मंगलबार, असोज ११, २०७९
नाटक समीक्षा

'मैले जितेँ कि हारेँ कमरेड?'

दिलीप कुँवर  |  काठमाडौं, बुधबार, वैशाख २१, २०७९

दिलीप कुँवर

दिलीप कुँवर

बुधबार, वैशाख २१, २०७९, काठमाडौं

नेपाल समय

केही दिनअघि घरमा फोन गरेँ। ‘तपाईंहरुले पूजा गर्ने विद्रोह त अचेल यता सहरमा व्यापार बनेको छ नि, त्यो पनि खुलमखुल्ला बार्गेनिङ गर्न मिल्ने।’ 

‘के भन्छ यो ? आवाज स्पष्ट बुझिएन।’ 

‘तपाईं बैकलमा हुनुहुन्छ त, कसरी सुनिन्छ आवाज? त्यहाँ नेटवर्क प्रब्लम भएर हो। बाहिर आँपको बोटनेर गएर बोल्नु न।’ 

‘ए, पख्। म भर्याङबाट झर्दैछु।’

‘२७ सेकेण्डपछि आवाज आयो, अँ के भनेको, भन् त?’

‘तपाईंहरुले पूजा गर्ने विद्रोह त अचेल यता सहरमा व्यापार बनेको छ नि, त्यो पनि खुलमखुल्ला बार्गेनिङ गर्न मिल्ने।’

‘विद्रोहको व्यापार रे? कसले गर्यो?’ 

‘यहाँ धेरै छन्। गाउँमा पनि विद्रोहको व्यापार सुरु गर्नुहोस् तपाईंहरु। झन् अनुभवी र खप्पिस पनि हुनहुन्छ। कमाइ राम्रै हुँदोरहेछ। भाइ र मलाई पढाउँदा लागेको करिब ९ लाख ऋण तिर्न पनि सजिलो हुन्छ।’ 

‘पागलजस्तो कुरा नगर्। विद्रोहको व्यापार गरेको भए तेरा बाहरु दोस्रो विनोध चौधरी भइसक्थ्यौं।’

‘हा हा... अब सुरु गर्नु न त।’

‘कुराकानी कट भयो। सायद, उता बिजुली गएको हुनुपर्छ।’

नाटककै लागि तयार पारिएको सेटको सजावट, बीचमा प्रयोग गरिएको पटका विस्फोट गर्ने टेक्निक, कमरेड अडिगको संवेदना, दयाको भावुकता, प्रभाको प्रेम र फूलमतीको सपनाले नाटक हेरिरहेका आँखालाई कहिँकतै जान दिँदैनन्।

यतिबेला सहरमा यही संयोग जुराउने नाटक चलिरहेको छ, ‘खत’। नाटकमा माओवादी द्वन्द्वको कथा छ। 

अन्तरजातिय बिहेका कारण घर–गाउँबाट खेदिएपछि एक जोडी दुई डाँडाको बीचमा छानो बनाएर बसेको छ। एउटा डाँडामा माओवादी लडाकुहरु छन्, जो क्रान्तिका कुरा गर्दै विद्रोहमा निस्किएका छन्। अर्को डाँडामा माआवोदी विद्रोह रोक्न आइपुगेका शाही सेनाहरु छन्। अनि दुई डाँडाबीचमा रहेको झुपडीभित्र त्यहीबेला पुरुष आफ्नो गर्भवती श्रीमतीको स्याहार गरिरहेका छन्। 

माओवादीहरु भात खान त्यहीँ आइपुग्छन्, सेनाहरु सूचना लिन त्यहीँ। पूरा नाटक यही झुपडी वरपर घुमेको छ। अनि युद्धले दिएको खतलाई निर्देशकले त्यही झुपडीबाट भन्न खोजेका छन्।