सोमबार, माघ ३, २०७८

पचली भैरव जात्राको यस्तो छ प्रेमिल अन्तरकथा

राज सरगम  |  काठमाडौं, आइतबार, कार्तिक २८, २०७८

राज सरगम

राज सरगम

आइतबार, कार्तिक २८, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- उपत्यकाको टेकु आसपासका खड्गीहरूले प्रत्येक १२ वर्षमा ‘पचली भैरव’को खड्गजात्रा काष्ठमण्डप अगाडि गर्दै आएका छन्। 

नेवार समुदायले ठूलो पर्वको रूपमा मनाउँदै आएको यो जात्रालाई धार्मिक तथा सांस्कृतिक सम्पदाको रूपमा पनि लिइन्छ। तर, पचली भैरव जात्राको अन्तरकथा भने बडो प्रेमिल छ। यिनै पचलीको प्रेमलाई कौसी थिएटरको मञ्चमा उतारेका छन्, रंगकर्मी चन्द्रमान मुनिकारले।

उपत्यकाको मौलिक देवीदेवता तथा संस्कृतिलाई आधार बनाएर नाटक प्रस्तुत गर्दै आएका रंगकर्मी मुनिकारले पचली भैरवको बारेमा अध्ययन अनुसन्धान गर्न मात्रै दुई वर्ष खर्चिएका थिए। भन्छन्, ‘पचली भैरव आफैमा मिथक कथा हो, जो जटिल छ। यसलाई नाट्य रूपान्तर गरेर थप चुनौती मोलेको छु।’

नेपाल मण्डलको उत्पत्तिसँगै यहाँका धार्मिक र सांस्कृतिक मिथकहरू अति नै लोकप्रिय मानिन्छन्। यहाँका स्थानीय भाषावंशावली र चर्या नृत्य तथा गीतहरूमा धेरै आधारशिला पाइन्छन्। नेपाल मण्डलको उत्पत्ति दक्षिण भेगको रक्षा गर्न पचली भैरवलाई दिइएको किम्बदन्तीसमेत सुन्नमा पाइन्छ।

मधुर प्रकाशको उज्यालोसँगै राजा पलम्बर देखिन्छन्। किराँती राजा पलम्बर दिव्य शक्तिको कारण दक्षिण काशीमा नुहाई विधिपूर्वक सूर्यलाई अर्घ दिएर पवित्र हुन्छन्। र, फर्पिङ राज्य हुँदै बाग्मती र विष्णुमतीको दोभानमा रहेको पञ्चलिंगेश्वर (पचली) मा पुगेर तान्त्रिक योग र तन्त्रमन्त्रले प्रवीण योगपुरुष पलम्बर ध्यान गर्छन्। 

भैरव अछेता पाउने आसमा रुकमणीको पछिपछि कुद्छन्। भागदौडमै उज्यालो भएपछि भैरवले राजाको रूप धारण गर्न पाउँदैनन्। बिहानी घामको उज्यालोबाट बच्न भैरव पचली क्षेत्रमा मान्द्रोको सहारामा लुक्ने कोसिस गर्छन्।

ध्यान पश्चात् उनी आफ्नो राज्य बनेपा दरबार फर्किने क्रममा पचली आसपास बस्ने खड्गी परिवारको सुन्दर चेली नैअजिमा (रुकमणी)सँग भेट हुन्छ। यही भेटमा रुकमणी मनुष्य रूप धारण गरेर आएका राजा पलम्बरलाई मन पराउँछिन्। भेष बदलेर थकान मेट्न आएका राजाको प्रेमसम्बन्धमा परेकी नैअजिमाको प्रेमका कारण राजा पलम्बर पचली भैरवका रूपमा उदाएका र टेकु पचलीमा सिद्ध भएको पौराणिक कथनलाई मुनिकारले नाटकमा बुनेका छन्। 

नैअजिमाले जब राजा पलम्बरबाट गर्भवती हुन्छिन् तब भयभीत हुन्छिन्। गर्भवती बनाइदिने पुरुषको बारेमा थाहा नपाएपछि नैअजिमाकी आमाले उनलाई भैरवको शरण पर्न सल्लाह दिन्छन्। नैअजिमा भैरवको शरण पर्दै आफूलाई आफ्नो प्रेमीको परिचय खुलाउन अनुरोध गर्छिन्। वास्तविक कुरालाई लुकाउन खोजेका राजा (भैरव) नैअजिमाको जिद्दी अगाडि गल्छन् र राजाले वास्तविक रूप देखाउनु अगाडि नैअजिमालाई बाचा गर्न लगाउँछन्।

नैअजिमाले भैरवको तन्त्रमन्त्रसहित फुकेको अक्षता राजामाथि छर्किनुपर्नेछ हुन्छ। वास्तविक रूप हेरिसकेपछि पुनः अक्षता उनै भैरवमाथि फेरि छर्किनुपर्नेछ। बाचा अनुसार नैअजिमाले प्रेमीमाथि अक्षता छर्किन्छिन्। प्रेमीले भैरवको रौद्र रूप धारण गरेको देखेर नैअजिमा डराएर भाग्छिन्। 

भैरव अछेता पाउने आसमा रुकमणीको पछिपछि कुद्छन्। भागदौडमै उज्यालो भएपछि भैरवले राजाको रूप धारण गर्न पाउँदैनन्। बिहानी घामको उज्यालोबाट बच्न भैरव पचली क्षेत्रमा मान्द्रोको सहारामा लुक्ने कोसिस गर्छन्।

पुरै ज्यानलाई लुकाउन कोसिस जति गरे पनि सानो मान्द्रोका कारण भैरवको कम्मरभन्दा माथिको भाग मात्रै छोपिन्छ। त्यही उनी सिद्ध हुन्छन्। पचली भैरव सिद्ध भएको थाहा पाएर स्थानीयहरूले भगवानको रूपमा पुज्न थाल्छन्।

प्रेमी जब भैरवको रूपमा सिद्ध भए हुन्छन् प्रेमिका नैअजिमाको सामाजिक वियोगान्त सुरु हुन्छ। रुक्मिणी छोरा जन्माउँछिन्। तीनै छोरा मुसुका गणेश (रुद्रविनायक) हुर्किएसँगै बुवा खोज्न थाल्छ। समाज पनि मुसुका गणेशको बुवा नभएका कारण अनेक लाञ्छना लगाउँछ। अन्तिममा रुक्मिणीले छोरोको बाबु पत्ता लगाउन पचली भैरवलाई नै पुकार्छिन्। 

भैरवले आमा छोरालाई स्वीकारे पनि उनको दरबारभित्र नस्विकारेपछि रुक्मिणी दरबार बाहिर संघर्षका साथ छोरो हुर्काउन थाल्छिन्। तीनै आमा छोरालाई १२ वर्षपछि भैरवलेसँगै बस्न आग्रह गर्दा हरेक १२–१२ वर्षमा भेट्ने बाचासहित छुटिन्छन्। यिनै पचली भैरवको प्रेमकथालाई नेवार समुदायले आज पनि जात्राको रूपमा मान्दै आएको छ। 

एक वियोगान्त प्रेमकथाको सम्झनामा हुने पचली भैरवको प्रेम जात्रालाई आजका युवापुस्तामाझ नाटकमार्फत बुझाउने मुनिकारको कोसिस सर्हानीय छ। ‘पचली भैरव नाटकलाई हामीले भाषासँगै नेपालको मौलिक नृत्यकलाद्वारा प्रस्ट्याउन खोजेका छौं,’ उनले भने।

पचली भैरव सबै भैरवहरूको प्रमुख हुन्। यिनै मध्ये अष्ट भैरव नृत्य र अष्टमातृका नृत्य पनि हेर्न सकिन्छ नाटकमा। पचली भैरवको १२ वर्षे नृत्य काठमाडौं उपत्यकाका अति प्रख्यात नृत्य हुन्। यो नाटकले सामाजिक सद्भाव दर्साउने तथा नेपालको कला संस्कृति धार्मिक परम्परा र संस्कृतिलाई संरक्षण संवर्द्धन र उत्थान गर्ने बत्ताउँछन् मुनिकार। 

कौसी थिएटरमा मञ्चन भइरहेको पचली भैरव नाटकको भाषा संगीत नृत्य र भेसभुसाले नेवारी समुदायको मौलिकतालाई ‘क्याच’ गर्न सफल छ । मिथकीय बिम्बहरूलाई निकै होसियारका साथ प्रस्तुत गरेका छन् निर्देशक मुनिकारले। मुनिकारको कथालाई नाट्य रूपान्तरण भने रंगकर्मी इँगिहोपो कोइच सुनवारले गरेका हुन् । परिकल्पना तथा निर्देशन भने मुनिकारकै छ।

चन्द्रमुनिकारका छोरा रंगकर्मी सुदनमान मुनिकारले पचली भैरवको भूमिकामा देखिएका छन्, साथै सृष्टिना मुनिकार, अनिशा श्रेष्ठ नानुमैया महर्जन संगीता थापा पवित्रा राई लगायतको अभिनय पनि रहेको छ। आउँदो मंसिर ४ गतेसम्म मञ्चन हुने नाटकको प्रस्तुति भने बज्र कला कुन्जले गरेको हो। 


प्रकाशित: November 14, 2021 | 12:10:00 काठमाडौं, आइतबार, कार्तिक २८, २०७८
राज सरगम

राज सरगम

काठमाडौं, आइतबार, कार्तिक २८, २०७८

थप समाचार

यसरी लयमा फर्कंदैछ पोखराको रंगमञ्‍च

लामो समय प्रत्यक्ष नाटक हेर्न नपाएका पोखरेली दर्शकहरुले प्रदर्शन भएका नाटकहरुलाई राम्रै रुचाए। दर्शहरुको रोजाईमा परेपछि पोखरामा नाटक घरको आवश्यकता महसुस भयो।

नेपालकै ठूलो डान्स रियालिटी शो कात्तिक ११ बाट हुने

आगामी कात्तिक ११ गते बिहीबारदेखि नेपालकै ठूलो ‘रियालिटी डान्स च्याम्पियन शो’ हुने भएको छ।

सिर्जनशील १० किशोरी : एक महिना सिकेकै भरमा फिल्म बनाएर प्रदर्शन

फिल्ममेकिङको ‘फ’सँग पनि परिचित नभएका किशोरीले छोटो समयमै फिल्म बनाएर देखाउलान् भन्ने पत्याउन गाह्रै पर्छ

कमेडी च्याम्पियनमा यस्तो प्रस्तुति जसले निर्णायकलाई नै विवादमा उभ्यायो

यसअघिको सिजनमा सहभागी कलाकार आदर्श मिश्राले पनि निर्णायक पन्तले रङ्गभेदी प्रतिक्रिया दिएको बताएका थिए।

कमेडी च्याम्पियनमा ‘पूर्वयुवराज पारस’

उनले सहभागी जजहरुलाई पनि दरबारको आँखिझ्यालबाट नियाल्दै ‘रोस्टिङ गर्ने’ प्रयत्न गरेको ट्रेलर सामग्रीमा देख्न सकिन्छ।

ट्रेंडिंग

नेपाल समय
राजनीति

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय
शिक्षा

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय
समाज

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय
संवाद

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय
श्रृंखला

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C