शुक्रबार, भदौ ३, २०७९

चार वर्षपछि रंगमञ्चमा देखिँदा विपिनले पाएको खुसी

राज सरगम  |  काठमाडौं, मंगलबार, साउन १९, २०७८

राज सरगम

राज सरगम

मंगलबार, साउन १९, २०७८, काठमाडौं

नेपाल समय
तस्बिर साभार : शिल्पी थिएटर

काठमाडौं- रंगमञ्चका दर्शकले बिर्सिन लागिरहेका बेला विपिन कार्की टुप्लुक्क देखिए। चार वर्षपछि नाटक अभिनयमा आउँदा फलिफाप हाेला भन्ने उनले सोचेका पनि थिएनन्, जब उनको अभिनयमा दर्शकले तारिफ गरे त्यसपछि विपिन थप उत्साहित भएका छन्।

चार वर्षअघि शिल्पी थिएटरमा ‘हरियो ढुंगा’ अभिनय गरेका कार्कीले त्यसयता फिल्ममा व्यस्त थिए। उतिबेला उपेन्द्र सुब्बाको 'लाटो पहाड'मा समावेश कथामा आधारित नाटकमा विपिनले गरेको ‘निचुले कान्छा’ को चरित्रलाई धेरैले रुचाएका थिए। 

पछिल्लो समयमा नाटक खेल्न पाए हुन्थ्यो भन्ने मनस्थिति नबनाएका पनि होइनन् कार्कीले। तर फिल्ममा व्यस्त भएको बहाना बनाउँथे। उनी भन्छन्, ‘लकडाउनका बेला नाटक नगर्ने बहाना पाइनँ।’ नाटक खेल्ने इच्छा यो महामारीमा मूर्तरूप दिन सकिने अवस्था थिएन। यस्तैमा चुनौती मोले उनले। 

प्रख्यात फ्रान्सेली लेखक/नाटककार जाँ पाल सात्र उनलाई खुबै मन पर्ने नाटककार हुन् भने निर्देशक घिमिरे युवराजको अनुरोध नकार्न सकेनन्। भन्छन्, ‘अहिले पनि नाटक होला भन्ने निश्चित थिएन। तर नाटकको तयारी पनि एउटा उपलब्धि हो भन्ने लागेर जोडिएँ।’ उनले अघिल्लो वर्ष नारायण वाग्ले लिखित उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित नाटकको कैयौं दिन रिहर्सल गरेका थिए। तर विविध कारणले प्रदर्शनमा आएन। यसपालि पनि उनलाई यस्तै डर नभएको होइन। किनकि डर देखाउने त कोभिड १९ थियो। तैपनि उनले आफ्नो तर्फबाट जमर्काे गर्न छोडेनन्। 

नेपाली सिनेमा क्षेत्रका व्यस्त कलाकार हुन विपिन। उनलाई कैयौं फिल्म निर्देशक समय कुरेर बसिरहेका हुन्थे। त्यति नै मात्रामा उनलाई रंगकर्मीका निर्देशक पनि पछ्याइरहेका हुन्थे।

नेपाली सिनेमा क्षेत्रका व्यस्त कलाकार हुन विपिन। उनलाई कैयौं फिल्म निर्देशक समय कुरेर बसिरहेका हुन्थे। त्यति नै मात्रामा उनलाई रंगकर्मीका निर्देशक पनि पछ्याइरहेका हुन्थे। काम गर्ने चाहना हुँदाहुँदा पनि समय नमिलेको बताउँछन् विपिन। भन्छन्, ‘काम गर्न पनि जुर्नुपर्ने रहेछ।’ 

नयाँ काम बन्न समय लाग्ने बताउँछन् उनी। उसो त विपिन सधैं नयाँ काम गर्न रुचाउने कलाकार हुन्। आफ्नो चरित्रमा केही न केही नयाँपन खोज्छन् उनी। भन्छन्, ‘म चरित्रमा नयाँपन खोज्छु, जो यादगार बन्न सकोस्।’ 


छड्के, पशुपति प्रसाद, प्रसाद, जात्रा, जात्रैजात्रा, जस्ता हिट चलचित्र दिन सफल विपिन लकडाउन अगाडि नै चार चलचित्रमा अनुबन्धित भएका थिए। ‘सम्झौता’ गरेर छायांकनमा जाने भनेको चलचित्र कोभिड १९ न्यूनीकरणका लागि लागेको लकडाउनले रोकियो। 

जनजीवन सामान्य भए पनि सिनेमा छायांकनमा जाने वातावरण छैन। सिनेमा क्षेत्रजस्तै रंगमञ्च क्षेत्र पनि कोरोना प्रताडित छ। बन्दाबन्दीले दुवै क्षेत्रलाई गहिरो प्रभाव पारेका कारण कलाकार निष्क्रियजस्तै छन्। यस्तो परिस्थितिमा केही न केही गर्ने सोच कसलाई पो नहोला र! विपिन भन्छन्, ‘सिनेमा ठप्प भएको लामो समयपछि दर्शकलाई खुसी बनाउने अवसर पाएँ यो नाटक खेलेर। माया र विश्वास गर्ने दर्शक फ्यानलाई मैले चित्त राख्न पाउँदा अलिकति प्रेसर कम भएको महसुस भएको छ।’ 

दुई सय सिटको नाटकघरमा बाक्लै बसेर नाटक हेर्ने परिस्थिति अझै बनेको छैन। रंगकर्मीले डिजिटल थिएटरमा कन्भर्ट गर्न चाहेका छन्। ‘डिजिटल थिएटर दर्शकसम्म पुग्ने माध्यम बनेको छ’, भन्छन्, ‘थिएटर मुर्झाएको छैन।’

भर्चुअल नाटक प्रदर्शन रंगमञ्च जोगाउने माध्यम पनि हो। चलचित्रमा देखिँदै आएका विपिन भर्चुअल माध्यमबाट नाटकका दर्शकसम्म पुग्नुलाई उपलब्धि ठान्छन्। भन्छन्, ‘ फिल्ममा व्यस्त भए पनि नाटक छोडेको छैन, नाटकलाई म माया गर्छु।’  

०००

अँध्यारो पृष्ठभूमिमा संगीतको तरंगसँगै जब बत्तीको उज्यालो आउँछ सिँढीबाट दुई भिन्न पहिरनका मानिस झर्छन्।  मुडुलो टाउको, लामो जुँगा र कोट लगाएको व्यक्ति भुइँसँग भयभीत हुन्छ। जता टेके पनि भयले उसलाई सताउँछ। टेकेको भुइँसँग जोगिन खोज्छ। भित्तामा भएका अमूर्त चित्रले ऊ आत्तिन्छ। अमूर्त चित्रहरुको बीचमा एक स्त्री–मूर्ति पिठ्यूँ देखाएर दुवै हात माथि खापेर टुक्रुक्क बसेको देख्छ। आश्चर्यसँग आफूलाई ल्याउने दूत (मनाङ लावती) सँग भन्छ, ‘यो ठाउँ यस्तो होला भन्ने मलाई थाहा थिएन...। खै खै यातना दिने कराई आगो तातो तेल.. केही पनि त देख्दिनँ।’

पृथ्वीलोकभन्दा भिन्न लागेको दुनियाँ स्वर्ग/नर्क जाने ट्रान्जिटमा १२ वटा गोली छातीमा थापेर मृत्युवरण गरेको ख्याउटे मानिस भर्खर पुगेको थियो। जसको नाम क्रान्तिकारी ‘आजाद’ हो। 

तिनै आजादको भूमिका निर्वाह गरेका छन् कलाकार कार्कीले ‘अनुपस्थित तीन’ शीर्षकको नाटकमा। शिल्पीको गोठाले नाटकघरमा १८ गतेदेखि मञ्चित नाटकलाई अवतार पाठकले अनुवाद गरेका हुन्। नाटक निर्देशन र परिकल्पना घिमिरे युवराजको छ। 

०००

आजाद सामन्त चरित्रविरुद्ध प्रस्तुत हुने कवि लेखक हो। उसको चरित्र लेखकभन्दा बढी स्त्रीलम्पट देखिन्छ। जो श्रीमतीमाथि मानसिक यातना दिन चुक्दैन। यस्तो पुरुष जसको मृत्युपछिको यात्रामा फरक चरित्र भएका दुई व्यक्ति भेटिन्छन्। इच्छा (उषा रजक) जो सम्पत्तिका लागि आफूभन्दा पाको उमेरको पुरुषसँग विवाह गर्ने महिला हो। र अभिलाषा (पवित्रा खड्का) जो समलिंगी हो। फरक लिंगका यी तीन पात्र जसको जीवन त सकिएको छ तर त्यसपछिको यात्रा अनिश्चित छ। 

मृत्यु भइसकेका तीन शवले एकअर्काको परिचयसँगै आफ्नो मृत्युअघिको जीवनलाई असल र समाजप्रति इमानदारपूर्वक बाँचेको देखाउन चाहन्छन्। तर ती सबै झुट हुन्छन्। आजाद, इच्छा र अभिलाषा मृत्युपछि पनि आफूलाई ठूलो बनाउन प्रयासरत छन्। 


जीवन त समाप्त भइसक्यो तर भ्रम अझै सकिएको छैन। मृत्युको अनन्त यात्रामा हिँडिरहँदा पनि आफूले पृथ्वीमा बाँचेको जीवनशैलीमाथि ठूलो घमण्ड छ र झिनो आशा लिएर आफ्नो अस्तित्व बचाइराख्न खोज्छन्। 

पृथ्वीमा हरेक मानिस अस्तित्वको खोजीमा भागदौड गरिरहेको छ। मानिसको झैं मृत आत्माको अस्तित्व हुन्छ। तर नाटक ‘अनुपस्थित तीन’ मा तीन पात्रले आफ्नो उपस्थिति खोजिरहेका छन्।

पृथ्वीमा हरेक मानिस अस्तित्वको खोजीमा भागदौड गरिरहेको छ। मानिसको झैं मृत आत्माको अस्तित्व हुन्छ। तर नाटक ‘अनुपस्थित तीन’ मा तीन पात्रले आफ्नो उपस्थिति खोजिरहेका छन्। विपिन भन्छन्, ‘मृत्युपछि पनि आफूलाई नै माथि राखेर कुरा गरिरहेको छु।’

वास्तविक जीवनमा अरूलाई ढाँटे पनि आफैंलाई राम्ररी थाहा हुन्छ। त्यही सत्य आत्मा हो। जसको असन्तुष्टि भड्किएको छ। विपिन भन्छन्, ‘हामीले गरेका गल्तीले सताइरहन्छन् जति नै ढाकछोप गरे पनि।’

मृत्युको ट्रान्जिट पोइन्टमा भेटिएकी सुन्दरी इच्छा समलिंगी अभिलाषालाई मन पर्छ। तर महिलालाई सन्तुष्ट पार्न सक्ने पुरुषत्व अभिलाषामा नभएको थाहा छ इच्छालाई। त्यसैले अभिलाषाको प्रेमलाई इच्छाले नकार्दै आजादको पुरुषत्वसँग नजिकिन्छे। अभिलाषालाई असह्य हुन्छ र आजादलाई व्यभिचारी र काँतर पुरुषको संज्ञा दिन्छे। इच्छा सन्तुष्ट पार्न सक्ने हिम्मत देखाउन कुनै कसर नछोड्ने आजाद श्रीमतीका कारण काँतर छ। उसको मानसिकतामा उसकी श्रीमतीले बारम्बार मानसिक यातना दिइरहेकी हुन्छे। विपिन भन्छन्, ‘क्रान्तिकारी भए पनि मैले गरेको पाप त छ। मेरो श्रीमतीलाई मैले दुःख दिएको छु। मृत्युपछि पनि घोचिरहेकै छे। 

हरेक मानिससँग फरक–फरक चरित्र हुन्छ। आजाद त्यस्तै चरित्र हो। ऊ क्रान्तिकारी छ। कायर हुँदाहुँदा पनि ऊ विलासी र स्त्रीलम्पट छ। स्त्रीका लागि ऊ प्रेमिल भइदिन्छ। तैपनि उसले आफूभित्रको पुरुषत्वलाई बचाइराख्न अनेक झुटका पुलिन्दा बाँधिरहन्छ। तर कुनै पुरुषको पुरुषत्व त्यतिन्जेल सत्य छ जबसम्म महिला छ। विपिन भन्छन्, ‘महिला विनाको पुरुषत्व छैन। पुरुष हुन महिला चाहिन्छ।’


प्रकाशित: August 3, 2021 | 17:45:02 काठमाडौं, मंगलबार, साउन १९, २०७८

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

रक्षात्मक अर्थमन्त्री, 'कम्फर्टेबल' सचिव!

दोस्रो इनिङ सम्हालेयता अर्थमन्त्री जनार्दन शर्मा पहिलो कार्यकालमा जस्तो क्रान्तिकारी र उत्तेजक रूपमा प्रस्तुत भएका छैनन्। बजेट पारित भइसकेको र चुनाव सँघारमा रहेकाले महत्त्वपूर्ण निर्णय गर्नुपर्ने झमेला नहुँदा पहिलो कार्यकालमा जस्तो सक्रिय छैनन् उनी।

बञ्चरेमा फोहोर फाल्न तीन बुँदे सहमति

काठमाडौंको फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फाल्न तीन बुँदे सहमति भएको छ।

कांग्रेस नेता लेखकले भने - अब ५ वर्षभित्र दोधारामा सुक्खा बन्दरगाह बन्छ, तटबन्धनको काम सुरु भइसक्यो

नेता लेखकले दोधारा चाँदनी नगरपालिकामा भएको एक कार्यक्रममा नेता लेखकले भने, 'नेपाली कांग्रेसको सरकारले सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया अगाडि बढाएकोमा ०७४ सालको निर्वाचनमा कञ्‍चनपुर -३ मा कांग्रेस पराजित भएपछि प्रक्रिया अगाडि नबढेको हुँदा आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराएमा आगामी ५ वर्षभित्र सुक्खा बन्दरगाह निर्माण सम्पन्‍न हुनेछ।'

रेशम रिहाइको 'बार्गेनिङ' : आरजु जहाँ लड्छिन् त्यहीँ रञ्‍जिताको उम्मेदवारी

‘टीकापुरमा हामी ढुंगा उठाए पनि जित्छौँ। प्रधानमन्त्रीपत्‍नी आरजु लड्ने चुनाव क्षेत्र पर्खिएर बसेको छौं। आरजु जहाँबाट उठ्नुहुन्छ त्यहीँ रञ्‍जितालाई उठाउने तयारी हो, अन्यायमा पारेर निर्दोषलाई जेलमा थुन्दा पनि बेवास्ता गरेर विभेद गर्नेलाई हराउने हो।'

कांग्रेसका स्थानीय जनप्रतिनिधि भन्छन् – गठबन्धनले कतै आश, कतै निराश

कांग्रेसका मतदातालाई अहिले पनि रुख चुनाव चिह्न प्यारो छ। गठबन्धन गर्दा पनि रुख चुनाव चिह्न भयो भने अन्य पार्टीका उम्मेदवारलाई भोट हालेजस्तो अनुभूति हुँदैन। अर्को पार्टीको चुनाव चिह्नमा कसरी भोट हाल्ने भन्ने पार्टी समर्थक मतदातामा अन्योल छ।

कांग्रेसले लत्यायो आफ्नै निर्णय

केन्द्रीय समितिले गरेको निर्णय नम्बर ४ मा भनिएको छ, 'अवधि समाप्त भएर गठन हुन बाँकी रहेका र पूर्णता प्राप्त नगरेका पार्टी आवद्ध भ्रातृ संघलाई यही २०७९ श्रावण मसान्तभित्र गठन र पूर्णता दिने।'

सिन्धुलीबाट लड्दा प्रचण्डलाई कति सहज?

२०६४ सालयता भएका तीनवटा निर्वाचनमा प्रचण्डले चार क्षेत्रबाट निर्वाचन लडिसकेका छन्। ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रोल्पा–२ र काठमाडौं–१० गरी दुई ठाउँबाट निर्वाचित प्रचण्डले २०७० सालको निर्वाचनमा भने काठमाडौं–१० र सिरहा–५ बाट लडेका थिए।

एकीकृत समाजवादीसँग पनि एकताको तयारी छ, नाम नेकपा रहन्छ : प्रचण्ड

पार्टी एकता पछि हुने पार्टीको नाम नेकपा हुनेमा आफूहरूबीच सहमति भइसकेको र त्यसमा समाजवादी वा यस्तै केही थपिन सक्ने उनको भनाइ छ। तर एकता भने चुनाव पछि हुने उनको भनाइ छ।

एमालेभित्र '१० भाइ'का दुःख- कसै-कसैले त टिकट पाउनै मुस्किल!

एमाले नचोइटिँदासम्म नेता माधव नेपालको पक्षमा रहेका १० भाइ पार्टी विभाजनपछि एमालेमै अडिए। १० भाइ एमालेमै बसे पनि अध्यक्ष ओली अझै दाहिना भएका छैनन्।

तेस्रो पार्टी संलग्न रहेको भन्दै भारतमाथि फिफाको प्रतिबन्ध

फिफो अल इन्डियन फुटबल फेडेरेसन(एआईएफएफ) मा तेस्रो पार्टी संलग्न रहेको भन्दै अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो।

थप समाचार

नेपाल समय
रङ्गमञ्च

गोल्डेन ओकको आयोजनामा कमेडी यात्रा

गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने तयारी गरेको छ। यसका लागि गोल्डेन ओकले ल्याउँदैछ विभिन्न शहरहरुमा ‘गोल्डेन ओक कमेडी यात्रा’।
नेपाल समय
रङ्गमञ्च

माफी मागेर हटाइयो 'कमेडी हब'को विवादित दृश्य

आफू निर्देशित टीभी शो ‘कमेडी हब’को ट्रेलर विवादमा तानिएपछि केदार घिमिरे ‘माग्ने बूढा’ले माफी मागेका छन्।
नेपाल समय
रङ्गमञ्च

मानिसलाई प्रकृतिको सन्देश : हिउँको पृथ्वी यात्रा

अविराम चलिरहेको हिउँको यात्रा त्यतिखेर सकसपूर्ण हुन्छ, जब मानिसले प्रकृतिलाई दोहन गर्न थाल्छ।
नेपाल समय
रङ्गमञ्च

'कमेडी हब'मा गरेको व्यंग्यले कलेजको जागिरबाटै निकालिए

केदार घिमिरे ‘माग्ने बूढा’को निर्देशनमा प्रसारण भइरहेको टेलिभिजन शो ‘कमेडी हब’मा जोडिएकै कारण बागमती कलेजमा अध्ययन गराउँदै आएका शिक्षक प्रसाईंलाई जागिरबाटै निकालियो।
नेपाल समय
रङ्गमञ्च

भारतीय रंगकर्मी अनुराधा मजुमदारको मुख्य भूमिकामा 'साबिती' नाटक मञ्चन हुँदै

थिएटर भिलेजले चर्चित साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ मा आधारित भएर नाटक मञ्चन गर्ने भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना