आइतबार, असार १९, २०७९

भलिबलका चर्चित 'पुतली'

विनय सापकोटा  |  काठमाडौं, शुक्रबार, कार्तिक १२, २०७८

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, कार्तिक १२, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- भलिबलको मजा नै लामो समयसम्म बल हावामा उडिरहनु हो। जति धेरै समय बल हावामा रहन्छ त्यति नै खेलको रोमाञ्चकता हुन्छ। खेलाडीको ‘सट’ र ‘जम्प’ उत्कृष्ट भयो भने त थप मजा। यिनै विशेषणले युक्त खेलाडी हुन्, नवीन महतो।

महतो खेलका लागि चाहिने निखारता, प्रहारमा शक्ति र उडानमा उचाइ लिन सक्ने खेलाडी हुन्।  जब उनी भलिबल कोर्टमा देखिन्छन्, दर्शकबाट हुटिङ सुरु हुन्छ। एनभीए भलिबल क्लब च्याम्पियनसिपको एक खेलमा त्यस्तै भयो। खेल थियो मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशबीचको।

मणिमुकुन्द क्लबका सबै खेलाडी युवा र स्वदेशी थिए। गण्डकी प्रदेशले भने तीन बलियो विदेशी खेलाडी भित्र्याएको थियो। जसकारण गण्डकी टिम अपेक्षाकृत बलियो थियो, विभागीय टिमलाई समेत टक्कर दिन सक्ने।

‘मलाई त खेलुन्जेल निकै डर थियो किनभने स्कोर गर्ने मुख्य जिम्मा आफैंलाई थियो। साथी सबै नयाँ थिए,’ उनले भने, ‘महेन्द्र चौधरी दाइ र म भएर टिमलाई सम्हाल्यौं।’

समूह चरणको दोस्रो दिन मणिमुकुन्द क्लब र गण्डकी भिड्दै थिए। दोस्रो सेटको प्रतिस्पर्धात्मक खेलमा दुवै टिम जितको नजिक भए पनि २५ अंकमा सकिनुपर्ने सेट त्यत्तिमै सकिएन।

दुवै पक्षको प्रतिस्पर्धी खेल ३६–३४ अंकसम्म लम्बियो। दर्शकको ताली र चर्को रोमाञ्चकताबाट निस्किएको ध्वनिले कभर्डहल गुञ्जयमान भयो।‘ त्यतिखेर कन्फिडेन्स थियो। चान्स बलचाहिँ किल गर्छु भन्ने नै थियो। जित नै मुख्य लक्ष्य थियो। तर सकिएन। साना–साना गल्तीले हारियो,’ नवीनले त्यो भिडन्त सम्झे।

‘मलाई त खेलुन्जेल निकै डर थियो किनभने स्कोर गर्ने मुख्य जिम्मा आफैंलाई थियो। साथी सबै नयाँ थिए,’ उनले भने, ‘महेन्द्र चौधरी दाइ र म भएर टिमलाई सम्हाल्यौं।’

आखिर नवीनलाई आफू को हुँ भनेर चिनाउनु पर्ने थियो। चिनाए। त्यसो त उनी अपरिचित थिएनन्। नवीनभन्दा पनि उनलाई चिन्ने नाम फरक छ। अन्य खेलाडीभन्दा धेरै उफ्रने र जम्पिङमा पनि उत्कृष्ट रहेका कारण उनलाई ‘पुतली’ भनेर चिन्छन्। अर्थात् उडेर स्पाइक हान्नसक्ने खेलाडी– पुतली।

भन्छन्, ‘मलाई गुरुहरुले भलिबलको पुतली भनेर नामाकरण गरिदिनु भएको थियो।’ पुतली नाम कसरी रह्यो त ? नवीन सम्झन्छन्, ‘अभ्यासमा बस्दा चितवनको टिममा थिएँ। हाइट त खासै छैन, तर जम्पचाहिँ अलिअलि गर्थें। सकेको मेहेनेत त पहिल्यैदेखि गर्थें। त्यतिबेला जिल्लामा उमा गुरु हुनुहुन्थ्यो। उहाँले नै मलाई पुतली नाम राखिदिनु भयो।’ उनल थपे, ‘म जम्प गरेर दुई फिटजति माथि पुग्न सक्छु।’

नवीन सबैसँग बोल्ने, हाँस्ने, सबैसँग रमाइलो गर्ने स्वभावको मान्छे हुन्। त्यही भएर साथिहरुले पनि उनलाई पुतली नामले बोलाउन थाले। आजभोलि त ‘नवीन भन्यो भने धेरैले चिन्दैनन्। पुतली नै फेमस छ।’

भलिबलसँगको नाता

नवीनको घर चितवन, मेघौली हो। हठन महतो र जुनाई महतोका कान्छा छोराहुन् उनी। उनीबोहक परिवारमा दुई दाइ र पाँच दिदी छन्। ठूली दिदीको बिहे भएको त उनलाई नै थाहा छैन। हजुरबा र हजुरआमा लकडाउनको समयमा बित्नुभयो। भन्छन्, ‘अहिले ठूलोदाइ विदेश अनि अर्को दाइले घरको व्यवहार हेरकाले मबाहिर निस्किन पाउँछु।’

उनी सानैबाट परिवारको प्यारो भएर हुर्किए। खेलमा रुचि भएको छरितो केटो। मनपर्ने खेलचाहिँ भलिबल।

‘सानो हुँदा दाइहरुले भलिबल खेलेको देख्थें। दाइहरुले नेटमाथिबाट बल हानेको औधि मनपर्ने। जहाँ भए पनिखेल सुरु भएपछि चाहिँमैदानमा पुगिहाल्थेँ। सुरुमा हेर्न पछि खेल्न। सानैदेखि नै त्यही बानी लाग्यो। स्कुलमा पनि, बाहिर पनि,’ नवीन सुनाउँछन्।

त्यति मात्र होइन उनको वृत्तमा कुरा पनि भलिबलकै हुन्थ्यो। कसको खेल कस्तो भन्ने चर्चा दैनिक चल्थ्यो। उनी सम्झिन्छन्, ‘मलाई पनि गाउँका दाइहरुजस्तै खेल्न मन लाग्थ्यो।त्यही भाकामा मिसिँदै गइयो। घरको काम भ्याएर भए पनि खेल्न चाहिँ छोडिएन।’

सुरुसुरुमा त उनी टिममा नअटाएर, मैदानमा पुगेर पनि हिस्स भएर फर्किएका छन्। त्यति बेला उनलाई लाग्थ्यो, ‘म पनि अब धेरै महेनत गर्छु। अनि उनीहरु भन्दा राम्रो गेम बनाउँछु र टिममा सधैं पर्छु।’

नवीनलाई त्यसले मेहेनेत गर्न सिकायो।तर ‘भलिबल खेलेर के गर्छस् ?नेपालमा सुविधै केही छैन। केही हुँदैन त ! घर व्यवहार चलाउन पनि गाह्रो पर्छ। राम्रो पढेर पैसा कमाउने हो है’ गाउँलेहरुले भन्थे।

उनी मलिनता र हाँसोको मिश्रित भाव सुनाउँछन्, ‘सायद उनीहरुको सल्लाह राम्रै हो। तर के गर्नु मनभरि भलिबल नै भलिबल छ।’

सुरुसुरुमा खेलेको परिवारमा कसले हेर्ने। तर पछिपछि इन्टरनेटविस्तार भएसँगै उनका खेल घरपरिवारकाले पनि हेर्न थाले।

‘अहिले धेरै खेलअनलाइनमा हुन्छन्। ममिबाबाले पनि हेर्नुहुन्छ,’ उनी भन्छन्, ‘अनि उहाँहरुले पनि सपोर्ट गर्न थाल्नुभएको छ।’

उनी अहिले सम्झन्छन, ‘पहिले पहिले धेरै हारिन्थ्यो। मन दुख्थ्यो। त्यसै दौरान एकपटक चाहिँ चितवनमा जिल्लाबाट छनोटमा परियो। चार दिन अभ्यास गरेर हामी यहीँ कभर्डहलमा स्कुलबाट एकपटक खेल्न आएका थियौं।’

दुःख, दर्द त कसलाई हुँदैन होला र? भइहाल्छ नि!‘सबै कुरालाई हेन्डल गरेर खेलिन्थ्यो। साथीसँग हुँदा रमाइलो हुन्थ्यो,’ उनी भन्छन्, ‘कतिपय ठाउँमा खेल हारिन्छ। हार्दा धेरै नरमाइलो लाग्छ। त्यसपछि राम्ररी खेलेको भए जितिन्थ्यो भन्ने लाग्छ।’

त्यो जुनियर क्लबको खेल थियो। आयोजना भलिबल संघले नै गरेको थियो। त्यो करिब ७२ सालतिरको कुरा हो। उनी स्कुलमा थिए। र, उनी यू–१८ टिमबाट खेल्न आएका थिए।

‘सायदसाँझापर माविमा ११ मा पढ्दा होला, स्कुलको तर्फबाट राष्ट्रपति कप खेलेको थिएँ,’ उनी सुनाउँछन्। त्यस दौरान उनको खेल सुध्रिएकै थिएन। भन्छन्, ‘अवसर पाइने थिएन। राम्रा खेलाडी थिए हाम्रो स्कुलमा।’

यद्यपि उनको स्कुलले राम्रो खेल देखाएर फाइनलसम्म पुगेको थियो। त्यसपछि बल्ल उनको अभ्यास समय बढ्न थाल्यो।‘त्यो खेल खेलपछि म जिल्लाको सिनियर टिममा परेँ। त्यसैलाई कायम राख्दा आज यत्तिको भएँ। अभ्यास धेरै गरेकाले आज यो ठाउँसम्म पुगेको छु,’ नवीन अनुभव सुनाउँछन्।


मेहेनेतको साथै परिवार र साथीभाइको सपोर्ट पनि धेरै छ। ‘उनलाई खेल सिकाउने रमेशचन्द्र विक जिल्ला कोच हुनुहुन्छ। उहाँले मेरो जम्पिङ देखेर भलिबलमा लिनु भएको थियो,’ उनले भने।

भलिबलबाट के पाए नवीनले?

भलिबलबाट के पाए उनलाई थाहा छैन तर अहिले उनी जहाँ खेल्न जान्छन्, त्यहाँ उनका प्रसस्तै फ्यान हुन्छन्। भलिबल खेल्ने सिनियर टिमका खेलाडीसँग उनी टचमा बस्न थालेको निकै भइसकेको छ। जसले उनलाई अवसरका ढोकाहरु खोलिदिइरहेको छ।

मेहेनेत गर्ने सोचले मूल्य पाउँदैछ कि जस्तो लाग्छ नवीनलाई। भलिबलमा लाग्ने निधो गरिसकेपछि कौशललाई थप निखार्दै लैजानुपर्छ। चितवनमात्र नभएर उनले बाहिरबाट पनि खेल्न थालेका छन्।

मणिमुकुन्द क्लब रहेको ठाउँ चाहिँ रुपेन्देहीको बुटबल हो।‘म पहिले बुटबलतिर खेल्न गैराख्थेँ। अरु क्लबबाट। त्यसैक्रममा क्लबको दाईहरुसँग चिनजान भयो,’ उनले सम्झिए, ‘गएको चैतमा सम्पन्न एनभिए लिगमा पनि मणिमुकुन्दले बोलाएको थियो। तर म चोटका कारण आउन सकिनँ।’

सुखदुख, सम्झना र लकडाउन

दुःख, दर्द त कसलाई हुँदैन होला र? भइहाल्छ नि!‘सबै कुरालाई हेन्डल गरेर खेलिन्थ्यो। साथीसँग हुँदा रमाइलो हुन्थ्यो,’ उनी भन्छन्, ‘कतिपय ठाउँमा खेल हारिन्छ। हार्दा धेरै नरमाइलो लाग्छ। त्यसपछि राम्ररी खेलेको भए जितिन्थ्यो भन्ने लाग्छ।’

यस्तैमा कोभिड १९ को महामारीको कारण लकडाउन भयो। तर उनको खेलसँगको नाता कहिले डाउन भएन। आफू खेलाडी हुँ र असल खेलाडी बन्ने आफ्नो चाहनालाई कहिल्यै मारेनन् नवीनले। जतिसुकै खेल रोकिए पनि न एक दिन यो महामारी जानेछ र खेल सुरु हुनेछ भन्ने उनलाई विश्वास थियो।

त्यसैले मेहेनेत गरिराख्थे। ‘लकडाउनले बाहिर अभ्यास गर्न पाइएन। कोठामै हुँदा पनि बल खेलिरहने बानी पर्यो,’ उनले नेपालसमयसँगको कुराकानीमा भने, ‘पहिलो लकडाउनपछि जनकुपरमा खेल भएको थियो। फलस्वरुप त्यहाँ राम्रो प्रदर्शन गरें।’

जनकपुरको त्यो एक प्रतियोगिताबाट उनले दर्शकको माया पाए। राम्रो प्रदर्शन गर्न सके कति माया, सम्मान र सद्भाव पाइने रहेछ भनेर नजिकबाट देखे, महसुश गरे। त्यो प्रतियोगितापछि उनको तस्विर धैरै भलिबल प्रेमीको फेसबुक, टिकटक र इन्स्टाग्राममा सजिएका छन्।

एकप्रकारले उनी सेलिब्रटी भए त्यहाँ। ‘धेरै दर्शकले फोटोको लागि आग्रह गर्नुभयो। फ्यानहरु भए। मेरो जीवनकै खुसीको पल थियो त्यो,’ उनले भने।

नेपालमा भलिबल खेल्न पुग्दो कभर्डहलछैनन्। धेरै प्रतियोगिता धुलो, माटोमै खेल्नुर्छ। त्यसैले नवीनलाई पनि धुलोमा खेल्न सहज लाग्छ। राखेपको कभर्डहलमा खेल्न केही अप्ठ्यरो लाग्यो।‘सँधै बाहिर खेल्ने भएर त्यहाँ फममा खेल्दा गाह्रो भयो। बानी थिएन नि। रमाइलो त लागेको छ। भित्रचाहिँ गुम्म भएर गर्मी अनि हप्प हुन्छ। बाहिर त खुला हुन्छ नि, भित्र चाहिँ अक्सिजन नै अभाव भएको जस्तो हुने रहेछ। मुख्य कुरा चाहिँ मेसो नपाउने भयो,’ उनले खेल्ने ठाउँको अन्तर सुनाए, ‘बाहिर खुला हुन्छ र राम्रो लाग्छ।’

यद्यपी उनले एनभीएमा पनि पुनः एकपटक ठूलो खेलाडीसँग खेल्न पाए। भन्छन्, ‘पहिला राष्ट्रिय खेलाडीसँग खेल्न पाउँदा खुसी भइन्थ्यो। प्रतियोगिताको नाम त बिर्सेँ तर एकपटक नेपालको टिमबाट खेल्ने खेलाडीसँग खेल्दा प्रतिस्पर्धा दुवैलाई पेचिलो भएको थियो। फाइनलमा पाँचौ सेट पुगेको थियो।त्यो खेलपछि निकै खुसी लागेको थियो,’ उनले अनुभव सुनाए।

त्यो खेलखघि उनले मानबहादुर श्रेष्ठलाई भिडियोमा मात्र देखेका थिए। सँगै खेल्न पाउँदा खुसीको सीमा रहेन। किनेभने उनका आइडल हुन मानबहादुर श्रेष्ठ। 

‘राष्ट्रिय टिमसम्म पुगिएला भन्ने आशा छ। अझै केही वर्ष ट्राई गर्ने हो। उचाइ अलि कम भएको कारण समस्या भने छ। उचाइ भएको भए चाहिँ धेरै आशा हुन्थ्यो। केहि समय छ हेरौँ। अवसर पाइयो भने त राम्रो हुन्छ।’

तर पहिला नवीन क्विक बल खेल्थे। क्विक खेल्दा आर्मीका हरी अधिकारीउनलाई मनपथ्र्यो। ‘नेपाली टिमबाट खेल्ने हरि दाइजस्तै गरी बलाई हिर्काउन, ब्लक गर्न चाहन्थेँ। तर उचाइ ५ फिट १० इन्च मात्र। तैपनि हार त मानिन्न कोसिस चाहिँ गरिरहिन्छ,’ उनले मन्द स्वरमा भने। पहिले उनी क्विक नै खेल्थे। लकडाउन पछि मात्र हो उनले ओपन खेल्न सुरु गरेका।

भलिबल प्रेम मात्र कि जीवन पनि?

अहिले नवीनका लागि भलिबल प्रेम हो। के विभागमा गएर भलिबल नै खेल्ने विचार छ ? उनी सुनाउँछन्, ‘छ, तर उचाइ कम छ। त्यसले गाह्रो बनाएको छ। जे होस ट्राई मारौं भन्ने इच्छा छ। अलि वर्षमा अघि बढ्न सकियो भने ठिकै छ सकिएन भने त्यही त हो बाहिरतिर जाने। सकेको कमाउने। घर व्यवहार पनि हेर्नै पर्‍यो नि।’


व्यवहारको कुरा गर्ने उनी अविवाहित हुन्। ग्रलफ्रेन्ड नि ?‘समय नै दिन पो भ्याइँदैन हौ। गेमतिरै ध्यान धेरै हुन्छ,’ उनले जवाफ फर्काए।

खैर, जे होस् यदी उनी जीवनभर भलिबलमा रमाउन सके उनको प्रेम सफल बन्नेछ। उनको प्रेम नै उनको जीवन हुनेछ। उनले आफ्नो  प्रेमलाई चटक्कै छोडेर पासपोर्ट समाउनु पर्नेछ। तर उनी हारमान्दैनन्। किन मान्थे त, योद्धा जो हुन्।

भन्छन्, ‘राष्ट्रिय टिमसम्म पुगिएला भन्ने आशा छ। अझै केही वर्ष ट्राई गर्ने हो। उचाइ अलि कम भएको कारण समस्या भने छ। उचाइ भएको भए चाहिँ धेरै आशा हुन्थ्यो। केहि समय छ हेरौँ। अवसर पाइयो भने त राम्रो हुन्छ।’

अहिले उनले पढ्न छोडिदिए। १२ कक्षाउनको अन्तिम औपचारिक कक्षा बन्यो।‘अनि पढ्न छोडेर भलिबलमै लागेँ। अहिले खेलबाहेक म केही गर्दिनँ। खेल नभएको बेलामा उनी बाबाआमालाई खेतबारीमा काम गर्न सघाउँछु,’ उनले कुरा टुंग्गाउँदै भने।

मणिमुकुन्दको एनभिएः युवालाई प्रोत्साहन

गएको असोजमा भएको एनभिए लिगअघि कपिलवस्तुमा भएको खुला भलिबल प्रतियोगितामा उनले शानदार प्रदर्शन गरेका थिए। त्यहाँ मणिमुकुन्द क्लबका सिनियर खलाडी थिए। तर, एनभिए लिगमा सिनियर खेलाडीले जुनियरलाई खेल्न वातावरण मिलाइदिए।

‘टिममा भर्खरका खेलाडी थिए। धेरै यू–२० का मात्र। सिनियर टिममेट हुँदा मन नि हल्का हुन्छ। बिगार्दा पनि दबाब हुँदैन। तर यहाँ आफैंलाई दबाब थियो,’ उनले प्रतियोगिता सकिएपछि भने।

मणिमुकुन्दका कप्तान लोकेन्द्र भण्डारी स्वास्थ्यका कारण खेलमा अनुपस्थित थिए। त्यसले क्लबलाई गाह्रो त भएकै थियो। त्यसमाथि एनभिए लिग खेल देखाउने ठाउँ हो। जुनियर खेलाडीलाई अनुभव हुन्छ र विभागमा लाग्नका लागि अवसर पनि हुन्छ।

यसकारण मणिमुकुन्द क्लबका सिनियर खेलाडीले जुनियर खेलाडीलाई पहिलो प्राथमिकता दिए। ‘दाइहरुले हामीलाई एकजुट बनाएर एक हप्ताजसो अभ्यास गरेर हामी यहाँ आयौं,’ उनले भने, ‘अनि टिम तुलनात्मक रुपमा कमजोर चाहिँ बन्यो।’

लिगमा उनीहरुले विभागलाई नजिते पनि गण्डकी प्रदेशविरुद्ध जित निकाल्ने आशा राखेका थिए। तर विदेशी खेलाडी बलियो बनाएको गण्डकीसँग मणिमुकुन्दले प्रतिस्पर्धात्मक भने खेल्यो। तर, सानो सनो गल्तीले उसले हार्यो। तर धेरैले मणिमुकन्द क्लबका खेलाडीको जमेर प्रशंसा गरेका थिए।

र, अन्तिम खेलमा दावाँली मिलान क्लबविरुद्ध जित निकाले पनि मणिमुकुन्दले अर्को चरणमा स्थान बनाउन भने पाएन।

नवीन थिए त्यसैले स्कोरिङ हुँद थियो तर मणिमुकुन्द क्लबको रिसिभिङ निकै खराब। अनुभव नभएको खलाडीलाई अवसर दिएर क्लबले रिस्क भने लिएको थियो। त्यससँगै नयाँ खेलाडीले अवसर भने पाएका थिए।


प्रकाशित: October 29, 2021 | 09:10:00 काठमाडौं, शुक्रबार, कार्तिक १२, २०७८

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

उपचार खर्च नहुँदा द्वन्द्वकालका घाइते पूर्वजनमुक्ति सेनाका कमाण्डर सेवकको निधन

द्वन्द्वकालमा घाइते भएका पूर्वजनमुक्ति सेनाका कमाण्डर नमराज न्यौपानेको निधन भएको छ। द्वन्द्वकालमा तत्कालीन सत्तापक्षसँगको लडाइँका क्रममा घाइते भएका कालिकोटको तिलागुफा ५ का नमराज न्यौपाने सेवकको काठमाडौंका सडक पेटीमै निधन भएको हो।

रवि लामिछानेको दलले सार्वजनिक गर्‍यो १९ केन्द्रीय सदस्यको नाम [सूचीसहित]

राष्ट्रिय स्वतन्त्र पार्टीले १९ केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ। रवि लामिछाने सभापति रहेको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले १९ केन्द्रीय सदस्यहरूको नाम सार्वजनिक गरेका हुन्।

अर्थतन्त्रको संगति कहाँनेर खुस्क्यो सरकार?

नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा पुगिसकेको वा उक्त बाटोमा जाँदै जाँदैन भन्‍ने दुबै थरीको तर्क गलत हुन्

बिमला वलीको राजीनामाको भित्री रहस्य

एकातर्फ सरकारलाई आर्थिक वर्ष ०७९-८० को बजेट संसद्‌बाट पारित गर्नुपर्ने बाध्यता थियो भने अर्कोतर्फ सरकारी प्रतिवेदनमै राज्यमन्त्रीको कमजोरी औंल्याउनुपर्ने भएपछि सरकारमाथि थप नैतिक संकट आउन नदिन मुख्यमन्त्री केसीकै सल्लाहमा राज्यमन्त्री वलीले राजीनामा दिएको सूचना प्रवाह गरिएको हो। वलीलाई राज्यमन्त्रीबाट बर्खास्त गर्नुको सट्टा आफैँ राजीनामा दिएको सन्देश दिन मुख्यमन्त्री केसीले वलीलाई सुझाएका हुन्।

चलचित्र विकास बोर्डको अध्यक्षका लागि ७ जनाको आवेदन

सूचना तथा सञ्चार मन्त्रालय श्रोतका अनुसार अहिलेसम्म अभिनेता भूवन केसी, निर्देशक सम्झना उप्रेती रौनियार, बक्सअफिस कन्सल्टेन्ट मनिष पण्डित, निर्देशक अरुणकुमार प्रधान, निर्माता सुशिलकुमार पोखरेल, निर्देशक नरेशकुमार पौड्याल र कलाकार सुष्मा कार्कीले आवेदन दिएका हुन्।

राजदूत बन्न चाहन्छन् राजेश हमाल?

प्रचण्ड र हमालबीचको भेटमा नेपाली चलचित्रका समस्या, समसामयिक राजनीतिदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय घटना–परिघटनाबारे अन्तरंग संवाद भएको बताइएको छ।

निर्वाचन आयोगले दर्ता गर्‍यो रवि लामिछानेको दल, चुनाव चिह्न घण्टी नै

आयोगले उनको दललाई घण्टी चुनाव चिह्न दिएको छ। यो चुनाव चिन्ह अरु पार्टीले नपाएकाले स्वतन्त्रलाई नै दिने निर्णय गरेको हो।

घर फर्किएकी यान्छी

एमसीसीको विवाद बढ्नुमा चिनियाँ दूतावासको भूमिका रहेको भन्‍ने आरोप लागे पनि चीनसँग सन् २०१७ मा नै सम्झौता भएको बीआरआईका विषयमा भने कुनै पहल हुन सकेन।

...त्यसपछि न मान्छे आयो, न खबर

खाटमा बसेर कापीमा अक्षरहरु कोर्दै गरेको नाबालक छोरा हेरेर टोलाउँछिन् वीरमा। ‘छरछिमेकका केटाकटीले बाउ भनेको सुन्दा यसले मलाई हेर्छ, हाम्रो बाबा कहिले आउनुहुन्छ भनेर सोध्छ,’ वीरमाको मन निचोरिएर आउँछ, त्यो पीडा उनको अनुहारमा कालोनिलो भएर मडारिन्छ, मुख छोपेर घुँक्कघुँक्क रुन्छिन्।

आफ्नै काकाबाट बलात्कृत भएको भन्दै अर्की युवती रुँदै टिकटकमा, न्यायका लागि लडिदिन आग्रह

‘मैले धेरै प्रयास गरेँ तर यो घटनाबाट भाग्न सकिनँ। यहीकारण परिवारबाट पनि टाढा छु। मलाई कसैको सहयोग छैन। समाजले थाहा पायो भने बिहे कसले गर्छ भनेर परिवारले पनि सहयोग गरेनन्। मेरो पीडा सुनाउने पनि जीवनमा कोही छैनन्,’ टिकटकमा उनले रुँदैरुँदै पीडा पोखेकी छिन् ।

थप समाचार

नेपाल समय
भलिबल

राष्ट्रिय महिला भलिबलको उपाधि पुलिस क्लबलाई

विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमण्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
नेपाल समय
भलिबल

महिला भलिवलमा पुलिस फाइनल प्रवेश

पुलिस अंक तालिकाको शीर्ष स्थानमा समेत पुगेको छ। आजको खेलमा पुलिसले एपीएफलाई २५-१८, १४-२५, २५-१७ र २५-२० को सेटमा पराजित गरेको हो।
नेपाल समय
भलिबल

एसियाली खेलमा पदक जित्ने रणनीति बुन्दै महिला भलिबल टिम

चीनमा यसै वर्ष आयोजना हुने भनिएको एसियाली खेल स्पर्धा स्थगन भए पनि नेपाली खेलाडीलाई विभिन्न खेल अभ्यासमा अभ्यस्त बनाउन थालिएको छ।
नेपाल समय
भलिबल

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।
नेपाल समय
भलिबल

भलिबल लिग समीक्षा : प्रभावहीन न्यु डायमन्ड, छुटेका प्रतीभा र सरस्वती

राष्ट्रिय महिला भलिबल क्लबको प्रमुख उपधि दावेदारको रुपमा न्यु डायमन्डले आफूलाई विगतदेखि प्रमाणित गर्दै आएको छ। अघिल्लो संस्करणको राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि पनि न्यु डायमन्डले जितेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना