काठमाडौं– नेपाल भलिबल संघ (एनभीए) को दोस्रो दिनको खेलमा हेल्प नेपाल भलिबल क्लब, गण्डकी प्रदेश र गल्कोट भलिबल क्लबले जित निकालेका छन्।
सोमबार दिउँसो राखेपको कभर्ड हलमा सम्पन्न खेलमा हेल्प नेपालले बागमती प्रदेशमाथि ३–० को सेटमा जिन निकालेको हो। हेल्प नेपालले २५–१६,२५–१३ र २५–१२ को सेटमा जित निकाल्यो।
त्यस्तै गण्डकीले ३–१ को सेटमा दावाली मिलन क्लबलाई हराएको छ। उसले दावालीमाथि २५–१२,२५–२२,२०–२५ र २७–२५ को सेटमा जित निकाल्यो।
त्यस्तै गल्कोटले प्रदेश २ माथि २५–२३,२५–२१ र २५–१८ को जित निकाल्यो। यो जितसँगै हेल्प नेपाल, गण्डकी र गल्कोटले समान ३–३ अंक जोडेका छन्।