शुक्रबार, असोज ८, २०७८
  • गृहपृष्ठ
  • भिडियो
  • नेपाल समय बिहानी समाचार : दुई महिनासम्म मन्त्रिपरिषद् अपूरो, ओमानसँग खेल्दै नेपाली क्रिकेट टिम

नेपाल समय बिहानी समाचार : दुई महिनासम्म मन्त्रिपरिषद् अपूरो, ओमानसँग खेल्दै नेपाली क्रिकेट टिम

नेपाल समय  |  काठमाडौं, मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८, काठमाडौं

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको आज मंगलबार दुई महिना पूरा भएको छ। 

संविधानको धारा ७६ (५) बमोजिम असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले अझै मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। हाल स्वास्थ्य राज्यमन्त्रीसहित जम्मा ५ जना मन्त्रीका भरमा देउवाले सरकार चलाइरहेका छन्। आफू नियुक्त भएकै दिन कांग्रेसबाट २ र माओवादी केन्द्रबाट २ जना मन्त्री नियुक्त गरेका थिए। 

त्यसको १२ दिनपछि स्वास्थ्य राज्यमन्त्रीका रुपमा साउन १० गते देउवाले आफ्नै पार्टीका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए। त्यसयता मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन्। अहिले प्रधानमन्त्री देउवाले १७ वटा मन्त्रालयको जिम्मेवारी आफैंले सम्हालिरहेका छन्। माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीबीचको टकरावका कारण मन्त्रिपरिषद् विस्तारमा समस्या देखापरेको छ। 

एमालेले चल्न देला संसद्?

मंगलबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरोध गरिरहेको छ। संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक डाकेर पहल गरेपनि बैठक निष्कर्ष बिहिन भएको थियो। उक्त बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका थिए। एमालेले सभामुखको भूमिकाप्रति विरोध गर्दै संसद्मा नाराबाजी गर्दै आएको छ। 

बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन्।

काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र ०२–००१ नं. को यात्रुबाहक बस र ना६ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१० , २३ स्मृति पुल नजिक एकआपसमा मंगलबार विहान ठोक्किएको थियो।  जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बस सडकबाट १० मिटर तल खस्दा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन्।

उता बैतडीमा गुडिरहेको बसमाथि ढुङ्गा खस्दा बसमा सवार एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। 

महेन्द्रनगरबाट छुटेको सुपप्र ०२ ००१ ख ११५६ नम्बरको बसमा बैतडीको पाटन नगरपालिका–८, रौलेकमा माथिबाट खसेको ढुंगा लाग्दा बसमा सवार बझाङ थलाराका १८ वर्षीय अर्जुन नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा कैलालीको धनगढी उपमहानगरपालिका–४ ओम शान्ति टोलका माधव भट्ट, बैतडीको पाटन नगरपालिका–११ हरीप्रसाद जोशी र सोही ठाउँका नवराज खड्का घाइते भएको प्रहरीले जनाएको छ। 

ओमानसँग खेल्दै नेपाल

आईसिसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र घरेलु टिम ओमानबीच खेल हुँदैछ। 

अल अमिरत क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा चार बजे सुरू हुनेछ। लिग–२ मा नेपालले ओमानसँग दुई खेल खेलिसकेको छ। सन् २०२० को फेब्रअरीमा नेपालमा भएको सिरिजमा ओमानले नेपाललाई ८ विकेट र १८ रनले पराजित गरेको थियो। 

हिजोदेखि ओमानमा सुरु भएको नेपाल, अमेरिका र ओमाबीचको त्रिकोणात्मक सिरिजमा नेपालले विजयी सुरूवात गरिसकेको छ। पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ। 


प्रकाशित: September 14, 2021 | 11:18:48 काठमाडौं, मंगलबार, भदौ २९, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, मंगलबार, भदौ २९, २०७८

थप समाचार

नेपाल समय बिहानी समाचार : त्रिशूलीमा कार खस्दा तीन बेपत्ता, मलेसियाले श्रमिक लैजान लगाउँदै आएको प्रतिबन्ध हटायो

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन नजिकै त्रिशूली नदीमा कार खस्दा तीनजना बेपत्ता भएका छन् भने एक जनाको घाइते अवस्थामा उद्धार गरिएको छ।

माधव नेपाललाई ओलीको खिसीट्युरी, प्रचण्डले सुनाए बाँस्कोटा मुछिएको ७० करोड काण्डको कथा [२०७८-६-७]

नेकपा (एकीकृत समाजवादी)को महासचिव पदमा भने वेदुराम भुसाल चयन भएका छन्।

बजारमा बढ्यो चहलपहल, जनस्वास्थ्यविद् भन्छन्- संक्रमणको जोखिम उच्च छ [भिडियो रिपोर्ट]

दसैंतिहार, छठ पर्व नजिकिएसँगै काठमाडौंका न्युरोड, असन, इन्द्रचोक जस्ता बजार क्षेत्र र विभिन्न सपिङ मलमा किनमेल गर्ने सर्वसाधारणको भीड लाग्न थालेको छ।

नेपाल समय बिहानी समाचार : मन्त्रिपरिषद् विस्तारको सकसमा गठबन्धन, दसैंका लागि ५० हजार खसीबोका

मन्त्रिपरिषद् विस्तारका विषयमा सहमति खोज्न आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ।

बिहीबार पनि मन्त्रिपरिषद् विस्तार, बालुवाटार जग्गा काण्डमा आफूलाई फसाइएको गच्छदारको दाबी [२०७८-६-६]

बुधबार पार्टी कार्यालयमा बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्।

ट्रेंडिंग

नेपाल समय
श्रृंखला

जेलसहित बर्खास्तीमा परेका सिपाही भन्छन्- ऊ रोइरहेको थियो, मेरो मन थामिएन

घरमा फोन गर्न पनि कहिलेकाहीँ मात्रै दिइन्थ्यो। त्यो पनि ‘सबै ठिक छ’ भन्न लगाइन्थ्यो। एक-दुई मिनेट मात्रै गफ गर्न दिइन्थ्यो। ‘के भयो अचानक यस्तो?’ भन्दै बुबाआमा रुनुहुन्थ्यो, श्रीमती रुन्थिन्। तर आफूले यथार्थ भन्न पाउँदिनथेँ। ‘केही भएको छैन, योभन्दा बढी जवाफ नदिनू' भन्ने उर्दी हुन्थ्यो।
नेपाल समय
संवाद

म महामन्त्रीको उम्मेदवार हुँ, कसैको दौराको फेर समात्नुपर्छ भन्ने छैन : धनराज गुरुङ [अन्तर्वार्ता]

प्रजातन्त्रको पर्यायवाची कांग्रेस हो भनेर हामी दावी गर्छौं। तर, यहाँ मुलुकमा आफूलाई आइपरेपछि न विधान न संविधान आफ्नो घोडा बनाइदिने अवस्था आयो।
नेपाल समय
समाज

सर्वोच्चको आदेश कुलमानको पक्षमा

सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
नेपाल समय
लुम्बिनी

बुटवलका मेयरलाई मुक्का प्रहार गर्ने गणेशविरुद्ध एमालेले मुद्दा नचलाउने

नेकपा एमालेले बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियुका सदस्य गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने भएको छ।
नेपाल समय
राजनीति

जसलाई नेता बनायो, उसैले थला पार्‍यो नेविसंघ

गुटबन्दी र नेताहरूको व्यक्तिगत स्वार्थको सिकार बनेको नेविसंघ लामो समयदेखि भद्रगोल छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C