिदेखि खप्तड क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन्। यस वर्ष खप्तड क्षेत्रमा यससँगै तेस्रो पटक हिउँ परेको छ।

हिउँ करिब एक फिट जति परेको खप्तड झिग्राना घरबासका सञ्चालक तथा व्यापारी दीपकबहादुर खड्काले बताए। उनले खप्तडलगायतका क्षेत्रमा एक फिट हिउँ परेको बताउँदै हिमपातका कारण चिसो बढेको बताए। हिमपातले खप्तड क्षेत्रको दृश्य निकै मनोरम देखिने भएकाले यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो हुने खड्काले बताए।

हिमपातका कारण खप्तड आसपासका क्षेत्रमा टेलिफोन सम्पर्कमा समेत समस्या आएको खप्तड राष्ट्रिय निकुञ्जका वार्डेन गोपाल घिमिरेले बताए।

प्रकाशित: Mar 22, 2023| 07:15 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्