काठमाडौं– बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन भलिबल पुरुष तथा महिला च्यालेन्ज कपमा आइतबार नेपाली महिला टिमले उज्बेकिस्तान सामना गर्दैछ। त्यस्तै, नेपाली पुरुष टिमले भने आज माल्दिभ्ससँग खेल्दैछ।
उज्बकिस्तानविरुद्ध नेपालको खेल भने आज सवा १ बजेबाट सुरु हुनेछ। अहिलेसम्म नेपाली महिला टिम प्रतियोगितामा अपराजित छ। नेपालले श्रीलंका, माल्दिभ्स र बंगलादेशलाई हराइसकेको छ।
त्यसैले उच्च मनोबलका साथ नेपाली टिम आज उज्बेकिस्तान हराउने दाउमा हुनेछ।
त्यस्तै, नेपालको पुरुष टिमले आजै ३ः४५ बजे माल्दिभ्सको सामना गर्नेछ। माल्दिभ्सविरुद्ध जित निकाल्नु नेपालका लागि महत्त्वपूर्ण छ। किनभने नेपालले यसअघि नै बंगालादेश र श्रीलंकासँग हार बेहोरिसकेको छ।
त्यसैले, आजको खेलमा जित निकाल्दै नेपाल अंकतालिकामा स्थान सुधार गर्न चाहन्छ।
राउन्ड रोविनको आधारमा हुने समूह चरणको खेलपछि शीर्ष दुई स्थानको टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ भने तेस्रो र चौथो हुनेले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ।
नेपाली महिला टिमको लक्ष्य उपाधि रक्षा गर्ने रहेको छ भने पुरुष टिमको लक्ष्य मेडल लिएर आउने रहेको छ।