मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • वैशाख ३० गते स्थानीय निर्वाचन, हट्यो जोरबिजोर र गाजामाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी [२०७८-१०-२४]

वैशाख ३० गते स्थानीय निर्वाचन, हट्यो जोरबिजोर र गाजामाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी [२०७८-१०-२४]

गत मंसिरमा भएको राप्रपा महाधिवेशनमा अध्यक्षमा हारेका कमल थापाले ‘नयाँ यात्रा’थालनी गर्ने चेतावनी दिएर पार्टीलाई फेरि विभाजनको संकेत गरेका छन्।
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

स्थानीय निर्वाचन वैशाख ३० मा 

triton college

सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते शुक्रबार एकै चरणमा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिए।

स्थानीय तह निर्वाचन ऐनको दफा ५५ मा जनप्रतिनिधिलाई निर्वाचित भएको मितिको ७औं दिनबाट नयाँ निर्वाचित सदस्य मानिने व्यवस्था छ। २०७९ साल जेठ ४ गते निर्वाचन गर्दा त्यसको ७ दिनपछि जेठ ११ गते मात्रै नयाँ पदाधिकारीले पदभार ग्रहण गर्न पाउने अवस्था थियो।

वैशाख ३० मा नै निर्वाचन हुने भएपछि जेठ ६ गते नै नयाँ पदाधिकारीले पदभार सुरु गर्न पाउने भएका छन्। २०७४ वैशाख ३१ मा भएको निर्वाचनबाट निर्वाचित पदाधिकारीको पदावधि भने जेठ ५ गते सकिँदैछ।

उनीहरूको पदावधि सकिएको भोलिपल्ट नै नयाँ पदाधिकारीले कार्यभार सम्हाल्नका लागि वैशाख ३० गते निर्वाचन घोषणा गरिएको हो।

corrent noodles
Metro Mart

हट्यो जोरबिजोर 

सरकारले काठमाडौं उपत्यकाका निजी सवारी साधनमा लगाएको जोरबिजोर प्रणाली हटाएको छ। 

कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले माघ ८ गतेदेखि निजी र सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लगाएको थियो। माघ १४ गतेदेख भने सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएको थियो। 

पछिल्लो समय कोरोना भाइरसको संक्रमणको गति कम हुँदै गएको र अब स्वास्थ्यका मापदण्डहरुको पालना गरेर जनजीवनलाई सहज बनाउने उद्देश्यका साथ सरकारले पछिल्ला निर्णयहरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

सह प्रवक्ता अधिकारीले कोरोनाको जोखिम कायमै रहेको भन्दै स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न, मास्कको अनिवार्य प्रयोग गर्न, बेलाबेलामा साबुनपानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न पनि आग्रह गरे। 

एमसीसीबारे छलफल गर्दै माओवादी

नेकपा माओवादी केन्द्रले एमसीसीबारे केन्द्रीय कमिटी बैठकमा छलफल गर्ने भएको छ। 

एमसीसीबारे पार्टी अध्यक्ष पुष्पकमल दाहालको दोहोरो चरित्र देखिएपछि यो विषयमा कुरा केन्द्रीय कमिटीमा छलफल हुने भएको हो। माओवादी केन्द्रले माघ २७ गतेदेखि केन्द्रीय कमिटी बैठक बोलाएको छ।

माघ २६ गते प्रतिनिधिसभाको बैठक बोलाइएको छ। प्रतिनिधिसभाको बैठकमा एमसीसी परियोजना अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्न नदिने र केन्द्रीय कमिटी बैठकपछि मात्रै त्यसबारेमा ठोस निर्णय गर्ने माओवादीको रणनीति छ।

हिजो आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको शीर्ष बैठकमा माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई स्थानीय तहको निर्वाचनपछि धकेल्न प्रस्ताव गरेका थिए।

राप्रपा विभाजित हुने संकेत

गत मंसिरमा भएको राप्रपा महाधिवेशनमा अध्यक्षमा हारेका कमल थापाले ‘नयाँ यात्रा’थालनी गर्ने चेतावनी दिएर पार्टीलाई फेरि विभाजनको संकेत गरेका छन्। 

पूर्वअध्यक्ष थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई तीन वटा माग पूरा गर्न अल्टिमेटम दिँदै यस्तो माग पूरा नभए पार्टी फुटाउने  चेतावनी दिएका हुन्।

काठमाडौंमा सोमबार आफू पक्षका नेताको भेला गरेर थापाले सरकारले स्थानीय चुनाव अघि नै माग सम्बोधन गर्न अल्टिमेटम दिएका छन्। 

थापाले आफूहरूलाई बाध्य बनाइए नयाँ यात्रा सुरु हुने बताए। त्यस्तो नयाँ यात्रामा सहभागी हुन आफूले कसैलाई पनि कर नगर्ने समेत दाबी गरे। 

लामो समयदेखि राप्रपाको शीर्ष तहमा रहँदै आएका थापा राप्रपा नेपाल गठन गरेर अध्यक्ष बनेका थिए। पार्टी एकीकरणपछि राप्रपाका अध्यक्ष बनेका थापा महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि असन्तुष्ट छन्। निर्मल निवासले नांगो हस्तक्षेप गरेरे आफूलाई पराजित गराइएको उनको दाबी रहँदै आएको छ। 

थापाले आफूले दुई दिनअघि अध्यक्ष लिङ्देनसँगको भेटमा पनि यो विषयमा कुरा उठाएका थिए। यसअघि थापाले मंसिर २७ र माघ १६ मा अध्यक्ष लिङ्देनलाई पत्र पठाएरै ध्यानाकर्षण गराएका थिए। त्यसबारे पनि सुनुवाइ नभएको थापाको गुनासो छ। 

यद्यपि थापा पक्षीय राप्रपा उपाध्यक्ष ध्रुवबहादुर प्रधान र महामन्त्री कुन्ती शाहीले भने थापाले पार्टी विभाजन गर्ने पक्षमा अभिव्यक्ति नदिएको दाबी गरेका छन्। 

बढ्यो सेयर बजार

साताको पहिलो कारोबारको दिन आइतबार ४० अंक बढीले गिरावट आएको नेप्से परिसूचक सोमबार १५ अंक भन्दाबढीले वृद्धि भएको छ। 

सोमबार नेप्से परिसूचक १५.६९ अंकले बढेर २ हजार ८५१.८६ विन्दुमा पुगेको छ। 

सोमबार कारोबारमा आएका २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। 

आइतबारको तुलनामा सोमबार कारोबार रकममा भने गिरावट आएको छ। आइतबार  ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो। 

१३ वटा उपसमूहमध्ये  १० उपसमूहको परिसूचक बढेको छ भने ३ वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ। सबैभन्दा बढी लगानी उपसमूहको परिसूचक ३.०६ प्रतिशतले वृद्धि भएको छ। यता, बैंकिङ्ग उपसमूहको सबैभन्दा धेरै ०.२१ प्रतिशत, होटल तथा पर्यटन ०.१४ प्रतिशत र लघुवित्तको ०.०८ प्रतिशतले गिरावट आएको छ।

आज कारोबार रकमका आधारमा ४९ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर नेपाल इन्फास्टक्चर बैंक शीर्ष स्थानमा रहेको छ। नेसनल हाइड्रोपावर कम्पनीको २७ करोड ६६ लाख रुपैयाँ शेयर कारोबार भएको छ।  

मुख्यमन्त्री कार्यालयअघि प्रहरी र विद्यार्थीबीच झडप

लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि विद्यार्थी र प्रहरीबीच झडप भएको छ। 

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने तथा स्थानीय तहको निर्वाच तत्काल घोषणाको माग गर्दै विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो। विरोध स्वरुप मुख्यमन्त्री कार्यालय अघिबाट कालो बेलुन उडाउने कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दै  लाठीचार्ज गरेको अनेरास्ववियुले जनाएको छ। 

अनेरास्ववियुले भने केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, शेषकान्त पोखरेल, बुटवल नगर अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल, गुनबहादुर श्रेष्ठ लगायत घाइते भएको जनाएको छ।

गाजालाई वैधता दिने तयारी

सरकारले गाजामाथि लगाइएको प्रतिबन्ध औषधि प्रयोजनका लागि फुकाउने तयारी गरेको छ। 

गृह मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा प्रवक्ता फणिन्द्रमाणि पोखरेलले गाजामाथिको प्रतिबन्ध औषधि प्रयोजनका लागि फुकाउने योजना रहेको बताएका हुन्। गृह सुधार योजनाअन्तर्गत गाजामाथिको प्रतिबन्ध फुकुवा गर्ने विषय पनि समेटिएको पोखरेलले स्पष्ट पारे।

औषधि व्यवस्था ऐन २०३३ मा औषधि प्रयोजनका लागि गाजा प्रयोग गर्न पाइने उल्लेख छ। औषधि व्यवस्था विभाग र वनस्पति विभागले गाजा प्रयोग गर्नका लागि अनुमति मागेका थिए। गाजाको प्रतिबन्ध फुकाउनु पर्ने भन्दै नेकपा एमालेका सांसद एवं पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले प्रतिनिधि सभामा गैरसरकारी विधेयक दर्ता गरेका छन्।

रुसले जित्यो ६ स्वर्ण

बेइजिङ ओलम्पिकका प्रतिस्पर्धा गरिरहेको रसियाले तेस्रो दिनसम्मा ६ पदक जितेको छ। 

रसियाको ओलम्पिक कमिटीले १५ किमी र १५ किमी रिलेमा स्वर्ण र रजत जितेको थियो। त्यस्तै, महिलातर्फ  स्केटिङको टिम इभेन्टमा पनि उसले स्वर्ण जितेको हो।

रसियन ओलम्पिक कमिटीले शीतकालिन ओलम्पिकमा दुई स्वर्ण, दुई रजत र दुई काश्यसहित छ पदक जितेको हो। त्यस्तै, दोस्रो स्थानको नर्वेले तीन पदक जितेको छ। नर्वेले दुई स्वर्ण र काश्य जितेको हो। स्वीडेनले पनि दुई स्वर्ण जितेको छ। 

मेडल तालिकामा एक स्वर्ण जित्नेमा नौ देश पुगेका छन्। एक स्वर्ण जित्नेमा क्यानाडा, चीन, जर्मनी, नेदरल्यान्ड्स, जापान, अस्ट्रेलिया, स्लोभेनिया, न्युजिल्यान्ड र स्विट्जरल्यान्ड रहेका छन्।


प्रकाशित: Feb 07, 2022| 20:27 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।