मंगलबार, कार्तिक २, २०७८

मृत्युको धारबाट उदाएका भलिबल स्टारको संघर्षको कथा

विनय सापकोटा  |  काठमाडौं, बिहीबार, असोज २८, २०७८

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, असोज २८, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– छ फिट तीन इन्च उचाइका हट्टाकट्टा भलिबल स्टार अहिले जुन उचाइमा आइपुगेका छन्, त्यो जम्मूकश्मीरका मानिसका लागि निकै गौरवको कुरा हो।

हरेक समय द्वन्द्वको चपेटामा परिरहने जम्मूकश्मीरका भलिबल स्टार अहिले भारतीय राष्ट्रिय टोलीको पहिलो रोजाइका सेटर बनिसकेका छन्। तिनै खेलाडी जापानमा भएको एसियन च्याम्पियनसिप खेलेर नेपाल आइपुगेका थिए। 

त्यसबीच उनले घर जाने बिदालाई नै नेपालतिर सोझ्याए। र, नेपालमा प्रभावशाली प्रदर्शन गर्दै ‘टिपटप हेल्प नेपाल’लाई छैटौं संस्करणको एनभिए भलिबल च्याम्पियनसिपको फाइनलसम्म पुर्‍याए। ती खेलाडी हुन् सक्लेन तारिक खान।

उनको लामो र मोटो जुँगाले परैबाट उत्तरपश्चिम भारतको सामान्य परिचय दिन्छ। उनी समाज संस्कृतिको प्रभावले जुँगा पाल्न थालेको बताउँछन्। ‘जुँगा पाल्नुको त्यस्तो खास केही कारण छैन। हाम्रो तिरका मानिस लामो जुँगा राख्न रुचाउँछन् त्यसैले पालेको। साथीहरुले पनि सुहाएको छ भन्छन्,’ उनले भने।

उनी केही वर्षदेखि पञ्जाबी गीतको अम्मली भएका छन्। खेलजस्तै उनको व्यक्तित्व पनि रोमाञ्चक छ। तर उनको संघर्षको कथा सबै कोणबाट जटिल देखिन्छन्। उनी जन्मेहुर्किएको जम्मूकश्मीरलाई स्वर्गसँग तुलना गरिए पनि त्यहाँभित्रको हिंसाको दर्दनाक कथा छ। जम्मूकश्मीरमा जारी द्वन्द्वनमा हजारौंको ज्यान गइसकेको छ।

भारत र पाकिस्तानले आफ्नो भनेर दाबी गर्ने जम्मूकश्मीरको शान्त वातावरणबीच मानिसको असामान्य व्यवहारसँगै उनी हुर्किए। त्यसैले होला, आज पनि जति नै अप्ठ्यारो परिस्थितिमा उनी मुस्कुराउन छोड्दैनन्। यसर्थ, उनी जम्मूकस्मिरका शान्त खेलाडी हुन्। 



जम्मूकाश्मिरको निकै दुर्गम अनि ‘लाइन अफ कन्ट्रोल’ले घेरिएको क्षेत्र पोँचमा जन्मिएका हुन् सक्लेन। जहाँ दुई छिमेकीको मित्रता होइन वैमनस्य व्याप्त थियो। सास फेर्नुलाई नै सबैभन्दा आनन्ददायक पल मानिने ठाउँमा हुर्किए उनी।

उनी केही वर्षदेखि पञ्जाबी गीतको अम्मली पनि भएका छन्। उनको खेलजस्तै उनको व्यक्तित्व पनि रोमाञ्चक छ। तर उनको संघर्षको कथा सबै कोणबाट जटिल देखिन्छन्।

उनले मृत्युलाई नजिकबाट देखे। त्यतिबेला उनले बाँच्नुलाई नै आफ्नो भाग्य ठाने। पढेर जागिर पाउनु परको कुरा थियो। त्यस्तो अवस्थामा जीवन अघि बढाउने झिनो आशाका रुपमा सक्लेनले भलिबललाई पाए। भलिबल त्यस्तो आशा बन्यो जसले उनलाई बाँच्न र अघि बढ्न प्रेरित गरिरहेको छ।

छ वर्षको उमेरदेखि नै भलिबल खेल्न थालका उनलाई परिवारको सहयोग थियो। ‘हरेक उतारचढावमा परिवार साथमा छ। 'मैलै मैदानमा देखाएको कला परिवारको विश्वास नै त हो,’ उनले एक भारतीय पत्रकारसँग भनेका छन्।

उनका पिता भलिबल क्लब चलाउँथे। उनी पनि त्यहीं भलिबल सिक्ने जान्थे। त्यसपछि उनलाई भलिबलमा रस बस्यो। तर चाहेजस्तो सजिलो कहाँ थियो र भलिबल सिक्न ? उनी बाहिर अभ्यासमा गएका बेला उनकी आमालाई भने छोरो घर फर्केर आउने हो होइन भन्ने चिन्ता लाग्थ्यो।

द्वन्द्वग्रस्त जम्मूकश्मीरमा उनकी आमालाई हुने सो चिन्ता जायज नै थियो। उनका पिताले भलिबलका कारण कुनै अप्ठेरो पर्दैन भनेर सम्झाइबुझाइ गरेपछि आमाको चिन्ता दूर भएको सक्लेन बताउँछन्।

पितासँग सिकेर उनले देखाउने कला केही समयमै सिंगो कश्मीरमा फैलियो। उनी प्रदेश स्तरमा चर्चित बने। आफ्ना पिता प्रदेशिक भलिबल खलाडी मोहम्मद तारिक खानजत्तिको बन्न सक्लेनलाई धेरै समय लागेन।

अबको उनको लक्ष्य थियो, राष्ट्रिय टोलीमा प्रवेश। त्यसैले परिवारका सदस्यको इच्छा दबाएर मोहम्मदले उनलाई पढ्न लुुधियाना नजिककै सहरमा पठाए। उमेर थोरै तर उचाइ धेरै भए पनि उनको मन परिवारबिना रमाउन सकेन। उनी ६ महिनामै घर फर्किए। घर फर्किएको केही समयमै उनलाई आफ्नो गल्ती महसस भयो। अनि खेलेरै छोड्ने दृढता लिए र खन्ना फर्किए।

आठ कक्षामा पढ्दा नै उनले जम्मूकश्मीरको टिमबाट पहिलो पटक राष्ट्रिय प्रतियोगिता खेले। त्यसपछि उनको यात्रा भारतीय टोलीबाट सुरु भयो।

सात वर्षअघि उनी श्रीलंकामा भएको एसियन च्याम्पियनसिपमा राष्ट्रको प्रतिनिधित्व गर्दै पुगे। त्यतिबेला उनको उमेर १७ वर्षमात्र थियो। त्यसपछि उनले ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिका पुगिसकेका छन्।

जब–जब उनी अन्तर्राष्ट्रिय भ्रमणमा जान्छन्, चीन, जापान तथा दक्षिण कोरियाको स्पर्धाको स्तर देखेर छक्क पर्छन्। जसले एसियाली खेलकुदमा दबाब बनाएका छन्। तर २०१८ मा इराकले पुरुष भलिबलको स्वर्ण जितेपछि उनी आफूले पनि केही गर्न सकिने रहेछ भन्ने बुझेका छन्।

अन्तर्राष्ट्रिय खेलमा यात्रा गरिरहँदा उनी असोज १० देखि १६ गतेसम्म काठमाडौंमा आयोजित च्याम्पियनसिप खेल्न नेपाल आइपुगेका थिए। नेपालमा उनले ‘टिपटप हेल्प नेपाल’बाट खेले।

उनी सिनियरको सल्लाहमा नेपाल आएका रहेछन्। उनले जापानको भ्रमणका क्रममा कप्तान विनित कुमारले नेपाल जाने भनेर सोधेपछि राजी भएर उनी नेपाल आए। नेपालको भ्रमण कस्तो रह्यो भन्ने प्रश्नमा उनले भने, ‘नेपाल मलाई निकै राम्रो लाग्यो। मैले यो एनभीए च्याम्पियनसिपको बारेमा सुनेको थिएँ। हाम्रो सिनियर अमिदभाइ यसअघि पनि यहाँ आएका थिए। वासुभाइ जो हेल्प नेपाल कोअपरेसनका प्रमुख हुन्। उनले टिपटपलाई स्पोन्सर गरिरहेका छन्। उनीहरुको सहयोगमा नेपाल आएर खेल्न पाउँदा निकै खुसी लागेको छ। मेरो यो पहिलो नेपाल यात्रा हो।’

उनी सिनियरको सल्लाहमा नेपाल आएका रहेछन्। उनले जापानको भ्रमणका दौरान कप्तान विनित कुमारले नेपाल जाने भनेर सोधेपछि राजी भएर उनी नेपाल आए।

उनलाई नेपाली खेलाडी निकै राम्रा रहेको बताउँछन्। नेपाल समयसँगको कुराकानीमा सक्लेनले भने, ‘नेपाली खेलाडी निकै राम्रा छन्। नयाँ सिक्ने उत्साह पनि धेरै छ। नेपालमा पूर्वाधार र प्रशिक्षणमा केही कमजोरी छन्। त्यसलाई परिवर्तन गर्न सकियो भने राम्रो हुन्छ।’

सक्लेनलाई लाग्छ खेलको विकासका लागि यस्ता प्रतियोगिता भइरहनुपर्छ। भारतमा पनि भलिबल प्रतियोगिता धेरै हुने सक्लेन बताउँछन्। उनी भन्छन्, ‘हामीलाई पनि निरन्तर विकास आवश्यक पर्छ। हरेक खेलाडी र संघ आआफ्नो खेलको विकास चाहन्छन्।’

भलिबलको विकास जति हुन्छ त्यसले नेपालको भलिबलको संघलाई नै फाइदा पुग्ने हो। उसले धेरै प्रतियोगिताको आयोजना गर्न सके भलिबलको विकास पनि सम्भव हुन्छ। त्यो कुरा जरैदेखि बुझेका सक्लेन नेपाल भलिबल संघलाई आग्रह गर्छन्, ‘जति पनि युवा तथा सिनियर खेलाडी छन्, उनीहरुलाई साथ लिएर संघ अघि बढ्नुपर्छ। त्यसो भए भलिबल धेरै राम्रो हुनेछ।’

नेपालमा भलिबलको उनले निकै राम्रो माहोल देखे। भलिबल हेर्न ओइरिएका नेपाली दर्शक देखेर उत्साहित भए। उनी भन्छन्, ‘भलिबलको लागि नेपाली माहोल धेरै राम्रो छ। म फेरि आउन चाहन्छु।’

नेपालमा लामो समयका लागि लिग नभइरहेको अवस्थामा छोटो प्रतियोगिताको भलिबलको विकास होला त भन्ने प्रश्नमा उनी स्तरीय प्रतियोगिता हुनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘मैले सुनेको छु कि नेपालमा भलिबल लिग पनि हुनेछ। त्यो लिगले धेरै विकास हुनेछ। जब खेलाडीहरुले धेरै प्रतियोगिता खेल्छन्। साथसाथै खेलको विकास पनि भइरहेको छ। भलिबलमा पनि यही नियम  लागू हुन्छ।’

उनी भन्छन्, ‘त्यसो हुन सक्यो भने आफसेसाफ परिपक्वता र उत्कृष्टता आउँछ। जब हामी ठूलो प्रतियोगिता नखेली स्थानीय प्रतियोगिता मात्र खेलिरहेका हुन्छौं त्यसले खेलको विकास हुँदैन। त्यो हुँदा हामी खेल्न चाहिँ खेलिरहन्छौं र हाम्रो खेल शैली चाहिँ बदलिँदैन।’


भलिबलको विकास भनेको खेलाडीको विकास नै हो। खेलाडीको सीप विकासका लागि लगातार क्याम्पमा बस्नुपर्ने सक्लेन बताउँछन्। भन्छन्, ‘लगातार टिम र क्याम्प मिलेन भने खेल विकास हुँदैन। एउटा खेलाडीले आफ्नो विकासका लागि सिनियर खेलाडीसँग सिक्न जरुरी हुन्छ। जुनियरहरुले सिनियर खेलाडीसँग अनुभव साटासाट गर्नुपर्छ।’

भारतमा अहिले भलिबलका ठूला र राम्रो एवम् व्यावसायिक प्रतियोगिता सुरु भएका छन्। जसले उनीहरुले धेरै समय व्यस्त बनाइरहेको छ। तीन वर्षअघि सुरु भएको प्रो–भलिबल लिगमा उनी खेल्न थालेका हुन्। त्यहाँ उनले मासिक एक लाख १० हजारमा एक क्लबबाट खेल्न थाले।

भलिबलको विकास भनेको खेलाडीको विकास नै हो। खेलाडीको सीप विकासका लागि लगातार क्याम्पमा बस्नुपर्ने सक्लेन बताउँछन्।

उनी आफ्नो खेलबारे भन्छन्, ‘भारतमा भलिबलका विभिन्न प्रतियोगिता हुन्छन्। त्यहाँ एक दुई दिने प्रतियोगितादेखि लामो समय चल्ने लिग पनि हुन्छन्। म इन्डियन नेवीमा छु। हामी डिपार्टमेन्टमा पनि अभ्यास गर्छौं।’

नेपालमा खेलिरहँदा भारतका अन्तर्राष्ट्रिय खेलाडी र नेपालका राष्ट्रिय खेलाडीमा खेल स्तरको धेरै अन्तर देखिएको थियो। हेल्प नेपाल टिममा राष्ट्रिय फुटबल टिमका सदस्य थिएनन्। हेल्प नेपालको आफ्नो भलिब टिम छैन। उसले प्रतियोगिता आयोजनाको बेलामा गण्डकी प्रदेशका खेलाडी झिकाएको थियो।

त्यसमा दुई स्तरको खेलाडीको तालमेल मिलाउन सक्लेनलाई निकै गाह्रो परेको थियो। उनी टिमका सेटर थिए। त्यसैले बल कसलाई दिने, कसलाई नदिने र कसरी खेलाउने भन्ने जिम्मेवारी उनीसँगै हुन्छ।

उनी आफ्ना टिमका खेलाडीलाई औंला देखाएर इसारा गरिहेका हुन्थे। ‘खेलमा स्पोर्टसम्यान स्पिरिट हुन्छ। हामीले त्यहीअनुसार तालमेल मिलाउने हो। एउटा खेलाडीले अर्को खलाडीको माइन्ड सेट सम्झन सक्छन्। साथमा खेल्दा दुई दिनमै साथीको सबल र दुर्वल पक्ष थाहा हुन्छ। त्यही आधारमा हामीले प्रतियोगिता खेलिरहेका हुन्छौं,’ उनले भने।

प्रतियोगिताको अन्तिम दिनको खेल खेलिरहँदा उनले आफ्नो टिमका सबै साथीको भावना बुझेको बताए। ‘जुन स्तरमा खेल्दा पनि त्यो स्तरको ‘एडप्टेसन’ जरुरी हुन्छ। त्यसैले हामी यहाँ ४–५ दिनदेखि मात्र खेलिरहेको होला भन्ने मानिसले सोचे भन्ने लाग्दैन,’ उनले भने, ‘खेलाडीसँग जति वार्तालाप गर्यो। त्यो त खेलमा पनि देखिन्छ नि !’

यद्यपि उनका लागि नेपालको प्रतियोगिता निकै फाइदाजनक रहेको थियो। भन्छन्, ‘मेरो व्यक्तिगत तवरले मेरो यो प्रतियोगिता निकै फाइदाजनक रह्यो।’

तर उनले यो प्रतियोगिता खेलिरहँदा उनले आफ्नो डिपार्टमेन्टलाई जानकारी दिएका थिएनन्। त्यसैले आधिकारिक रुपमा उनको प्रोफाइलमा नेपालको च्याम्पियनसिप खेलेको भनेर देखिने छैन। यसकारण यो प्रतियोगिताको के अर्थ रहला त भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘कस्तो हो भने, हामी जति खेल्छौं खेल त्यति नै विकास हुन्छ। जति ठाउँका मान्छेसँग खेल्छौं त्यति हामी अनुभवी बन्दै जान्छौं। सानो होस् वा ठूलो खेल ‘खेल’ नै हो। खेलको त्यही लय र प्रेरणाका साथ खेल्नुपर्छ। मेरो हिसाबमा यो प्रतियोगिता पनि महत्वपूर्ण छ।’

उनको योजना फाइनल जित्ने थियो। फाइनलमा हेल्प नेपालविरुद्ध त्रिभुवन आर्मी क्लब थियो। तर आर्मीसँग हेल्प नेपाल पराजित भयो। एनभिए लिग र च्याम्पियनिसपमा ठूलो संख्याका समर्थकमाझ हेल्प नेपालको दबदबा भने सकियो।

असोज १६ गते भएको फाइनल खेलमा हेल्प नेपालले विषेशतः सर्भिसमा र रेखाबाहिर स्पाइक हानेर अंक गुमायो। अर्का भारतीय खेलाडी चिरागले खुलेर खेल्न सकेनन्। उनका धेरै बल ब्लक भए। पावर हिटिङ र डिफेन्समा राम्रो रहेको हेल्प नेपालका सुरेन्द्र बमको खुट्टाको एंकल मर्किएपछि उनी घाइते भए। त्यसपछि हेल्प नेपालले रणनीतिमा भएको क्विक स्पाइक फाइनलमा प्रयोग गर्न सकेन।

दुई पटक उपाधि जितेको हेल्प नेपालले उपाधिमा ह्याट्रिक गर्न सकेन। र, हेल्प नेपालले एनभीए लिगको यात्र उपबिजेतामा चित्त बुझायो। भलिबल संघको क्यालेन्डर हेर्ने भने अब आउँदो चैतमा दुई हप्ताको भलिबल लिग हुनेछ। त्यसमा सक्लेन आउन चाहेको बताउँछन्।

‘यदि यहाँका कुनै क्लबले चाहेको खण्डमा म फेरि नेपालमा खेल्न आउनेछु,’ उनले नेपाल समयसँगको कुराकानीमा भने। तर, हेल्प नेपालले त्यो लिगका लागि इन्डियाबाट एक सेटर, एक ओपन स्पाइकर मगाएको छ। अब विनित कुमारसँगै सक्लेन अर्को खेलमा आउन सक्नेछन्। सँगै भारतीय सेनामा कार्यरत अमृत केसी र यम क्षेत्री आउने छन्।


प्रकाशित: October 14, 2021 | 06:05:00 काठमाडौं, बिहीबार, असोज २८, २०७८
विनय सापकोटा

विनय सापकोटा

काठमाडौं, बिहीबार, असोज २८, २०७८

थप समाचार

दसैं तिहारको अवसरमा च्यास्मीटारमा भलिबल प्रतियोगिता

दसैँ तथा तिहारको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा टोलस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ।

खेलाडी र क्लबलाई लाद्‍ने भलिबल च्याम्पियनसिप : न अभ्यास समय, न ‘रेस्ट डे’

नेपालमा वर्षमा एक हप्ता मात्र यस्तो ठूलो प्रतियोगिता हुने हुँदा अन्तर्राष्ट्रिय खेलाडी पनि चोट बिर्सिएर खेल्न बाध्य छन्। चोट सम्हाल्न लाग्ने हो भने क्लब र दर्शकले नै बिर्सने स्थिति छ। न उपचारका लागि नै सुरक्षित वातावरण छ।

छोटो अवधिका प्रतियोगिताले भलिबलमा व्यवसायिकता भित्रिँदैन : अरुणा शाही

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले भलिबलको विकासका लागि लामो प्रतियोगिता गर्नुपर्ने बताएकी छन्।

आर्मीका स्पाइकर मानबहादुर भन्छन्- समर्थकको उत्साहले च्याम्पियन भयौँ

उनले आर्मीले प्रहार गरेको स्पाइकमा गल्ती देखाएर हेल्प नेपाललाई अंक दिएका थिए। उनले अंक दिएपछि खेलमा २४–२४ को बराबरी भएको थियो।

नेपाल आर्मी बन्यो भलिबल च्याम्पियन, महिलातर्फ न्यू डायमन्ड

विभागीय टोली त्रिभुवन आर्मी क्लबले एनभीए क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। टिपटप हेल्प नेपाललाई ३–१ सेटको नतिजामा पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो।

आर्मीका समर्थकले बोतल प्रहार गरेपछि एनभिए क्लब च्याम्पियनसिपको खेल प्रभावित

जारी एनभिए क्लब च्याम्पियनसिप अन्तर्गत टिपटक हेल्प नेपाल र नेपाल आर्मीबीचको फाइनलमा दर्शकले बोतल प्रहार गरेका छन्।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C