मंगलबार, मंसिर १३, २०७९

पोखरामा राष्ट्रिय खेलकुदको त्यस्तो जोश र उत्साह कहाँ हरायो?

विनय सापकोटा  |  काठमाडौं, बिहीबार, असोज २०, २०७९

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, असोज २०, २०७९, काठमाडौं

नेपाल समय
२०४० सालमा भएको दोस्रो राष्ट्रिय खेलकुदका स्वयंसेवक समिति संयोजक तथा पूर्वाधार समिति सदस्य खेमबहादुर गुरुङ।

पोखरा- नेपालमा २०३८ सालमा पहिलो पटक राष्ट्रिय खेलकुदको आयेजना भएको थियो। त्यसैको अर्को संस्करण, २०४० सालमा पोखरामा सम्पन्‍न भयो। ठिक ३९ वर्षपछि फेरि पोखराले राष्ट्रिय खेलकुदको आयोजना गर्ने जिम्मेवारी पाएको छ। र, अब राष्ट्रिय खेलकुद यही असोजको २८ गतेबाट सुरु हुँदैछ।

राष्ट्रिय खेलकुदको त्यो आयोजना र यो आयोजनाका धेरै फरक र समानता छन्। उतिबेला आयोजनाका लागि पोखरेली परिवारले धेरै सहयोग गरे। तर आज तिनै पोखरेलीमा नवौं राष्ट्रिय खेलकुदप्रति खासै चासो नभएको देख्छन्, खेलकर्मी खेम बहादुर गुरुङ।

उतिबेला सबै पोखरेलीको मुहारमा उत्साह देखेका थिए, खेमले। ‘अहिले हुने लागेको खेलकुदमा मैले त्यस्तो, जोश, उत्साह देखेको छैन। प्रतियोगिताबारे पोखरेलीलाई ज्ञान भएको मैले महुसुस नै गरेको छैन्। यहाँ राष्ट्रिय खेलकुद हुँदैछ, सबैले सहयोग गर्नुपर्छ भन्‍ने भावनाको जागरण पोखरेलीलाई गराउनु आयोजकको कर्तव्य हुन्छ। त्यो गराउन सकेको छैन,’ खेमबहादुरले कुराकानीको सुरुमै भनिहाले।

त्यसो त यो विषयमा प्रदेशका पूर्व खेलकुद मन्त्री राजिव गुरुङले पनि आलोचना गरिसकेका छन्। खेम त्यसमा सहमत देखिए।

खेम बहादुर गुरुङ २०४० सालको दोस्रो राष्ट्रिय खेलकुदमा स्वयंसेवक समितिको संयोजक र पूर्वाधार समितिको सदस्य थिए। त्यतिबेला अल्लारे  भए पनि अञ्‍चलाधीश नरेन्द्र कुमार चौधरीका नजिकका पात्र भएकाले थप जिम्मेवारी पनि पाएका थिए।

३९ वर्ष अघिको त्यो खेलकुदका धेरै कुरा आज पनि सम्झन्छन्। ‘धेरै त बिर्सिसकियो होला,’ यसो भन्दै खेमले आफ्ना कुरा सुरु गरे। पञ्चायत कालको अन्तिम दशकतिर जनसंख्याको आधारमा सानै थियो पोखरा। त्यतिबेला दोस्रो राष्ट्रिय खेलकुद गर्दाखेरी सदस्य सचिव सरच्चन्द्र शाह र अञ्‍चलाधीश चौधरी थिए।

खेमलाई सम्झना छ, त्यो बेला खेलकुदको पूर्वाधार कहि बनेका थिएनन्। फुटबल खेल्नुपर्दा पृथ्वीनारायण क्याम्पस जानुपर्ने बाध्यता थियो। २०४० सालको खेलकुदको आयोजना हुने भएपछि पोखरा रंगशाला निर्माणतर्फ सुरु गरिएको हो। त्यही बेलामा पूर्वपट्टी दर्शक बस्ने प्यारापिट र पश्चिमतर्फ भीआईपीए प्यारापिटको डिजाइन र निर्माण भयो।

‘हामीले त्यो सबै काम उधारोमा गरेको हो। किनभने पैसा नै हुँदैन थियो। देशबाट सीधा पैसा आइरहने हुन्थेन। यद्यपि त्यो रंगाशालाले ३७ वर्षसम्म पोखराको खेलकुद धानेको छ। त्यतिमात्र होइन यसले पश्चिमाञ्चलकै खेलकुद धान्‍न सकेको हो,’ उनले जोड दिए। 

त्यति लामो समय खेलकुद धानेको पोखरा रंगशालाको थप निर्माण भएको आज दुई वर्ष त भएको छ। त्यसैले उनले तत्कालीन पूर्वाधारले ३७ वर्षसम्म धानिरहेको महसुस गरेको बताए। उनले नेपालको मात्रै होइन, धेरै देशको खेलकुद देखेका छन्।

उनी भन्छन्, ‘जब कुनै सहरमा ओलम्पिक, वर्ल्डकपजस्ता प्रतियोगिता हुन्छन्। त्यो बेला बनाएको संरचनाले उसको भविष्य तय गरिरहेको हुन्छ। तर हाम्रोमा नवौं राष्ट्रिय खेलकुद गर्ने भनेको छ, अहिलेसम्म एउटा पनि पूर्वाधार यसका लागि बनाएको छैन। त्यति मात्र होइन, अधुरो संरचनासमेत पूरा भएको छैन्।’

उनी अगाडि भन्छन्, ‘सम्भवतः यो केन्द्रको निस्क्रियताले हुनुपर्छ। स्थानीय सक्रियता नभएर पनि हुनसक्छ। तर, नयाँ पूर्वाधार बन्‍नुपर्‍यो नि? राष्ट्रिय खेलकुदको आयोजना गर्ने भनेको छ, त्यसले आयोजक प्रदेशलाई कुनै फाइदा भएको बुझिनँ मैले।’

पोखराको राष्ट्रिय खेलकुदको माहोल तयारी भइसक्नु पर्ने अवस्थामा पनि केहि नहुँदा यो प्रतियोगिताको आयोजना गर्ने साथीहरुले भत्ता पचाउन गरेको त होइन? भन्ने प्रश्नले खेमलाई आजभोलि सताउन थालिसकेको छ।

३९ वर्षअघिको राष्ट्रिय खेलकदुमा त सबैले विना पैसा, बरु आफैं लगानी गरेर सहयोग गरेका थिए। त्यो बेलामा गण्डकी अञ्चलको प्रतिष्ठाको विषयमा आयोजकले यो गर्नेछ भन्ने थियो। ‘गण्डकी अञ्चलका मानिसले सहयोग गुर्नपर्छ भन्ने भावनाका साथ अति भव्यतापूर्वक सम्पन्न गरेको हो,’ यस्तो कुराहरु खेमको मानसपटलमा आज पनि घुमिरहन्छ। 

उनी उद्घाटनको प्रसंग त कहिल्यै पनि भुल्दैनन्। 'राजा विरेन्द्रबाट उद्घाटन गर्ने कार्यक्रम थियो। राति २ बजेसम्म निर्माण समितिको मानिसहरु बसेर भीआईपी प्यारापिटको निर्माण गरेका थिए। बजेट र समयको अभावका कारण गर्न सकिरहेका थिएन। भीआइईपी प्यारापिटमा रंगरोगन राति नै गरेर भोलिपल्ट खेल खेलाएको हो। भनेपछि त्यो किसिमको जोश थियो,’ उनले भने।

त्यसो त खेमबहादुरले राष्ट्रिय टिमबाट फुटबल पनि खेले। त्यहाँ पनि उनले खेलाडीलाई कसरी राख्‍ने भनेर देखेका थिए। पोखरामा त्यतिबेला गर्जो टार्न पनि धौधौ पर्ने अवस्था थियो। अहिलेको जस्तो फेवाताल, लेकसाइडमा होटेलको व्यवस्था थिएन। खेलाडीहरुलाई महेन्द्र पुलमा राख्‍ने व्यवस्था गरिएको खेमबहादुर बताउँछन्। 

‘बजारभरी नै खलाडीको ठूलो जमघट हुने गर्दथ्यो। खेलाडीको ओहिरो लागेको देखिन्थ्यो। पोखरेलीहरु पनि यसले दंग पर्थे। धेरै खेलाडी ओहोरदोहोर गर्दा खेल सञ्चालन गर्ने पूर्वाधारका रुपमा पृथ्वीनारायण क्याम्पसलाई पनि प्रयोग गरेको हो,’ उनले खेलकुद सम्झिए।

उनलाई लाग्छ सम्भवत त्यो भन्दा वृहत कार्यक्रम पोखरामा त्यसअघि कहिले पनि भएकै थिएन।

पूर्वाधारको निर्माण

नेपाल समय

खेलकुदमा लागेकाले होला खेमबहादुर राजनीतिबाट केहि पर थिए। यद्यपि उनले अञ्‍चालाधीशको नजिक रहेर काम गरे। उतिबेलाका सदस्य सचिव साहले मौखिक रुपमा आदेश दिन्थे। उनीहरु त्यसै गर्थे। खेलकुदअघि सदस्य सचिव साहले भनेका थिए, ‘धेरै पैसा चाहिए नि त्यो जगेडा छैन। थोरै रकम पठाउँदैछु। आवश्यक रकम उधारो गरेर भए पनि निर्माण गर्दै गर्नुहोला।’ उनले आयोजकलाई त्यो आदेश दिएपछि प्यारापिट उधारोमा निर्माण गरिएको थियो।

तर पछि उनीहरुले भुक्तान पनि गरेका थिए। त्यो अवस्थामा यताउता माग्दै रंगशाला बनाएको उनलाई अझैसम्म पनि सम्झनामा आउँछ।

पोखरा रंगशालामा प्यारापिट निर्माणको तयारीचाहीँ करिब पहिलो राष्ट्रिय खेलकुदको समापनबाटै सुरु भएको हो। दोस्रो खेलकुद पोखरामा हुने भनेर झण्डा दिएपछि धेरै मानिसले त्यसतर्फ लागिपरेका थिए। ‘तत्कालिन सचिव तीर्थ श्रेष्ठलाई झण्डा हस्तान्तरण गरिएको थियो। अनि सामान्य निर्माण कार्यमा लाग्यौँ,’ खेमबहादुरले भने, ‘एक वर्ष अघिबाट हामी कम्मर कसेरै लागेका थियौँ। अनि रंगशाला निर्माण गरेको हो।’

रंगशालाको निर्माण त्यसरी भए पनि बाहिरबाट आउने खेलाडी कसरी आउँथे जान्थे? बस्ने व्यवस्था कस्तो थियो? यस्तो जिज्ञासा उठ्नु स्वभाविक नै हो। अहिलेजस्तै त्यो बेला पनि आउजाउ गर्ने त बसमै हो। केन्द्रबाट पनि गाडी वा बसबाट आउने चलन थियो। जहाजको चलन थिएन। अनि प्रायः खेलाडीलाई पृथ्वी चोकबाट नजिकै राख्‍ने चलन थिएन। बासस्थानबाट सबै खेलाडी,अफिसियल हिँडेर रंगशाला र पृथ्वी क्याम्पस पुग्थे।

एक अञ्चलबाट एक सयका हारारहारीमा सहभागी हुन्थे। बागमतिसँगै, कोसी, लुम्बिनी र नारायणीबाट धेरै खेलाडीले सहभागीता जनाउँथे। त्यो बेलाको खेलकुद हब भनेकै यी पाँच ठाउँ थिए।

त्यतिबेला लगभग त्यही १५ सयभन्दा धेरै प्रतिस्पर्धी र अफिसियल हुन्थे। तत्कालीन सरकार (राजा)ले उद्घाटन गर्दा तीन,चार हजारको उपस्थिति रहेको थियो, पोखरा रंगशालामा।

‘दुई चारवटा होटेललाई परिचालन गरेर राख्यौँ। अञ्चललाई एक होटेलमा व्यवस्था गरेर। दुई चारवटा होटेल चिप्लेढुंगामा थिए। सबैमा अकुपाइ हुने गरेर राख्यौँ,’ खेमबहादुरले भने।

खेलाडी नजिक भएपछि आपसमा झगडाका घटना पनि नभएका होइनन्। त्यसलाई उनी सम्झन चाहँदैनन्। ‘त्यस्ता घटना त विरलै मात्र भए,’ उनले यत्ति भन्दै विषयान्तर गरे। किनभने अन्य उपाय पनि त थिएन। महेन्द्र पुलमा मात्र सात आठ अञ्चलका खेलाडी बसेका थिए। त्यो बेला पोखराभरी आठ,दश होटेल थिए होलान्।

सबै खेलाडीका लागि होटेल सम्भव भए  त? खेमबहादुरको जवाफ हुन्छ, ‘भएन। एउटै बेडमा धेरै जना राख्नेगरि व्यवस्था गरेथ्यौँ। धेरै संख्याका खेलाडी आएको अवस्थामा स्कुल वा चौरमा पनि राखिएको हुन्थ्यो। बागमती, कोसीका खेलाडीलाई पनि त्यो बेलामा स्कुल, होस्टेल र चौरमा बस्ने व्यवस्था मिलाइएको थियो।  त्यसमा सुरक्षा सिस्टम राम्रो थियो। खानाको लागि पनि मेस सिस्टम थियो।’

त्यो खेलकुदमा खेलाडीले पाउने भनेको ३५ रुपैयाँ थियो। त्यसैले खाएर, लाएर खेल्नुपर्ने थियो। त्यो बेलामा १६-१७ वटाजति खेलको अयोजनास्थल बनाइएको थियो।


नेपाल समय

पोखरा रंगशालाबाहेक खेल्ने धेरै ठाउँ नै थिएनन्। भलिबल खेल्ने ठाउँ पनि भएन। त्यसलाई चाहीँ आयोजकले ‘जुगाड’ गर्‍यो। भलिबल खेल कहाँ त भन्‍ने प्रश्न आएपछि पोखरामा अन्य ठाउँ खोजियो। तर भेटिएन। ‘पृथ्वीनारायणका विद्यार्थीहरुले खेल्ने ठाउँमा नै बनाउँ भनेर राति नै डोजर लगाएर, सम्याएर बनाएको हो। त्यसैमा नेसनल गेम सञ्‍चालन भयो,’ राष्ट्रिय खेलमा दर्ता हुनुभन्दा ३३ वर्षअघि भलिबल खेल उनले सम्झिए।

उस्तै रहेन पोखरा. . .

ठाउँ जसरी तयार गरे पनि आर्थिक अभावबाटस्तरीय बनाउन नसके पनि त्यो बेलामा बनाएको सबै ठाउँले ३६-३७ वर्षसम्म चाहीँ यहाँको खेलकुद धानेको पक्का हो। यो सम्झिँदा खेमबहादुरलाई गर्व पनि लाग्छ दुःख पनि। आफूले बनाएका ठाउँहरुले यत्रो वर्ष धाने। तर त्यसपछि पूर्वाधार विकास धेरै वर्षसम्म हुनै सकेन।

ती पूर्वाधारहरु लामो समय अधुरै रहे पनि, अहिले तयारी अवस्थामा छन्। त्यत्रो रंगशाला तयार भएको छ। रंगशालाको जग नै दोस्रो राष्ट्रिय खेलकुद हो। अहिले विभिन्‍न अभ्यास मैदान बनाइए। उतिबेला थिएन। तर अलिहे खोज्‍ने नै भने पनि आठ दश वटा अभ्यासको मैदान भेटिहालिन्छ। बसोबासको लागि होटेल यति धेरै भइसकेका छन् कि १० हजार सहभागी कता विलाउँछन् पत्तै हुँदैन। समग्रमा पोखरा अहिले फेरिएको छ।

अनि जनसंख्या पनि यति धेरै भइसकेको छ कि, पोखरामा ठूलो संख्यामा मानिस थपिए भने पनि देख्‍नका लागि गाह्रो छ। तर, ४० सालमा भएको दोस्रो खेलकुदमा मानिसहरु बाहिरबाट आउँदा अर्को ह्विम हुन्थ्यो। ‘किनभने यहाँका मानिस भन्दा बाहिरबाट आएका मानिस धेरै भएको जस्तो लाग्थ्यो,’ खेमबहादुरले पोखराको तुलना गरे।

त्यो राष्ट्रिय खेलकुदले पोखरालाई धेरै मानिससामु चिनाएको पक्कै हो। खेमबादुरलाई त लाग्छ ‘त्यो खेलकुदले कायापटल नै गरेको हो।’ दोस्रो खेलकुदभन्दा अघि पोखरामा आन्तरिक पर्यटन शुन्यसरह थियो। काठमाडौंका दुई चारजना घरानियाँ आउजाउ गर्थे, त्यति नै हो।

फेवाताल नै हेर्न, माछापुच्छ्रे र पोखरा नै हेर्छु भनेर आउने पर्यटकको संख्या थोरै हुन्थ्यो। बाह्य पर्यटक पनि कम नै थियो। पञ्चायत कालमा बाह्य पर्यटक आउने कम नै थियो। तर ४० सालपछि आन्तरिक पर्यटनमा धेरै सहयोग पुग्यो। खेमबहादुरको विचारमा त्यो खेलकुदले धेरै टेवा दियो।

त्यो खेलकुदका लागि पोखरेलीले गरेको विश्वास र मायाले आयोजना सफल भएको थियो। अनि आयोजकमा पनि अत्याधिक जोश थियो नै। ‘मानिसलाई जागरुक बनाउने, निरन्तर खटिरने जोश हामीमा थियो। अहिले पनि सफल आयोजना गरेर खेल सफल होस्। आफ्नै ठाउँमा हुन लागेकोले खुसी पनि छु। पश्चिमाञ्चलको लागि यो प्रतिष्ठाको विषय हो,’ खेमबहादुरले कुराको विट मार्दै भने, ‘म पनि खेलकर्मी भएको हुनाले सबैलाई शुभकामना दिन्छु।’



प्रकाशित: October 6, 2022 | 13:38:08 काठमाडौं, बिहीबार, असोज २०, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
फुटबल

विश्वकपमा सर्बिया र क्यामरुनको रोमाञ्चक बराबरी

समूह 'जी'अन्तर्गत यी दुई टिमको दोस्रो खेलमा दुवै टिमले ३-३ को बराबरी खेलेका हुन्।
नेपाल समय
फुटबल

उरुग्वेविरुद्ध बदला लिने योजनामा पोर्चुगल

पहिलो खेलमा घानालाई ३–२ गोल अन्तरले पराजित गर्दै पोर्चुगलले कतार विश्वकपमा विजयी सुरुआत गरेको थियो। दक्षिण कोरियासँग गोल रहित बराबरी खेल्दै अंक बाँड्न बाध्य उरुग्वे पोर्चुगलसँग पराजित भए अन्तिम १६ मा पुग्ने सम्भावना न्यून।
नेपाल समय
क्रिकेट

भारतका ऋतुराजले बनाए एकै ओभरमा ७ छक्काको कीर्तिमान

ऋतुराजले पहिलो, दोस्रो, तेस्रो र चौथो बलमा समान छक्का प्रहार गरेका थिए। पाँचौ पटक शिवले फालेको बल नो बल भएको थियो। त्यसमा पनि रितुराजले छक्का नै प्रहार गरेका थिए। अन्तिम दुई बलमा पनि छक्का प्रहार गडरेपछि उनले नयाँ कीर्तिमान बनाएका हुन्।
नेपाल समय
फुटबल

ब्राजिलका खेलाडीलाई 'फ्लु' लागे पनि खेलाउने तयारी

फिफा विश्वकप २०२२ मा आज ब्राजिलले स्विट्जरल्यान्डको सामना गर्दैछ।
नेपाल समय
फुटबल

स्वीस डिफेन्डरको दाबी– ब्राजिल हराउन सकिने टिम हो

स्विट्जरल्यान्डका डिफेन्डर (सेन्टर ब्याक) निचो इल्वेदीले उपाधि दाबेदार ब्राजिल विश्वकपमा हराउन सकिने टिम भएको बताएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना