बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • जेठ ७ गते नीति तथा कार्यक्रम आउँदै, हत्या आरोपमा माओवादी उम्मेदवार पक्राउ [२०७९-१-२८]

जेठ ७ गते नीति तथा कार्यक्रम आउँदै, हत्या आरोपमा माओवादी उम्मेदवार पक्राउ [२०७९-१-२८]

प्रवक्ता केसीले आसन्न निर्वाचनलाई भयरहीत, स्वतन्त्र र निष्पक्ष गराउन विभिन्न प्रविधिको प्रयोग गरेका र निर्वाचन आयोगसँग सहकार्य गरेर सिसिक्यामेरा समेतको माध्यमबाट निगरानी गर्ने काम गरिरहेको बताए।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

काठमाडौं- बुधबारका मुख्य समाचारसहितको नेपाल समय समाचारका मुख्य शीर्षकहरू:  

triton college
  • निर्वाचन आयोगले एकसाथ सुरु गर्‍यो  मतदाता  शिक्षा र मतदाता परिचयपत्र वितरण, व्यवस्थापन मिलाउन नसक्दा कास्कीमा कर्मचारीको भीड। निर्वाचन व्यवस्थापनमा कमजोरी
  • आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्दै राष्ट्रपति, जेठभर आर्थिक विधेयक तथा कार्यक्रममाथि छलफल गर्ने कार्यतालिका। जेठ ७ मा नीति तथा कार्यक्रम
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जेठ २ देखि नियमित सेवा सुरु जजिरा एयरवेज, मोदीको लुम्बिनी भ्रमणको पूर्वतयारीका लागि आइपुग्यो ३० भारतीय सैनिकको टोली । जेठ २ देखि नियमित उडान
  • श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको घर जलाइएपछि देशभर कर्फ्यू, कर्फ्यू उल्लंघन गरे देख्नासाथ गोली चलाउन सुरक्षाकर्मीलाई आदेश । श्रीलंका संकट
  • आफूमाथि  लगाइएका आरोप पुष्टि गर्न एन्फा अध्यक्ष शेर्पालाई पूर्वअध्यक्ष थापाको चुनौती, शेर्पाले चरित्रहत्या गरेकाले पछिल्लो ७ वर्ष मानसिक पीडा भोग्नुपरेको दुखेसो। गणेशको गुनासो

केन्द्रमा मतदाता परिचयपत्र
निर्वाचन आयोगले  मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न सुरु गरेको छ । नेपालभर निर्वाचन आयोगले स्थानीय तहको  निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकाहरुलाई मतदाता परिचयपत्र वितरण शुरु गरेको हो। 

बिहीवार पनि आयोगले देशभरका विभिन्न मतदान स्थल र निर्वाचन केन्द्रहरुबाट मतदाता शिक्षा र मतदाता परिचय पत्र वितरण गर्नेछ। मतदाता शिक्षा लिनका लागि नयाँ पुस्ताहरु अधिकांश मतदान स्थलमा आएको नयाँ बनेश्वर मतदान केन्द्र ‘ग’का मतदान अधिकृत भगवान उप्रेतीले बताए । 

त्यस्तै काठमाडौं जिल्ला अदालतकी कर्मचारी अनुपमा भट्टराईले मतदाता शिक्षासँगै मतदाता परिचय पत्र पनि वितरण गरिरहेको बताए। उनले नयाँ मतदाता परिचय पत्र बनाएका र स्थानीय निर्वाचनमा यसअघि मत नहालेका मानिसहरु मत हाल्ने तरिका सिक्न आएको उल्लेख गरे।

त्यस्तै मतदान हाल्ने तरिका सिक्न र मतादाता परिचय पत्र लिन आएका मतदाताहरु भोट हाल्नका लागि उत्साहीत देखिन्छन्।

corrent noodles
Metro Mart

उता निर्वाचनको लागि व्यवस्थापन मिलाउन नसक्दा कास्कीमा कर्मचारीहरुको भीड लागेको छ। कर्मचारीहरु स्थानीय तहको निर्वाचनका लागि चाहिने सामग्री लिने क्रममा कर्मचारी कम भएकाले व्यवस्थापन गर्न नसकिएको कास्कीका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए। 

त्यस्तै प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले गण्डकीका ११ जिल्लामा करिव २० हजार जना कर्मचारी परिचालित भएको बताए। उनले प्रदेशका कुल १ हजार २ सय ५३ सय मतदानस्थलमा २ हजार ३ सय मतदान केन्द्र तोकिएको जानकारी दिए।

यस्तै भारतले अतिक्रमण गरेको दार्चुलाको नाबी, गुन्जी र कुटी गाउँनजिकै रहेका तिंकर र छाङरूमा मतदान गराउन मतदान अधिकृतसहितको टोली मतदान केन्द्रमा पुगेको छ। व्याँस गाउँपालिका– १ स्थित मोती महिला संघ आधारभूत विद्यालय तिंकरमा अधिकृत मोहनसिंह धामी पुगेका छन्। यस्तै कैलाशपति आधारभूत विद्यालय छाङरूमा मतदान अधिकृत चन्द्रदेव जोशी नेतृत्वको ६ जनाको टोली सोमबार बिहानै खलंगाबाट सेनाको हेलिकोप्टरमा उडेका हुन्। 

तिंकरमा २३१ र छाङरूमा ३६५ मतदाता छन्। ६ महिना खलंगा र ६ महिना गाउँमा बस्ने यहाँका नागरिक निर्वाचनका लागि गाउँ पुग्न थालेका छन्। नेपालतर्फको बाटो बिग्रिएकाले नेपाली नागरिक भने भारतीय बाटो प्रयोग गरेर जाँदै छन्। स्याटेलाइटबाट जनगणना गरिएको अतिक्रमित नाबी, गुन्जी र कुटीमा भने निर्वाचन नहुने भएको छ।

यसैबीच मंगलबार रातिदेखि मौन अवधि सुरु भएपनि नेता र कलाकारले नै तोडेका छन्। मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षविपक्षमा प्रचारप्रसार गर्न नपाइने भएपनि दलका नेता र कलाकारले अटेर गरेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनी, नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ, कलाकार निर्मल शर्मा, अभिनेत्री वर्षा राउतले सामाजिक सञ्जालमा मौन अवधि तोडेका हुन्। 

सुरक्षा व्यवस्था  कडा
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। 

निर्वाचनको सुरक्षाका लागि निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि नै सीमानाका बन्द गरिएको छ भने सम्भावित जोखिम हुन नदिन सुरक्षा व्यवस्थालाई कडा पारिएको हो। देशभरिका मतदान केन्द्रहरु मध्य मधेस प्रदेशका १ हजार ६३ वटा मतदान स्थल र २ हजार ९९ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदेशका ८ सय ८८ वटा मतदानस्थल र १ हजार ६ सय ८६ वटा मतदान केन्द्रलाई संवेदनशील रूपमा वर्गीकरण गरिएको छ। 

प्रहरी वरिष्ठ उपरीक्षक एवं नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेपाल प्रहरीले एकीकृत सुरक्षा योजनाअन्तर्गत काम गरिरहेको बताए। 

प्रवक्ता केसीले आसन्न निर्वाचनलाई भयरहीत, स्वतन्त्र र निष्पक्ष गराउन विभिन्न प्रविधिको प्रयोग गरेका र निर्वाचन आयोगसँग सहकार्य गरेर सिसिक्यामेरा समेतको माध्यमबाट निगरानी गर्ने काम गरिरहेको बताए। 

घर फर्किनेको भिड
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्न गाउँ फर्किनेहरुको भीड लागेको छ। काठमाडौंबाट बाहिरिने विभिन्न नाकाहरुमा घर फर्किने नागरिकहरुको भीड लागेको हो। 

काठमाडौं उपत्यकाबाट बाहिरिने कोटेश्वर, थानकोट लगायतका नाकाहरुमा घर फर्किनेहरुको भीड देख्न सकिन्छ । काठमाडौंबाट मतदानका लागि घर फर्किनेहरु बढेसँगै काठमाडैंको सडकमा सवारीको चाप कम भएको छ। विशेष गरी काठमाडौंबाट छिमेकी जिल्लाहरुमा जाने मानिसहरु धमाधम गाउँ फर्किन थालेका हुन्। 

काठमाडौंको बालाजु, बल्खु, कलंकी लगायतका ठाउँमा पनि बसको टिकट काट्नेहरुको लाम देख्न सकिन्छ । मंगलवार राती १२ बजेसम्म ५९ हजार ६१ जना गाउँ फर्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

जेठ ७ मा नीति तथा कार्यक्रम
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ। 

सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए। संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले संसद अधिवेशन जेठ ३ गतेलाई आह्वान गरिसकेको समेत बताए। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नेछिन्। 

सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने उनले बताए। जेठ ३ गते पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रश्ताव पेश गर्ने कार्यक्रम रहेको उल्लेख गरे। 

प्रवक्ता पाण्डेले जेठ १५ गतेपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरु निरन्तर रुपमा चल्ने बताए। पाण्डेका अनुसार प्रतिनीधि सभासँग ३ गतेबाट राष्ट्रिय सभाको बैठक पनि शुरु हुनेछ। 

बढ्यो रेमिट्यान्स
चैत महिनामा विदेशबाट नेपाल आउने रकम (रेमिट्यान्स) बढेको छ। चैत महिनामा नेपालमा ९३ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो। त्यसअघि फागुनमा ९१ अर्ब ०७ करोड नेपाली रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको थियो। 

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ९ महिनामा नेपालमा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६ प्रतिशत कम हो।

पछिल्लो समयमा रेमिट्यान्स र पर्यटक आप्रवाहमा बढोत्तरीका कारण विदेशी विनिमय सञ्चितिमाथिको दवाव कम हुन थालेको समेत देखिएको छ। 

जेठ २ देखि भैरहवाबाट विदेश उडान
जजिरा एयरवेजले जेठ २ गतेदेखि भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई सेवा सुरू गर्ने भएको छ।

जजिरा एयरवेजले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सेवा सञ्चालन गर्न लागेको हो। एयरवेजले मंगलबार उडान तालिका सार्वजनिक गर्दै कुवेतबाट स्थानीय समयअनुसार साँझ १८:३० बजे उडेको विमान जेठ २ गते बिहान १ बजेर ४५ मिनेटमा भैरहवा आइपुग्ने जनाएको छ।

सो जहाज सोही दिन बिहान २:३० बजे कुवेतका लागि प्रस्थान गर्नेछ। जजिराले साताको आइतबार, मङ्गलबार, बिहीरबार कुवेतबाट नेपालका लागि उडान भर्नेछ। यस्तै सोमबार, बुधबार र सोमबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर फर्कने छ।

सन् २०१९ नोभेम्बरदेखि  नेपालमा  सेवा दिँदै आएको जजिराले यसअघि काठमाडौंमा उडान गर्दै आएको छ। 

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउने तय भएसँगै त्यसको पूर्वतयारी सुरु भएको छ। जेठ २ गते बुद्धजयन्तीका अवसरमा लुम्बिनी भ्रमणमा आउन लागेका मोदीको भ्रमण तयारीका लागि भारतीय सैनिक अधिकारीको टोली लुम्बिनी आइपुगेको छ। बुधबार बिहान भारतीय वायुसेनाको विमानमार्फत भारतीय सैनिक अधिकारीको टोली बन्दोबस्तीका सामग्रीसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको हो।

लुम्बिनी विकास कोषका अनुसार विमानमार्फत ३० जनाको भारतीय सैनिक टोली लुम्बिनी आएको छ। विमानमा मोदी चढ्ने गाडी र  अन्य बन्दोबस्तीका सामान ल्याइएको बताइएको छ। टोली अब जेठ २ गतेसम्म लुम्बिनीमै रहने छ। 

हत्या आरोपमा जनप्रतिनिधि र माओवादी उम्मेदवार पक्राउ
महिलाको अपहरण गरी हत्या गरेको अभियोगमा पूर्वी रुकुममा जनप्रतिनिधिसहित तीन जना नेकपा माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन्। 

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–११ का वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुन बुढा र माओवादीबाट वडाध्यक्षका उम्मेदवार कुमार सिंह बुढालाई रुकुम प्रहरीले नियन्त्रणमा लिएको हो।

वैशाख १९ गते स्थानीय टक्सेरा गाउँमा निर्वाचन प्रचारप्रसारका क्रममा भएको विवाद मिलाउन पुगेकी स्थानीय ३९ वर्षीया जुङमाया बुढालाई उनीहरुले अपहरण गरेर लगेको आरोप छ। 

अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा रुकुम प्रहरीले टक्सेरादेखि करिब चार किलोमिटर माथि जंगलमा शव फेला पारेको थियो। कानमा रगत बगेको र निर्वस्त्र अवस्थामा शव फेला पारिएको र घटनाबारे अनुसन्धान रुकुम प्रहरीले जनाएको छ। 

नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएको पुथा उत्तरगंगामा माओवादी केन्द्रसँग पटकपटक विवाद र दुई समूहबीच झडपसमेत हुँदै आएको छ।

सकिएन श्रीलंका संकट
श्रीलंकामा निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरलाई प्रदर्शनकारीले जलाइदिएपछि पूरै देशमा कर्फ्यू जारी गरिएको छ। कर्फ्यु उल्लंघन गर्नेहरुलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको छ। रोल....

सोमबारको प्रदर्शनमा एकजना सत्तारुढ दलका सांसदसहित केही व्यक्तिको मृत्यु भएपछि प्रधानमन्त्री महिन्दा राजापाक्षले पदबाट राजीनामा दिएका थिए। तर पनि श्रीलंकाका नागरिकको आक्रोश थामिएको छैन। 

मंगलबार राजापाक्षेको एक घरलाई पनि प्रदर्शनकारीले जलाइदिएका छन्। सुरक्षाकर्मीले तत्कालै राजापाक्षे र उनका परिवारका सदस्यहरुलाई सो घरबाट उद्धार गरेको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्यास र हवाई फायर गरेका थिए। प्रधानमन्त्री राजापाक्षे र उनको परिवारका सदस्यहरुलाई सुरक्षाकर्मीले पूर्वोत्तर क्षेत्रमा रहेको त्रिनकोम नौसैनिक अड्डामा लगेर राखेको बीबीसीको समाचारमा उल्लेख छ। 

सोमबार राति श्रीलंकामा राजनीतिक दलका ५० भन्दा बढी नेताहरुको घरमा आगजनी भएको छ। प्रदर्शनकारीले गाडीहरुमा आगजनी र तोडफोड गरेका छन्।

थापाको चेतावनी
अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले आफूमाथि लगाइएका एउटा पनि आरोप पुष्टि गर्न चुनौती दिएका छन्।

बुधबार पत्रकार सम्मेलन आयोजना गरी थापाले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले लगाएको विभिन्न आरोपको भिडियो क्लिप सावर्जनिक गर्दै यस्तो चुनौती दिएका हुन्। अध्यक्ष शेर्पाले आफ्नो चरित्रहत्या गरेकाले पछिल्लो ७ वर्ष आफूले मानसिक पीडा भोग्नुपरेको उनको भनाइ छ। 

शेर्पाको आरोपका कारण आफूले जीवन नै अन्त्य गरौँ कि जस्तो लाग्ने गरेकोसमेत बताएका थिए। फिफाको प्रतिबन्धमा रहेकै बेला पूर्वअध्यक्ष थापाले पत्रकार सम्मेलनको आयोजना गरेका हुन्। 

एन्फाको केन्द्रीय निर्वाचन आगामी असार ६ गते हुने तय भएपछि पूर्वअध्यक्ष थापाले पत्रकार सम्मेलन आयोजना गरेकाले अर्थपूर्ण रूपमा हेरिएको छ। 


प्रकाशित: May 11, 2022| 20:55 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।