काठमाडौं- नेपालले दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप आयोजना गर्ने भएको छ। नेपाल भलिबल संघ (एनभीए) ले मंगलबार सूचना दिँदै सन् २०२२ मा दक्षिण एसियाली भलिबल च्याम्पियनसिपको आयोजनाबारे जानकारी दिएको हो।
अहिले बंगलादेशमा सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप भइरहेको त्यसै दौरान सबेको सेन्ट्रल जोनको बैठकले प्रतियोगिताको अर्को संस्करण माल्दिभ्समा गर्ने पनि घोषणा गरिसकेको छ। यता, नेपाल भलिबल संघले भने पहिलो संस्करणको दक्षिण एसियाली भलिबल गर्न लागेको हो। तर, च्याम्पियनसिपको पूरा मिति भने घोषणा भइसकेको छैन।
अहिले नेपाली महिला तथा पुरुष टिम सेन्ट्रल जोन भलिबलका लागि ढाकामा छन्। नेपाली महिला टिमले मंगलबार उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ भने पुरुष टिमले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्दैछ।