काठमाडौं– बंगलादेशको ढाकामा जारी सेन्ट्रल जोन भलिबलमा नेपाली पुरुष तथा महिला टिमले आज प्रतिस्पर्धा गर्दैछन्।
पहिलो खेलमा जित निकालेको नेपाली सिनियर महिला टिमले आज माल्दिभ्सको सामना गर्दैछ। महिला टिमले हिजो (बिहीबार) श्रीलंकाविरुद्ध जित निकालेको थियो।
नेपाल र माल्दिभ्सको खेल दिउँसो सवा ११ बजेबाट सुरु हुनेछ। श्रीलंकाविरुद्ध ३–२ सेटमा जित निकाल्दा खेलाडीले चित्तबुझ्दो प्रदर्शन नसकेको प्रशिक्षक जगदीश भट्टले बताएका थिए।
त्यस्तै, नेपाली पुरुष टिमले आज उज्बेकिस्तान सामना गर्नेछ। नेपाल र उज्बेकिस्तान खेल पौने ६ बजेबाट सुरु हुनेछ।
पुरुष टिमले आफ्नो पहिला खेलमा बंगलादेशसँग हार बेहोरिसकेको छ। त्यसैले अहिले नेपाली टिम जित निकाल्नु पर्ने दबाबमा छन्। तर नेपालले उज्बेकिस्तानसँग पहिलो पटक खेल्न गइरहेको छ।