काठमाडौं– एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा आज पुरुषतर्फ क्वार्टरफाइनल खेल हुँदैछ।
समूह चरणमा विजेता तथा उपविजेता बनेका टिमले आज क्वार्टरफाइनलमा प्रतिपर्दा गर्ने निश्चित भएको हो। यससँगै आज पुरुषतर्फ ४ र महिलातर्फ २ खेल हुनेछन्।
क्वार्टरफाइनलका खेल आज दिउँसो १२ बजेबाट सुरु हुनेछ। समूह 'ए'बाट टिपटप हेल्प नेपाल र गलकोट स्पोट्स क्लब क्वार्टरफाइनलमा पुगेका छन्। त्यस्तै, समूह 'बी'बाट नेपाल पुलिस क्लब र गण्डकी प्रदेश अन्तिम आठमा पुगेका छन्।
उता समूह 'सी'बाट त्रिभुवन आर्मी क्लब र नयाँ बजार सामाजिक लबले क्वार्टरफाइनल खेल्नेछन् भने समूह 'डी'बाट विभागीय टिम एपीएफ र ढोरपाटकले खेल्नेछन्।
आजको महिलातर्फको खेल बिहान ८ बजेबाट सुरु हुनेछ। जहाँ एपीएफले नेपाल पुगिसको सामना गर्नेछ भने होङ्वान्जी न्यु डायमन्डजले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। सबै खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ।
क्वार्टरफाइनलका खेल आज १२ बजेबाट सुरु हुनेछन्। १२ बजे सुरु हुने पहिलो क्वार्टरफाइनलमा हेल्प नेपाल र नयाँ बजारबीच प्रतिस्पर्धा हुनेछ।
त्यस्तै, आजको दोस्रो क्वार्टरफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। यो खेल कभर्डहलमा दिउँसोको २ बजे सुरु हुनेछ।
४ बजे सुरु हुने तेस्रो क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबले गलकोट स्पोर्ट्स क्लबसँग खेल्नेछ।
आजको अन्तिम क्वार्टरफाइनलमा एपीएफ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। एपीएफ र गण्डकीबीतको खेल साँझ ६ बजे सुरु हुनेछ।