बिहीबार, भदौ २, २०७९
नाटक

सपेराको जनजीवन झल्काउने 'कथा कस्तुरी'

राज सरगम , विनायक कार्की  |  काठमाडौं, शनिबार, जेठ २८, २०७९

नेपाल समय

राज सरगम , विनायक कार्की

काठमाडौं, शनिबार, जेठ २८, २०७९

नेपाल समय

सपेरा अर्थात ‘बिन’ को धुनमा सर्पलाई लट्ठ बनाएर नचाउने एक समुदाय। कथा यहि सपेराको बस्तीको हो। तराई भेगको कुनै ठाउँमा अवस्थित जैपुन गाउँमा सपेराको बसोबास छ। जहाँका सपेराहरु विभिन्न प्रजातिका विषालु सर्प नचाउँदै अभावको जहरमा पिल्सिन बाध्य छन्। हक्का पहलमान पनि यहि गाउँका बासिन्दा हुन्।
सपेरा गाउँका मुखिया पनि हुन् हक्का पहलमान। उनी अरुभन्दा बलवान हुनुका साथै बुद्धिमान पनि छन्। बिन बजाउन उस्ताद हक्काले गाउँका सबैलाई मिलाएर राखेका छन्।
गरिबी र अभावसँग जुझ्दै हुर्केका हक्काका छोरा भतिज भने दिनरात सर्प नचाएर बिस(पचिस रुपैयाँ कमाउने जीवनबाट हार खाएका छन्। खुसी र सुख खोज्नलाई उनीहरुले विदेश जाने प्रस्ताव हक्कासमक्ष राख्दा आफ्नो समुदायको परम्परागत पेशाप्रति इमान्दार हक्काको नकारात्मक प्रतिकृयाले उनको आदर्शवान नैतिकताको चित्रण गरेको छ।
कथा कस्तुरी नाटकले नेपालका पिछडावर्ग तथा सिमान्तकृत जातजातिलाई राजनीतिक अन्योलले छाडेको गहिरो खतको कथा पनि कोट्याएको छ। साथै राज्यबाट हुने अन्याय पनि।


नाटकका अर्का पात्र चिन्तामनी पौडेल स्थानीय नेता हुन्। चुनावमा उम्मेदवारी दिएका चिन्तामनीका लागि सपेरा गाउँको सरदर ७ सय मत निकै अमूल्य छ। सपेरा गाउँले हक्का पहलमानको बोली काट्न नसक्ने कुराबाट ज्ञात चिन्तामनीले हक्कालाई ठूलो रकमको प्रलोभन दिन्छन्।

सपेरा गाउँको सारा भोट चिन्तामनीलाई दिएको बदलामा पाउने ठूलो रकमले सोचमग्न हक्काको माग भने फरक छ। पैसाको बदला १५ सय सर्प माग्छन् हक्काले। चिन्तामनी र हक्का दुवै पक्षबीच १५ सय सर्प र सपेरा गाउँको भोटमा सम्झौता हुन्छ।

सत्य केवल राजनीतिक क्रोधमा मात्र सीमित हुँदैन। अर्का जातका चिन्तामनीको दाउ चुनाव जित्नु मात्र थिएन। हक्कासँग भएको अमूल्य नागमणी हत्याउनु पनि थियो।
चुनाव हुन्छ। चिन्तामनीले ७ सय मतको अन्तरले चुनाव जित्छन्। तर यता सपेरा गाउँ जैपुनमा ठूलो विपद् आइलाग्छ।
विपद्को जड चिन्तामनीका प्रतिस्पर्धी लालबाबु महतोलाई मानिन्छ। चुनाव हारेको रिसमा उनले हक्काको घरमा आगो लगाएको अनुमान गाउँलेले लगाएका हुन्छन्।
तर सत्य केवल राजनीतिक क्रोधमा मात्र सीमित हुँदैन। अर्का जातका चिन्तामनीको दाउ चुनाव जित्नु मात्र थिएन। हक्कासँग भएको अमूल्य नागमणी हत्याउनु पनि थियो। हक्काको हत्या गर्न सफल चिन्तामनी नागमणी प्राप्तीमा सफल भए या विफल त्यो चाहिँ नाटक हेरेरै थाह पाइन्छ।
तर यता बालापनमै ज्यान गुमाएकी हक्काकी छोरी कस्तुरीका रुपमा फर्केकी हक्काकी प्यारी इच्छाधारी नागिनलाई चिन्तामनीको कालो रहस्यबारे थाहा थियो। उनलाई थाहा थियो उनका 'बापु'को हत्यामा लालबाबु हैन नवनिर्वाचित सांसद चिन्तामनी संलग्न थियो भनेर। त्यसैले उनी चिन्तामनीको विश्वासिलो पात्र, उनको अंगरक्षक भोलासँग नजिकिन्छिन्।

भोला पनि कस्तुरीको मायाजालमा फसिसकेको हुन्छ। प्रेमले उसको स्वभावमा उल्लेख्य परिवर्तन ल्याइदिन्छ। बाहिरबाट कठोर भोला भित्रबाट फूलझैँ नरम छ।
हुन त हक्का पहलमान जीवितै छँदा कस्तुरीको हात माग्न भोला उनीहरुको घर गएको थियो। हक्काले त्यतिबेला उसलाई बिन बजाउन लगाएर आफ्नी छोरीका लागि लायक भएनभएको जाँच गरेका थिए। सबैलाई मन्त्रमुग्ध बनाउने धुन बजाएर भोलाले हक्काको दिल जितेको पनि थियो अनि हक्काले आफ्नी छोरी उसैलाई दिने वचन पनि दिएको थियो।

भोलासँगै हिँडिराख्ने सुस्त मनस्थिति भएको पात्रले भोला उनको दुश्मन भइसकेको खबर चिन्तामनीलाई दिन्छन्। महाभारतका राजा परिक्षितझैँ चिन्तामनी पनि सर्पको भयबाट मुक्त हुन ‘यज्ञ’को आयोजना गर्छन्। तर, उता यज्ञ चलिरहेकै बखत बार्दलीमा चिन्तामनीको मृत शरीर फेला पर्छ।
हक्काको मृत्युपछि एकदमै निराश कस्तुरीलाई फकाउन जान्छ भोला। अनि त्यतिबेलै उसले 'हिँड मसँग बिहे गरौँ' पनि भन्छ। जसको प्रतिकृयामा कस्तुरीले आफ्नो बाबुको हत्यारा भोलाकै मालिक चिन्तामनी भएको खुलासा गर्छिन्। अनि आफूसँग बिहे गर्ने भए चिन्तामनीको ज्यान लिन भोलाले सहयोग गर्नुपर्ने शर्त पनि राख्छिन्।
भोलासँगै हिँडिराख्ने सुस्त मनस्थिति भएको पात्रले भोला उनको दुश्मन भइसकेको खबर चिन्तामनीलाई दिन्छन्। महाभारतका राजा परिक्षितझैँ चिन्तामनी पनि सर्पको भयबाट मुक्त हुन ‘यज्ञ’को आयोजना गर्छन्। तर, उता यज्ञ चलिरहेकै बखत बार्दलीमा चिन्तामनीको मृत शरीर फेला पर्छ। मृत्युको कारण उही हुन्छ– सर्पदंश।
लेखक नयनराज पाण्डेको कथा कथा संग्रह ‘जियारा’ भित्रको एक कथा ‘सर्पदंश’ मा आधारित नाटक हो ‘कथा कस्तुरी’। जहाँ पश्चिम नेपालमा भेटिने सपेरा जातिको जनजीवन मुख्य विषय हो।
नाटकबाट सपेरा जीवनका माधुर्य र जटिलतालाई नाट्य रूपमा प्रस्तुत गरिएको मात्रै छैन, न्यून संख्यामा रहेका सपेरा जातिहरुमाथि राज्यका अगुवा भनिएका नेताहरूले गर्ने फोहोरी राजनीतिक खेललाई केही यथार्थ र केही जादुमयी घटनाक्रमबाट बुझाउन खोजिएको छ।


 


सत्ताले भुइँमान्छेको जीवन परिवर्तनमा विशिष्ट काम नगरेसम्म हरेक गरिब पात्रको नियति हक्का पहलमानको जस्तै हुनेछ। जो जाति र समुदायको भएपनि घुमीफिरी हाम्रो नियति राजनीतिसँगै जोडिन्छ। राजनीतिको खोल ओढेर माफिया चरित्र बाँचेको पात्रहरू नफेरिएसम्म फोहोरी राजनीति नसुध्रिएसम्म गरिबी हट्ने छैन।
भोलाले आफ्नो आमालाई सोधिरहँदा उसको बाबुले १८ औं शताब्दीको एक घटना सम्झिन्छ– सन् १८५७ को गदरको सम्झना गराउँछन्। जंगबहादुर राणाले सपेराको सहयोग लिएर अंग्रेजसँग लडेको एक दृष्यले दर्शकलाई सोचमग्न बनाउँछ। जिब्रो काटिदिएको दृष्यलाई बडो कलात्मक ‘पच’ दिएका छन् कलाकारले।
सपेराहरूको जीवनशैली मात्रै नभएर माटोको कथा पनि भन्न खोजेको छ कथा कस्तुरीले। लेखक पाण्डेले भनेझैं सर्पदंश कथानकमा यथार्थ र कल्पनाबीच एउटा पातलो पर्दा छ जहाँ जैपुनका सपेराहरू भेटिँदैनन् सपेराहरू निहित परम्परा, रीतितिथि र मिथकहरूको संयोजन पनि भेटिन्छ।
नाटकमा विम्ब प्रतीक र मिथकहरू मार्फत यथार्थको जटिलतालाई सहज र सशक्त रूपमा प्रस्तुत गरिएको छ।

हाँगा समाएर रुख बनाउनु, प्लाष्टिकबाट साँप बनाउनु, रसी, लाठी, साँप, टोकरी, बिन, साइकल, जस्ता प्रप्समा आफ्नो कला भरमार देखाउने कोसिस गरेका छन् कलाकारले।
रंगकर्मी दिया मास्केको निर्देशनमा तयार भएको नाटक कथा कस्तुरी ‘आर्ट फर्म’ प्रस्तुत गर्न खोजिएको छ। रंगमन्चको लामै अनभुव बटुलेकी मास्केले आफ्नो अद्भूत क्षमता उजागर गर्ने कोसिस गरेकी छिन्। मास्के यस नाटक तयार गर्न बाल्यकालमा फर्किएकी छिन्। बाल्यकालमा उनले देखेको मधेशमा भेटिएको उखुको खेत, मिलको एकोहोरो पुकपुक गर्ने आवाज, खेतमा मजदुरी गरिरहेका किसान, सरल र निर्दोश अनुहार, बयलगाडा अनि कहिले नतुरिने खलियानलाई खुबै सम्झिएको बताउँछिन्।
मास्केका लागि घुर्मैला सम्झनाभित्र मधेशको रंगिन जादुगरी तथा त्यहाँका लोकगीत र संस्कृतिको अनौठो तालमेल पनि कथा कस्तुरीम भेटेको सम्झिन्। उनी भन्छिन्, ‘मलाई जादुजस्तो यथार्थ र यथार्थजस्तो जादु मन पर्छन्। हाम्रा लोकनाटकमा मिथकहरू र यथार्थ  पनि यसरी नै आउँछन्, जसरी आउँछ जादुमयी यथार्थवादमा।’
मास्केका अनुसार नयनराज पाण्डेको कथा सर्पदंशले सपेराका जीवन बोल्ने कथा मात्रै भन्दैनन्, सर्पलाई मानवीकरण गरेर र केही मिथकलाई उपयोग गरेर मधेशको राजनीति गरिबी र शोषणको कथा भन्छन्।
सपेराको बिन, बाँसुरी, मुर्चुङ्गा, हार्मोनियम, तबला, ढोलक जस्ता बाजाले नाटकको पृष्ठभूमिमा रोमाञ्चक बनाइदिएको छ। दर्शक र कलाकारबीच ‘कनेक्ट’ गराइरहन्छ।
हाँगा समाएर रुख बनाउनु, प्लाष्टिकबाट साँप बनाउनु, रसी, लाठी, साँप, टोकरी, बिन, साइकल, जस्ता प्रप्समा आफ्नो कला भरमार देखाउने कोसिस गरेका छन् कलाकारले।
केही ‘प्रप्स’ कलाकारले आफ्नै भावभंगी तथा हातगोडाको प्रस्तुतिबाट बुझाउन खोजिएको छ। नयाँ थिएटर, पहिलो नाटक भएर होला प्रकाश सञ्चालनमा श्रवण राना अलमलिएका छन्। त्यसो हुँदा कुनै कुनै दृश्यमा कलाकारहरू प्रकाशबाहिर हुन पुगेका छन्।
कलाकारहरू मन्चमै रहेर फरक भूमिका फरक, समय र फरक लोकेशनमा गएको अनुभूति दिलाउन निर्देशक दिया मास्केले यसमा गरेको चलाखी निकै लोभलाग्दो छ।   
कलाकारको मेहनत भूमिका निर्वाह गरिरहँदा पसिनाले निथ्रुक्क भिजेको कपडाले पनि बुझाउँछ। कलाकारले छेउछाउ राखेका प्रप्स टिप्न भ्याएका छन् भने कतिपय प्रप्स खल्तीमा लिएर आफ्नो भूमिका बदलिएका छन्।


बासुकी नागको प्रतिबिम्ब डोरीबाट गरिएको छ। टोकरीमा साप लिएर सपेराहरू विद्रोह गर्न हिँडेको दृृष्यले दर्शकलाई उर्जा भरिदिन्छ।  

कथा कस्तुरी नाटकको मौलिकता झल्किने गीत बलियो पक्ष हो। कवि गीतकार विप्लव प्रतीकले लेखेका गीत ‘यो केटाको आओ आओ धिरेसे’ ले दर्शकलाई टाठो बनाइराख्छ।
त्यसैगरी सञ्चिता पराजुलीले लेखेको पैजनिया बिन्दिया र यो देहेलिज गीतले प्रेमका भाव पस्किन्छ। कस्तुरी र भोलाको प्रेमलाई गीत मार्फत दर्शकलाई प्रेमिल बनाउने कोसिस मज्जा लाग्छ।
लम्बी लम्बी मुछे (कृष्ण खत्री) ला ला ली (मदन गोपाल) जस्ता आलापले निकै उर्जा थपिदिएको छ।
नाटकको सुन्दर पक्ष भनेको कलाकार आफ्नो ‘कष्टम’ फेरिरहँदैनन्, तर भूमिका भने बदलिरहन्छ। एकैसाथ आलाप दिइरहेका कलाकार छिनमै भोला, छिनमै हक्का पहलमान, छिनमै चिन्तामनी, छिनमै कस्तुरी बन्दा दर्शक अलमलिएझैं लाग्छ।
सुत्रधार भएकी सृष्टी भट्टराईले छिनमै कथा बाचक र छिनकै पात्र भएर अभिनय गरेको दर्शकलाई प्रिय–अप्रिय दुवै लाग्न सक्छ।
अभिनेता तथा निर्देशक अनुप बरालको परिकल्पनामा जन्मिएको एक्टर्स स्टुडियोले थुप्रै कलाकारहरू जन्माएको छ। यस नाटकमा बराल सुपरीवेक्षण भएका छन्।
आयुष्मा मगर, विकास खड्का, प्रभाव शाही ठकुरी, सृष्टि भट्टराई, सन्तोषसिंह बस्नेत, प्रेमप्रकाश केसी, जीवन गौतम, राजन पुरी, यश बोगटी राजवर, विशाल पुलामी, सन्देश बम, शिवदास गुरुङले अभिनय गरेका छन्।
अहिले एक्टर्स स्टुडियोमा कला निर्देशक रहेका बरालले नाटकघर नाटकसँगसँगै निर्माण भएको प्रेक्षालय पनि बन्दै थियो। त्यही प्रेक्षालय ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’ बन्न् सफल भएको छ। यो सँगसँगै धेरै सपनाहरू आकार लिने सम्भावना बढ्दै गएको बताएका छन्।
नेपाल संङ्गीत विद्यालय नेपाल फिल्म क्याम्पस र एक्टर स्टुडियोको सहकार्यमा तयार भएको नाटक कथा कस्तुरी जेठ २७ देखि असार १९ गतेसम्म मन्चन हुँदैछ। गौशाला पिंगलास्थानस्थित ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’, ‘नेपाल फिल्म क्याम्पस’ र एक्टर्स स्टुडियोको संयुक्त प्रयासमा स्थापित नयाँ नाटकघर हो।
भर्खरै बनिसकेको नयाँ नाटकघरमा मधेसको भाषा, नयाँ कलाकारहरुको खारिएको अभिनय र निर्देशक मास्केको माझिएको निर्देशन क्षमताका कारण दर्शकलाई फरक स्वाद दिनेछ।


प्रकाशित: June 11, 2022 | 14:46:39 काठमाडौं, शनिबार, जेठ २८, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

कांग्रेस केन्द्रीय समितिमा थपिँदै आठ महिला

संविधानअनुसार अहिले कांग्रेसको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पु¥याउन आठ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको हो।

पञ्चायती व्यवस्थाका हार्डलाइनर मरीचमानको अविचलित राष्ट्रवाद

तीन दशक लामो पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह २०४६ को बहुदलीय व्यवस्थाका कारण राजा वीरेन्द्रबाट बर्खास्तीमा परे। त्यो समय कसैसँग नझुक्ने अडान लिएर बसेका मरीचमान भारतको नाकाबन्दी, जनआन्दोलनको उभारलगायत यिनै र यस्तै घटनाक्रमले कतै नायक बने, कतै खलनायक।

आरजुबारे देउवाको त्यो वचन तर यो प्रयास!

पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक जानकारहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ।

प्रचण्डसामु बाबुरामको 'बाध्यात्मक शरण'

सात वर्षअघि माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गरेर कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका बाबुराम नयाँ पार्टी खोलेर पनि राजनीति उँभो लाग्ने छनक नदेखिएपछि प्रचण्डतिरै लहसिनुपर्ने बाध्यतामा पुगेका छन्।

२०७४ मा जसले जिताए, तिनै बन्नेछन् विष्णु पौडेलको तगारो

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार पछिल्ला ३ निर्वाचन जितेका विष्णु पौडेल नै एमालेबाट निर्विकल्प उम्मेदवार हुन्। पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः भक्ति पाण्डे, डा. बाबुराम भट्टराई र युवराज गिरीलाई हराएका थिए।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता : अब के हुन्छ?

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता अध्यादेश भने जारी गरेकी थिइन्। असंवैधानिक रुपमा संसद् विघटन गर्दै ल्याएको नागरिकता अध्यादेश जारी गरेकी राष्ट्रपति भण्डारीले संसद्‌बाट पारित गरेको विधेयक भने फिर्ता गरेकी हुन्।

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

थप समाचार

नेपाल समय
रङ्गमञ्च

गोल्डेन ओकको आयोजनामा कमेडी यात्रा

गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने तयारी गरेको छ। यसका लागि गोल्डेन ओकले ल्याउँदैछ विभिन्न शहरहरुमा ‘गोल्डेन ओक कमेडी यात्रा’।
नेपाल समय
रङ्गमञ्च

माफी मागेर हटाइयो 'कमेडी हब'को विवादित दृश्य

आफू निर्देशित टीभी शो ‘कमेडी हब’को ट्रेलर विवादमा तानिएपछि केदार घिमिरे ‘माग्ने बूढा’ले माफी मागेका छन्।
नेपाल समय
रङ्गमञ्च

मानिसलाई प्रकृतिको सन्देश : हिउँको पृथ्वी यात्रा

अविराम चलिरहेको हिउँको यात्रा त्यतिखेर सकसपूर्ण हुन्छ, जब मानिसले प्रकृतिलाई दोहन गर्न थाल्छ।
नेपाल समय
रङ्गमञ्च

'कमेडी हब'मा गरेको व्यंग्यले कलेजको जागिरबाटै निकालिए

केदार घिमिरे ‘माग्ने बूढा’को निर्देशनमा प्रसारण भइरहेको टेलिभिजन शो ‘कमेडी हब’मा जोडिएकै कारण बागमती कलेजमा अध्ययन गराउँदै आएका शिक्षक प्रसाईंलाई जागिरबाटै निकालियो।
नेपाल समय
रङ्गमञ्च

भारतीय रंगकर्मी अनुराधा मजुमदारको मुख्य भूमिकामा 'साबिती' नाटक मञ्चन हुँदै

थिएटर भिलेजले चर्चित साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ मा आधारित भएर नाटक मञ्चन गर्ने भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना