शुक्रबार, असोज २१, २०७९
पात्र कथा

सहरकी नयाँ पल्पसा

राज सरगम  |  काठमाडौं, शनिबार, वैशाख २४, २०७९

राज सरगम

राज सरगम

शनिबार, वैशाख २४, २०७९, काठमाडौं

नेपाल समय

‘त्यसो भए हामी संयोगवादी’, लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’को पात्र पल्पसाले अर्को पात्र दृष्यसँग गरेको संवाद हो यो। थापागाउँस्थित मण्डला थिएटरमा मन्चन भइरहेको नाटक पल्पसा क्याफेको ‘पल्पसा’ बन्नुमा यस्तै संयोग ठान्छिन्, अभिनेत्री सृष्टि श्रेष्ठ। 

०७८ चैतको दोस्रो साता। एक साँझ रंगकर्मी बिमल सुवेदीको फोन आयो सृष्टिलाई। विमलको प्रस्ताव थियो, ‘पल्पसा क्याफेमा काम गरौं।’ एक्कासी आएको प्रस्तावले सृष्टि अचम्ममा परिन्।

त्यसो त सृष्टिले यसअघि विमलले नै निर्देशन गरेको ‘ह्याम्लेट’ नाटक गरेकी थिइन्। त्यही सम्बन्धका कारण सृष्टिलाई विमल र थिएटर भिलेजको टिममाथि विश्वास थियो। छुट्टै लगाव थियो। त्यसैले नाटकलाई लिएर मिटिङ गर्न उनी तयार भइन्। 

तर, भेट्नु अगाडि उनले इन्टरनेटमा पल्पसाको अर्थ खोजिन्। नेटमा उनले भेटेको नेवारी अर्थ थियो– चट्याङ अथवा कमलको फूल। पल्पसाको अर्थमाथि केहीबेर सोचमग्न भइन्। अनि मनमनै सोच बनाइन्, नाटकमा काम गर्ने। 

भोलिपल्ट विमललाई भेट्न सृष्टि सहरको एक क्याफे पुगिन्। विमलको हातमा पल्पसा क्याफे उपन्यास थियो। सृष्टिलाई गैरआख्यानमा आध्यात्मिक पुस्तक मन पर्छ। आख्यानमा त्यति रुची छैन उनको। तर, पहिलोपटक पल्पसा क्याफेमा रूची लाग्यो। उपन्यासलाई सुमसुमाइन्। ‘पल्पसा क्याफे चर्चित उपन्यास हो भन्ने थाहा थियो। तर पढ्न पाएको थिइनँ’, पल्पसा क्याफे किताब लिएको क्षण सम्झिन् उनले।

लामो लकडाउनपछि सामान्य भएको जनजीवन देखेर घुम्न निस्किनेको बाक्लै भीड छ। यस्तैमा, सृष्टि पनि आफ्ना साथीहरूसँग चैतको अन्तिम साता माथिल्लो मुस्ताङ जाने योजनामा थिइन्। नयाँ वर्षलाई यात्रामय बनाउने मुड बनाएकी थिइन्। तर, निर्देशक सुवेदीले अचानक नाटकको प्रस्ताव अगाडि सारेपछि अन्यौलमा परिन्। नपढेको किताबको मुख्य पात्रको भूमिकाका लागि सृष्टि गम्भीर भइन्। ‘विमल दाइले भनेपछि यस्तो राम्रो कृति पढ्न मैले मिस गरेछु भन्ने फिल भयो’, उनले भनिन्।  

निर्देशक सुवेदीले पात्रको बारेमा बुझाएपछि सृष्टि तयार भइन्। तर, समय कम थियो। यत्रो चर्चित उपन्यासमाथि काम गर्दा कम्तिमा कलाकारले उपन्यास त पढ्नै पर्यो। आफ्नो भूमिका बुझ्नै प¥यो। अनि, सृष्टिले तुरुन्तै पल्पसा क्याफेको अडियो बुक सुनिन्। पाँच घन्टा लामो अडियो बुक सुनिन् उनले। अनि किताब पनि पढिन्। उनलाई पल्पसा क्याफे प्रिय लाग्दै गयो। 

‘पल्पसा क्याफे’ पढ्दै जाने क्रममा पल्पसासँग बिस्तारै नजिकिन् सृष्टि। पल्पसाको यात्रालाई आफ्नो यात्रा सम्झिन थालिन्। विस्तारै त सृष्टिलाई पल्पसा आफूजस्तै लाग्न थाल्यो। ‘पल्पसा पहिलोपटक आफू जस्तै–जस्तै लाग्यो। उसको जिन्दगीमा भेटिने संयोगहरू आफ्ना जस्तै लाग्न थाले’, पल्पसालाई आत्मसात् गर्दैगर्दाको अनुभव सुनाइन् सृष्टिले। 

सृष्टिका केही कुरा भने पल्पसासँग ठ्याक्कै मिल्छ। पल्पसाको हजूरआमा सृष्टिलाई आफ्नै हजूरआमा जस्तो लाग्यो। पल्पसाको नजिकको साथी उसकी हजूरआमा हो। सृष्टिको नजिकको साथी पनि हजूरआमा नै हुन्। पल्पसाको हजूरआमा एउटी छिन्। तर, सृष्टिकी हजूरआमा दुई छन्। एउटा घरको हजूरआमा, अर्को मामाघरको हजूरआमा। दुवै हजूरआमाको प्रिय नातिनी हुन् सृष्टि। 

प्राकृतिक सौन्दर्यसँग पल्पसालाई लगाव छ। त्यस्तै लगाव सृष्टिको पनि छ। सृष्टि पनि पल्पसाजस्तै यात्रा गर्न रूचाउँछिन्। त्यसैले एम्बुसमा परेको घटना बाहेक पल्पसासँग आफ्नो धेरैथोक मिलेको दावी गर्छिन्। भन्छिन्, ‘पल्पसाको स्वभावसँग मेरो स्वभाव छिट्टै मिल्यो। म पनि युके गएर बस्न सक्थें। तर, नेपालमै संघर्ष गरिरहेको छु।’

डकुमेन्ट्री खिचेर संसार चिनाउन चाहेकी छे, पल्पसा। सृष्टि आफ्नो अभिनयले संसारको मन जित्न खोज्छिन्। 

दृष्यसँग पल्पसाको भेट गोवाको एक पुरानो चर्चमा हुन्छ। दोस्रोपटक पल्पसाले दृष्यलाई अन्जुना बीचमा भेट्छे। त्यो अन्जुना बीचमा कुनै समय सृष्टि पनि पुगेकी थिइन्। बीचको किनारमा बसेर कुनै एक कविको किताब पढ्न मौका पाएकी थिइन् उनले। तर, दृष्यजस्तो कलाकार भने भेटिनन् सृष्टिले। 

पल्पसा बहादुर केटी लाग्छ सृष्टिलाई। किनकि पश्चिमा मुलुक सुरक्षाको वातावरणले राम्रो भएपनि ती देशप्रति कुनै मोह छैन पल्पसालाई। गाउँगाउँका मानिसका दुःखलाई विश्व सामु पुर्याउने सोचले डकुमेन्ट्री मेकर भएर नेपाल आएकी छे ऊ। सशस्त्र द्वन्द्वको बेला पनि आफ्नै देशमा केही गर्ने सोचले विदेश छोडेकी पल्पसाको लक्ष्य आफ्नै जस्तो लाग्छ उनलाई। पल्पसाभित्र गहिरो सहानुभूति र सद्भाव भएको लाग्छ सृष्टिलाई। भन्छिन्, ‘उसले जस्तै मैले पनि युके छोडें। नेपालमै केही गर्न लागिरहेको छु। बस् पल्पसाको समय शसस्त्र द्धन्द्धको थियो। मेरो समय राजनीतिक द्धन्द्धको हो।’ 

दृष्यसँग पल्पसाको भेट गोवाको एक पुरानो चर्चमा हुन्छ। दोस्रोपटक पल्पसाले दृष्यलाई अन्जुना बीचमा भेट्छे। त्यो अन्जुना बीचमा कुनै समय सृष्टि पनि पुगेकी थिइन्। बीचको किनारमा बसेर कुनै एक कविको किताब पढ्न मौका पाएकी थिइन् उनले। तर, दृष्यजस्तो कलाकार भने भेटिनन् सृष्टिले। 

पल्पसाको आध्यात्मिक यात्रा प्रिय लाग्छ सृष्टिलाई। पल्पसा भिक्षुणी बन्ने रहर गरेको सृष्टिलाई पनि प्रिय बन्यो। उनका मनमा पनि भगवानहरु आइरहन्छन्। भन्छिन्, ‘भगवानप्रति मेरो पनि गहिरो आस्था छ।’ पल्पसा एम्बुसमा परेपछि भने धेरैपटक आफूलाई छामिन् सृष्टिले। भगवान् सम्झिन्। पल्पसा पात्रमा डुब्दै गएकी सृष्टिलाई यो दुर्घटनाले नमिठो गरी चिमोट्यो। 

‘मलाई त झट्कै लाग्यो। पछि आख्यान हो भनेर चित्त बुझाएँ’, उनले सुनाइन्। त्यसपछि सृष्टिलाई पल्पसाकै जस्तो दुर्घटना आफ्नो जिन्दगीमा पनि हुन सक्छ भन्ने महसुस भयो।

लेखकले पल्पसालाई कस्तो आकृतिको पात्र सोचेर लखे होलान्, अझै पनि यो सोचिरहन्छिन् सृष्टि। सुरूमा उनले पनि पल्पसाको शारीरिक संरचना खोजेकी थिइन्। नाटक रिहर्सलमा पल्पसा भएर अभिनय गर्दै जाँदा सृष्टिले त्यो पल्पसा बिर्सिन। भन्छिन्, ‘जब पल्पसामा म गहिरिन थालेँ नि, मैले खोजेको पल्पसा छुट्दै गई।’

‘पल्पसा सृष्टि जस्तो कि सृष्टि पल्पसाजस्तो ?’ यो प्रश्नमा उनी गम्भिर भइन्, ‘पल्पसा म जस्तो भन्नै मिल्दैन।’ सृष्टिलाई लेखक नारायण वाग्लेले सोचेर बनाएको पल्पसा आफू भन्दा कयौ गुणा सुन्दर होला भन्ने लाग्छ। हुन त सृष्टि पनि मिस नेपाल हुन्। उनी पनि सुन्दर छिन्। तर, उनलाई आफू पल्पसा जति सुन्दर छु भन्ने लाग्दै लाग्दैन। 

‘ऊ म हो अथवा म ऊ हो भन्नु नै गलत हुन्छ होला’, उनले भनिन्, ‘मैले उसलाई कति बुझे, कति आत्मासात् गर्न सकें। ऊ भएर कति बाँच्न सकें, कति रमाउन सकें भन्ने कुरा फरक हुन्छ जस्तो लाग्छ।’ घरबाट उनी निस्किएपछि उनी सृष्टि हुन्छिन्। मण्डला थिएटर प्रवेश गरेपछि उनी  पल्पसा हुन्छिन्। आफूलाई देख्नेले पनि पल्पसा देखे कि भन्ने लाग्यो उनलाई। 

रिहर्सलको समयमा एक रात पल्पसा भएको सपना देखिन् सृष्टिले। उनी भन्छिन्, ‘सपनामा पल्पसा भएर हिँड्दा म आफै छक्क परें। एक रात पल्पसाले बोल्ने संवाद निन्द्रैमा बरबराएछु, पछि हजूरआमाले भनेपछि थाहा पाएँ।’

नाटकको पहिलो प्रदर्शन सकेर बाहिर आउँदा उनी छक्क परिन्। कारण, टिमले त विगत २ वर्षदेखि पल्पसा क्याफेको तयारीमा थियो। तर, उनी भने अचानक जोडिएकी थिइन्। तीन हप्ताको तयारीमा उनले आफ्नो काम राम्रो दिने कोसिस गरिन्। नतिजा कस्तो आउँछ त्यसको पर्वाह गरिनन्। 

नेपाली रंगमन्चमा सबै नाटकले निरन्तर दर्शक पाउँदैन। तर, पल्पसा क्याफेले ती दर्शक निरन्तर पाएको छ। यस्तो हुनुको कारण सृष्टि किताबको प्रभाव ठान्छिन्। भन्छिन्, ‘मैले सुनेको अनुसार भन्छु– यो पुस्तक आफैमा राम्रो भएका कारण पनि पल्पसा क्याफे नाटकमा दर्शक नघटेको भन्ने लाग्छ।’

नाटकले नियमित हाउसफुल दर्शक पाएपछि सृष्टिलाई नेपाली उपन्यासका पाठक पनि बाक्लै रहेछन् भन्ने महसुस भएको छ । लामो समयदेखि पल्पसा क्याफेको पात्रहरु दिमागमा लिएर बसेका पाठकलाई रंगमन्चमा कस्तो देखिएला भन्ने कौतुहुलले पनि दर्शकहरु यो नाटक हेर्न आइपुगे भन्ने लागेको छ उनलाई। 

कतिपय पाठकका लागि पल्पसाको चित्र भत्कियो पनि। तर, पाठकले बनाएको पल्पसाको चित्रै भत्किने गरी आफू पल्पसा भइसकेको जस्तो लाग्दैन सृष्टिलाई। पल्पसा हुन खोज्ने कोसिस गरेपनि पल्पसा हुन सक्दिनँ भन्नेमा उनी ढुक्क छिन्।

पल्पसा क्याफेमा भेटिने बिम्बले धेरै घोत्लायो सृष्टिलाई। एकोहोरो मथिंगल घुमाइरह्यो। ती पात्र र बिम्बलाई जिवन्त बनाउने थिएटर भिलेजको टिमलाई सम्झिइन् उनले। भन्छिन्, ‘मेटाफरलाई पनि नाटकमा बुझाउन सक्ने रहेछ भन्ने यो टिमबाट बुझ्न पाएँ।’ 

यो नाटकअघि चैतको पहिलो हप्ता प्रदर्शनमा आएको फिल्म ‘चिसो एष्टे’«मा सृष्टिको भूमिका सहरका भौतिक संरचनामा पुतली सजाउने थियो। पल्पसा क्याफेमा भने सृष्टि हातमा क्यामारा बोकेर डकुमेन्ट्री बनाउँदै हिँड्छिन्। सृष्टिलाई क्यामारा उनको आँखाजस्तै लाग्छ। भन्छिन्, ‘पल्पसाले भन्न खोजेको कथालाई उसले बोकेको क्यामाराले बाटो देखाइरहेको छ।’

‘पल्पसा पहिलोपटक आफू जस्तै–जस्तै लाग्यो। उसको जिन्दगीमा भेटिने संयोगहरू आफ्ना जस्तै लाग्न थाले’, पल्पसालाई आत्मासाथ गर्दैगर्दाको अनुभव सुनाइन् सृष्टिले। 

पल्पसा क्याफेको रिहर्सल चलिरहेको थियो। एकदिन सृष्टि पशुपति जाँदैथिइन्। लेखक वाग्लेलाई गौशालामा देखिन् उनले। तर, बोल्न पाइनन्। टाढा भएका कारण उनले बोलाउन पनि सकिनन्। सडक पेटीमा हिँडिरहेका लेखकलाई देखेर सृष्टिले पल्पसालाई सम्झिन्।  

आख्यानका पात्र कस्तो हुन्छन्, त्यो लेखकलाई जति कसलाई थाहा होला र! ती पात्रहरु पाठकको आँखामा स्वतन्त्र बाँच्न पाउँछन्। पल्पसाको तीन यात्रा छ। ती तिनै यात्रा बडो अर्थपूर्ण लाग्छ सृष्टिलाई। त्यसको सुन्दरता लेखकले कल्पिएको हुन्छ नै। 

तर, पल्पसा कति सुन्दर छे? पल्पसाको शारीरिक सुन्दरताबाट अझै बेखबर छिन् सृष्टि। तर, चरित्रको हिसाबले अद्भूत सुन्दरता पल्पसामा पाउँछिन् उनी। दृष्यलाई आफ्ना मनका कुराहरु स्पष्ट नभनेर पनि धेरै कुराहरु भनिरहेको लाग्छ सृष्टिलाई। 

लेखक वाग्ले एकदिन नाटक हेर्न आए। दर्शकको भीडमा कतै थिए वाग्ले। तर, सृष्टिलाई अद्भूत उर्जा आयो। भन्छिन्, ‘अजिब भाइब्स आयो मभित्र, जसलाई शब्दमा भन्न सक्दिनँ।’ वाग्लेको सिर्जनामा काम गर्न पाउँदा उनले आफैलाई भाग्यमानी ठानिन्। एकपटक लेखकलाई नजिकबाट भेटेर नमन गर्न सोचमा छिन्, सृष्टि। 

‘त्यो समयमा पनि लेखकले ‘डाइनमिक क्यारेक्टर’ सिर्जना गरेको लाग्छ उनलाई। पल्पसा साँच्चैको पल्पसा भएको लाग्छ। ऊ एक भएर पनि अनेक छे’, उनले भनिन्। जीवनमा उनलाई धेरै आस्था छ। धेरैथोक त्यो जीवनले दिएको लाग्छ उनलाई। राम्रा मान्छेसँग उनको भेट भएको बताउँछिन्। जीवनमा महत्वपूर्ण भेटघाटले धेरै कुराहरु सिकाएको लाग्छ उनलाई। भन्छिन्, ‘म सिकिरहेको छु। र, अहिले पनि सिकाइको चरणमा छु।’

आफूलाई ‘लक्की’ठान्ने सृष्टि आफूले बाँचेको समय पनि सुन्दर मान्छिन्।  

‘हजूरजस्तै सुन्दर हो?’ 

यो ठट्यौली प्रश्नमा मुसुक्क मुस्कुराइन् मात्र। 

उनलाई यो नाटकको टिमले ‘पल्पसा’ भनेर बोलाउँछन्। ‘अहिलेको समयमा म पल्पसा नै हुँ’, उनलाई पनि त्यस्तै महसुस भइरहेको छ।  ‘ऊ काल्पनिक जस्तो लाग्दैन। बरु साँच्चैको मान्छेजस्तै लाग्छ,’ पल्पसासँग संगतमा परेपछि अहिले आफैलाई बिर्सिएकी छिन् सृष्टिले। 

उमेरका हिसाबले धेरै बाँच्नेहरु पनि छन्। तर, बाँच्ने शैली अर्थपूर्ण भएन भने? सृष्टिलाई लाग्छ, पल्पसाले छोटो समयमा धेरै बाँचेर गइन्। भन्छिन्, ‘त्यस्तो सशस्त्र द्धन्दको समयमा पनि पल्पसा पुरै खुलेर बाँची। जति बाँची साँच्चै अर्थपूर्ण बाँची।’

सन् २०१२ मा मिस नेपाल भएकी सृष्टिले बेलायतबाट आफ्नो मोडलिङ यात्रा सुरू गरेकी थिइन्। आफूलाई पनि पल्पसाजस्तै आगन्तुक पात्र लाग्छ उनलाई। सन् २०१२ मा विश्व सुन्दरी प्रतियोगिताको क्वाटर फाइनलसम्मको यात्रा तय गरेकी सृष्टिलाई पल्पसाले बाँचेको समय कुरूप लाग्दैन। तर, समयको एक कालखण्डमा दुर्घटना नभएको पनि होइन। जीवनको सत्य पनि यही हो। जहाँ केही न केही गुमाउनै पर्छ। केही होइन र पनि हो भन्नुपर्छ। पल्पसा पनि यस्तै केही होइन जस्तो लाग्छ। तर, पनि धेरैथोक हो। अझ सृष्टि भन्छिन्, ‘मेरा लागि त आकाशमा चम्किरहेकी कुनै एक ताराजस्तै हो पल्पसा।’


प्रकाशित: May 7, 2022 | 16:53:27 काठमाडौं, शनिबार, वैशाख २४, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
रङ्गमञ्च

तुच्छ राजनीतिक भाषा बोल्नेहरू फुक्काफाल, समाज ब्युँताउनेमाथि साइबर क्राइमको डन्डा

नेपाली राजनीतिमा स्थापित भएका भनिएकाहरूले सामाजिक सञ्जालदेखि सभा–समारोमा व्यंग्यात्मक शैलीमा घोचपेच गर्दै एकअर्कालाई होच्याइरहन्छन्। एउटा कमेडियनले आफ्नो पेसागत काम गर्दा भने त्यसलाई राजनीतिक रङ दिएर अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिँदै छ।
नेपाल समय
रङ्गमञ्च

गोल्डेन ओकको आयोजनामा कमेडी यात्रा

गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने तयारी गरेको छ। यसका लागि गोल्डेन ओकले ल्याउँदैछ विभिन्न शहरहरुमा ‘गोल्डेन ओक कमेडी यात्रा’।
नेपाल समय
रङ्गमञ्च

माफी मागेर हटाइयो 'कमेडी हब'को विवादित दृश्य

आफू निर्देशित टीभी शो ‘कमेडी हब’को ट्रेलर विवादमा तानिएपछि केदार घिमिरे ‘माग्ने बूढा’ले माफी मागेका छन्।
नेपाल समय
रङ्गमञ्च

मानिसलाई प्रकृतिको सन्देश : हिउँको पृथ्वी यात्रा

अविराम चलिरहेको हिउँको यात्रा त्यतिखेर सकसपूर्ण हुन्छ, जब मानिसले प्रकृतिलाई दोहन गर्न थाल्छ।
नेपाल समय
रङ्गमञ्च

'कमेडी हब'मा गरेको व्यंग्यले कलेजको जागिरबाटै निकालिए

केदार घिमिरे ‘माग्ने बूढा’को निर्देशनमा प्रसारण भइरहेको टेलिभिजन शो ‘कमेडी हब’मा जोडिएकै कारण बागमती कलेजमा अध्ययन गराउँदै आएका शिक्षक प्रसाईंलाई जागिरबाटै निकालियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना