मंगलबार, असार १४, २०७९

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

शिशिर बस्नेत  |  काठमाडौं, सोमबार, जेठ ९, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

सोमबार, जेठ ९, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- अग्ला, खिरिलो ज्यान भएका, फेसनमा रुची राख्ने, हेर्दा कुनै फिल्मको हिरोझैँ लाग्छन् धीरज बस्नेत। ६ फुट एक इन्चका धीरज १९ वर्षका भए। तर, झट्ट हेर्दा उनी १९ वर्षको झै लाग्दैनन्। 

हेर्दा मोडल जस्ता देखिने उनी सोखिन पनि उत्तिकै छन्। युवाहरूको रोजाइको बाइक क्रस एक्समा काठमाडौं घुमिरहने उनी नेपाली भलिबलका उदयीमान खेलाडी हुन्। जिउडाल मिलेका उनलाई समर्थकहरूले तपाई त मोडल बन्नु भनि जिस्काउने गर्दछन्। उनलाई त पुलिस क्लबमा रसियन खेलाडी भनेर जिस्काउने गर्थे।

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ। कहिल्यै हार्नु हुँदैन भनेर सक्रिय रहेका धीरज राष्ट्रिय टिमबाट खेल्ने दिन पर्खिरहेका छन्। पारिवारिक साथ र सहयोगले उनको हिम्मतलाई थप चुल्याउने गरेको छ।

उनले भलिबल खेल्न थालेको पनि धेरै भएको छैन। उनी आफ्नो सुरुआतका दिन सम्झदै भन्छन्, 'पहिलो पटक भलिबल खेल्दा गाँउमा टोलका साथि र दाइसँग खेलेको थिए। त्यो क्रम लामै समयसम्म चल्यो,' उनी भन्छन्।

एकदिन बेलुकी विद्यालयबाट हिँड्दै घर फर्किदै थिए धीरज। उनले गाउँकै दाइहरूलाई भलिबल खेल्दै गरेको देखे। उनी त्यहीबाट घर फर्किंदै थिए। र, उनलाई भलिबल खेल्दै गरेका एक जनाले भाइ तिमी कुन खेल मन पराउँछौं भने। उनको उचाइले उनीहरूलाई आकर्षित गरेको थियो। त्यतिबेलासम्म उनलाई भलिबलप्रति रुची थिएन। र, त्यसबारेमा ज्ञान पनि थिएन। 

गणडकीसँगको खेलमा मौका पाएका थिए। सानदार प्रदर्शन पनि गरे। त्यसै क्रममा विपक्षीको ब्लक रोक्ने क्रममा खुट्टाको एङ्कलमा चोट लाग्यो। त्यसपछिका बाँकी खेल खेल्न सकेनन्। 

उनी उमेरमा सानै भए पनि शारिरीक बनोटमा मजबुद देखिन्थे। आफूलाई सिनियर दाइहरूले एक्कासी नसोचेको प्रश्न गर्दा उनी अलमल्लमा परे। उनले १६ वर्षको उमेरसम्म कुनै पनि खेलमा चासो दिएका थिएनन्। र, उनले सहजै भनिदिए, 'खेल्न चाहिँ सबै खेल खेल्छु। विशेष रुची कुनैमा छैन।'

उनको शारिरीक उचाईंको प्रशंसा गर्दै सिनियर दाइहरूले धीरजलाई भलिबल खेल्न प्रेरित गरे। उनलाई सर्भिस, इकिङ  र डिफेन्सको पहिलो अनुभव याद छ। भलिबलको पहिलो स्पर्श पनि भुलेका छैनन् धीरजले। त्यसपछि भलिबल खेल्न थालेका धीरजले  राम्रो गर्दै गए। सबैको मत जित्दै गए।

०००

कक्षा आठदेखि काठमाडौंमा पढ्न थालेपछि उनले खेललाई नजिकबाट बुझ्ने मौका पाए। र, भलिबलसँगैको आकर्षण बढ्दै गयो। उनी महाराजगञ्ज नजिकै एक होस्टेलमा बस्थे। त्यहाँबाट समय निस्किने वित्तिकै महाराजगञ्जस्थित पुलिस क्लब पुगेर अभ्यास गर्थे। उनले त्यहिँ खेल्दै सिक्दै गरे। उनको खेल देखेर प्रभावित हुँदै प्रशिक्षक महेश चौधरीले उनीसँग दुई वर्षको सम्झौता गरे।

उनले पुलिस क्लबबाट आफ्नो खेल जीवनको पहिलो प्रतियोगिता टाइगर कप (२०७७) खेलेका हुन्। टाइगर कप पोखरामा आयोजना हुने गर्छ। तर, त्यहाँ उनले सबै खेलमा अवसर पाएनन्। अवसर नपाउनुमा खुट्टामा लागेको चोट मुख्य कारण बन्यो।

गणडकीसँगको खेलमा मौका पाएका थिए। सानदार प्रदर्शन पनि गरे। त्यसै क्रममा विपक्षीको ब्लक रोक्ने क्रममा खुट्टाको एङ्कलमा चोट लाग्यो। त्यसपछिका बाँकी खेल खेल्न सकेनन्। 'जति नै राम्रो गरे पनि एउटा खेलबाट कति नै राम्रो प्रदर्शन देखाउन सकिन्छ र?  खुट्टाको चोटका कारण सोचे जस्तो प्रदर्शन भएन,' उनी भन्छन्। खेलेका अधिकांश खेलमा उनी बेञ्च हिटर भए। 

'कुनै पनि खेल पुरा खेल्न पाएन। पहिलो प्रतियोगितामा राम्रो प्रदर्शन गरेर सम्झनलायक बनाउने मेरो सपना अपुरै रह्यो,' उनी भन्छन्।

उनले खेलेको दोस्रो प्रतियोगिता हो राष्ट्रिय भलिबल कप (२०७८)। उक्त प्रतियोगितमा उनले कपन टिम बुढानिलकण्ठबाट खेले। एसईई परीक्षा दिने वर्ष भए पनि अभ्यासमा भने टाइम दिएका थिए। तर, अन्तिम समयमा परीक्षाका कारण उनी एनभिए कपका लागि पुलिस क्लबबाट खेल्न पाएनन्। पुलिसबाट कप खेल्न नपाएपछि उनले बुढानीलकण्ठबाट खेलेका थिए। कपनको टिमसँग राम्रो सम्बन्ध भएकाले उनले त्यहाँबाट खेल्ने अवसर पाएका थिए। त्यो प्रतियोगिता नै उनको खेल जीवनको टर्निङ प्वाइन्ट बन्यो।

उनले त्यहाँ धेरै खेलमा मौका पाए र राम्रो प्रदर्शनसमे गरे। प्रतियोगिताको उपाधि जित्न नसके पनि बुढानील्कण्ठबाट उनले व्यक्तिगत प्रदर्शन उच्च राखे र टिमलाई ठूलो योगदान दिए। यस प्रतियोगितामा उनको प्रदर्शन देखेर नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदिश भट्टसमेत प्रभावित भए। र, उनलाई बंग्लादेशको ढाकामा हुने खेलका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाएका थिए। जहाँ उनी थुप्रै खेलाडीहरूलाई पछि पार्दै शीर्ष १४ मा पर्न सफल भए। शीर्ष १४ मा परे पनि शीर्ष १२ मा पर्न असफल रहे र राष्ट्रिय टिममा छनोट हुन सकेनन्। राष्ट्रिय टिममा खेल्नु उनको सपना थियो, जुन त्यपसटक सफल हुन सकेन। जस्ले गर्दा उनीमा निराशा छाएको थियो।

दोस्रो टाइगर कप र भलिबल लिग

गतवर्ष उनले दोस्रो पटक टाइगर कप खेले। तर, टिम फरक थियो। उनले गत वर्ष टिपटप हेल्प नेपालबाट खेलेका थिए। पोखरामा ठूलो संख्यामा दर्शकमाझ उनले विदेशीखेलाडिसँग खेल्ने अवसर पाए। भारतीय राष्ट्रिय भलिबल टिमका पूर्वकप्तान विनित कुमार, अमितजस्ता अनुभवी खेलाडिसँग खेलेर उनले धेरै कुरा सिके। राम्रो प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको टिपटपले उपाधि भने जित्न सकेन। फाइनलमा विभागीय टिम त्रिभुवन आर्मिसँग पराजित भएपछि फाइनल जित्ने सपना अधुरै रह्यो। तर, पुरै समय टिममा खेल्न पाउनुले खेलाडीलाई धेरै अर्थ राख्छ। अनुभवी खेलाडीसँगको प्रतिस्पर्धाले उनले धेरै कुरा सिक्ने अवसर मात्रै पाएनन् टिमका प्रशिक्षक तथा खेलाडीहरूको नजरमा राम्रो नोटिससमेत भए।

काठमाडौं उपत्यकामा भर्खंरै सम्पन्न छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल लिगमा चाहिँ उनले एपीएफ क्लबबाट अबसर पाए।

टिममा खेलाडीहरूसँगको राम्रो साझेदारी तथा एकतावद्ध भएर खेल्ने शैलीका कारण उनी एपीएफबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। यसपटकको एनभिए लिग धीरजका लागि झनै विशेष भयो। किनकि लिगको उदयीमान खेलाडी बने धीरज बस्नेत।
'निरन्तर अभ्यासको अभाव तथा अन्य कारणले गर्दा टिपटप क्लबसँग सम्झौता थप गर्न सकिएन', उनी भन्छन्। टिपटपबाट टाइगर कपमा गरेको प्रदर्शनपछि एपिएफका प्रशिक्षक उनलाई अनुबन्ध गर्ने निर्णयमा पुगेका थिए। त्यसपछि उनलाई करारमा एपीएफ क्लबले अनुबन्ध गरेको छ। उनी अहिले एपीएफमै रहेर खेलिरहेका छन्।

टिममा खेलाडीहरूसँगको राम्रो साझेदारी तथा एकतावद्ध भएर खेल्ने शैलीका कारण उनी एपीएफबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। यसपटकको एनभिए लिग धीरजका लागि झनै विशेष भयो। किनकि लिगको उदयीमान खेलाडी बने धीरज बस्नेत।

'लिगमा उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जित्न सफल भएँ। राम्रो गर्नसक्छु भनेर प्रमाणित पनि गर्नुथियो,' उनले भने। पुरुषतर्फ सात टीम सहभागी प्रतियोगितामा उनको टिमले प्रतियोगिताको उपाधि जित्न भने सकेन। सिंगल राउन्ड रोबिन लिगका आधारमा भएको खेलमा उनको टिम एपीएफले चौथो स्थान हासिल गर्‍यो। भर्खंरैको लिगको प्रदर्शनबाट उनको राष्ट्रिय टिमको जर्सी लगाएर देशका लागि खेल्ने सपना पुरा गराउने सम्भावना अझै बलियो बनेको छ। 

धीरजलाई परिवारको साथ त छँदैछ। सिनियर खेलाडीले पनि उत्तिकै मोटिभेसन दिने गरेका छन्। उनी भन्छन्,  'दाइहरूले पनि समर्थन र प्रेरणा दिइरहनु भएको छ। सधैँ सकरात्मक रुपमाअघि बढ्न उत्साहित गर्दै भविष्यमा राम्रो प्रदर्शनको अपेक्षा गरेको बताउँनुहुन्छ।'

पछिल्लो पटक नेपाल आउँदा नेदरल्यान्डका प्रशिक्षक हान अबिङ्गले सबै कुरा ठिक भए उनले भविष्यमा राम्रो गर्ने संकेत गरेका थिए। तर त्यतिबेला उनले धीरजलाई टु यङ्ग टु प्ले नेश्नल टिम भनेका थिए। किनकि उनी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा जाँदा सबैभन्दा कान्छा थिए।

भारतीय टिमका पूर्वकप्तान विनित कुमारले पनि उनलाई राम्रा सन्देश दिएका थिए त्यसलाई पनि उनी सम्झन्छन्, 'सही ढंगले बललाई नियन्त्रण गर्न सक्नुहुन्छ भन्दै उहाँले सकरात्मक प्रतिक्रिया दिनु भएको छ,' उनी भन्छन्। खेलमा केही सुधार गर्नुपर्ने र कमजोरिलाई सुधार गर्दै लगेमा भविष्यमा राम्रो उपलब्धि गर्न सक्ने उनी आफैँलाई लाग्न थालेको छ।

उनी बोलेर नभइ केही गरेर देखाउने सोचमा आफू रहेको बताउँछन्। त्यसका लागि कडा मेहेनत गर्न सधैँ सक्रिय रहने धीरजले बताए। यसका साथै उनले खेल र पढाइलाई सँगसँगै लैजाने बताएका छन्। दुवै कुरालाई सँगसँगै लैजान गाह्रो भइरहेको भए पनि समय व्यवस्थापन गर्दै अघि बढ्ने बताए। उनले खेलबाटै देशको शीर विश्वसामू उचो राख्न चाहेको बताएका छन्।


प्रकाशित: May 23, 2022 | 09:46:28 काठमाडौं, सोमबार, जेठ ९, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चन्द्रागिरिको जंगलमा हराएका तीन विदेशी भीरमा भेटिए

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ।

...अनि पटक-पटक मर्ने प्रयास गरेकी थिइन् दिलमायाले

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर फर्किएँ। बच्चाले दुःख पाउँछ भनेर मर्न सकिनँ...

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो।

कांग्रेसभित्र यसरी 'फ्रन्ट डोर' ढकढक्याउँदैछन् विनोद चौधरी

म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म मेरो योजनामा असफल भएँ भने राजनीतिमा विश्राम लिएर आराम गरेर बस्छु।

गोर्खा सैनिकको सम्झनामा त्यो फोकल्यान्ड युद्ध

‘बिहानको १० बजेसम्म घाम देखिँदैन। जताततै तिखा चट्टान, ढुंगा र घासे मैदान। चार मोजा र बुट लगाउँदा सम्म नथेगिने चिसो। घरिपानी, घरि असिना, घरि हिउँ। रुखपात छैन, झारपात मात्र कस्तो ठाउँ होला!’

नेपालबाट बेलायत जाने मौसमी कामदार बढे, सरकार भन्छ- ऐनले चिन्दैन

कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।

साडियो माने : धुलाम्य मैदानदेखि लिभरपुलको लोभलाग्दो रवाफसम्म

बाल्यावस्थादेखि बलसँगै लडिबुडी गरेका मानेले फुटबलमा पाएको जादूयी सफलतापछि जन्मथलो बम्बालीमा उम्रिँदै छन् सयौं मानेहरू।

'मानवताको सहर' बुटवलमा दलितले कोठा भाडा पाउँदैनन्

जातका आधारमा हुने विभेदलाई कानुनले निषेध गरेको र बुटवलमा मानव भएर बाँच्न मानवताको सहर नारा तय गरिए पनि त्यसैलाई खिल्ली उडाउँदै जातीय भेदभावको घटना सार्वजनिक भएको हो।

रवि लामिछाने र रमेश खरेलबीच सहकार्यको विषयमा छलफल

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

थप समाचार

नेपाल समय
भलिबल

एसियाली खेलमा पदक जित्ने रणनीति बुन्दै महिला भलिबल टिम

चीनमा यसै वर्ष आयोजना हुने भनिएको एसियाली खेल स्पर्धा स्थगन भए पनि नेपाली खेलाडीलाई विभिन्न खेल अभ्यासमा अभ्यस्त बनाउन थालिएको छ।
नेपाल समय
भलिबल

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।
नेपाल समय
भलिबल

भलिबल लिग समीक्षा : प्रभावहीन न्यु डायमन्ड, छुटेका प्रतीभा र सरस्वती

राष्ट्रिय महिला भलिबल क्लबको प्रमुख उपधि दावेदारको रुपमा न्यु डायमन्डले आफूलाई विगतदेखि प्रमाणित गर्दै आएको छ। अघिल्लो संस्करणको राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि पनि न्यु डायमन्डले जितेको थियो।
नेपाल समय
भलिबल

भलिबल क्लब लिगको दुवै उपाधि आर्मीलाई, संगम र धन बहादुर सर्वोत्कृष्ट

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल लिगको दुवैतर्फको उपाधि विभागीय क्लब आर्मीले जितेको छ।
नेपाल समय
भलिबल

एनभीए लिग भलिबल : महिलामा एपीएफ र पुरुषतर्फ आर्मीको जित

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष भलिबल क्लब लिगमा शुक्रबार विभागीय टिम एपीएफले महिलातर्फ जित निकालेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना