काठमाडौं– मिडिया हबको प्रस्तुति हास्य रियालिटी कार्यक्रम ‘कमेडी हब’को सहप्रायोजन डिशहोम फाइबरनेटले गर्ने भएको छ।
एपिवान टेलिभिजनमा बुधबार साँझ ८ बजे प्रसारण हुने ‘कमेडी हब’ माग्ने बुढा (केदार घिमिरे) ले निर्देशन गरेका छन्।
राजा राजेन्द्र, हिमेश पन्त, जानुका केसी, नारिया गिरी लगायत हास्य विधामा स्थान बनाउन सफल कलाकारहरुको प्रस्तुति रहेको कार्यक्रम पहिलो सिजनको तेस्रो भागसम्म प्रसारण भइसकेको छ।