काठमाडौं– छैटौं एनभीए राष्ट्रिय भलिबल महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ जित निकाल्दै न्यु डाइमन्ड फाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार दिउँसो सम्पन्न खेलमा न्यु डाइमन्डले विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो पुलिसले र दोस्रो सेट सेट न्यु डायमन्डले जितेको थियो। त्यस्तै चौथो सेट पुन पुलिसले जित निकाल्यो भने तेस्रो र अन्तिम सेटमा जित निकाल्दै न्यु डाइमन्ड फाइनल पुग्यो।
पहिलोटमा ११–११ को बराबरी अवस्थाबाट न्युडाइमन्डले जित निकालेको थियो। पुलिसको १५ र न्यु डाइमन्डको १६ अंक भएको समयमा रेफ्री गलत निर्णय लिएर पुलिसलाई अंक दिएको भन्दै न्यु डाइमन्डका खेलाडी निकै आक्रोशित बनेका थिए।
पछि न्यु डाइमन्डले १८–२५ को हार बेहोर्यो। यता, उत्तिकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा भने न्यु डाइमन्डले २५–१७ को जित निकाल्यो।
तेस्रो सेटमा १२–१२ को अवस्थाबाट १९–१६ ले अघि बढ्दै पुलिसले फेरि जित निकाल्यो। त्यो जित २१–२५ को रह्यो। तर अन्तिम दुई सेटमा न्यु डायमन्डले २५–१७ र १५–१०को सेटमा जित निकाल्दै फाइनल यात्रा तय गर्यो।
अब फाइनलमा भोलि न्यु डायमन्डले एपीएफको सामना गर्नेछ। यता पराजित पुलिसले तेस्रो स्थानको लागि आर्मीसँग खेल्नेछ।