काठमाडौं– कलाकार सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ। आगामी शनिबार दशरथ रंगशालामा हुने भनिएको सांगीतिक कार्यक्रम आयोजकले स्थगित गरेको हो।
आयोजक ओडीसी इन्टरटेन्टमेन्ट प्रालिका अनुसार स्थानीय तह चुनावका कारण टिकट बिक्रीमा परेको प्रभाव र प्रतिकूल मौसमका कारण कार्यक्रम स्थगन गरिएको हो।
भारतीय कलाकारहरुसँग छलफल गरेर अर्को मिति चाँडै तय गरिने आयोजकले जनाएको छ। कलाकारलाई पारिश्रिमक, लाइट, साउन्ड, स्टेजलगायतको खर्चमा नेपाली आयोजकले हालसम्म कम्तिमा ८ करोड रुपैयाँ खर्च भइसकेको जनाएको छ। कार्यक्रममा सलमान खानसहितका एक दर्जन कलाकार नेपाल आउने सम्झौता भएको थियो।