सोमबार, असोज १०, २०७९

तेक्वान्दो खेलाडीलाई शुभकामना दिँदै बागमती सभापति बानियाँले भने- खेल भावनाप्रति गर्व गरौं

नेपाल समय  |  काठमाडौं, बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- बागमती प्रदेशका कांग्रेस सभापति इन्द्र बानियाँले देशले खेलाडीहरुमाथि सदासर्वदा गर्व गर्न सक्नुपर्ने बताएका छन्। मलेसियामा आयोजना हुने अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने नेपाली खेलाडीको एक टोली त्यसतर्फ प्रस्थान गर्नुअघि खेलाडीहरुलाई शुभकामना दिँदै सभापति बानियाँले भने, ‘खेल भावनाले देश-विदेशलाई पनि जोड्ने हुनाले यो क्षेत्रलाई बलियो बनाउन आवश्यक छ।’

अगस्ट १८ देखि मलेसियाको कुचिङमा सारावाक बुर्नो कप इन्टरनेसनल तेक्वान्दो च्यापियनसिप-२०२२ आयोजना हुँदैछ। सो आयोजनमा सहभागी हुन चितवन तेक्वान्दोका वरिष्ठ प्रशिक्षक रोशन खानसहितको टोली मलेसियातर्फ प्रस्थान गर्दैछ। टोलीमा समूह प्रमुखका रुपमा कुमार लामा घिसिङ, खेलाडीहरु क्रमश रमेश कार्की, ज्वालसिंह गुरुङ, अब्बास खान, उमर खान र जैमर खातुम छन्।

नेपाल समय

काठमाडौंको लाजिम्पाटमा मंगलबार साँझ आयोजित खेलाडीलाई बिदाइ तथा शुभकामना कार्यक्रममा चितवनका समाजसेवी तथा युवा राजनीतिकर्मी शेरबहादुर परियारले खेलाडीहरुलाई प्रायोजन गरेका टिसर्ट वितरण गरेका थिए।

‘खेल भावनाको सम्मानका लागि टोकन अफ लभका रुपमा टिसर्टहरु खेलाडीलाई उपहार दिइएको हो,' पर्यटन व्यवासयी समेत रहेका परियारले भने, ‘चितवनको खेल विकासमा अरु थप सहयोगका कार्यक्रम तय गर्ने योजना हामीले बनाइरहेका छौं।’

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल र कांग्रेस चितवन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति किरण ओली पनि सहभागी थिए।


प्रकाशित: August 17, 2022 | 14:58:05 काठमाडौं, बुधबार, भदौ १, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
भलिबल

काभ्रेको पनौतीमा अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता हुने

सुर्की हाउसमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पनौती नगरपालिका-२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले आगामी कात्तिक २ देखि ५ गतेसम्म भलिबल प्रतियोगिता हुने जानकारी दिए।
नेपाल समय
खेलकुद

प्रतिस्पर्धाबीचको नाडाल-फेडेरर दोस्ती

दुई खेलाडीको प्रतिस्पर्धा पछिल्लो डेढ दशककै सबैभन्दा ठूलो मानिन्छ। सन् २००४ को मियामी ओपनमा १७ वर्षे नाडालले दुई पटकका ग्रान्डस्लाम विजेता र नम्बर एक फेडेररलाई हराएपछि उनीहरू लगातार भेटिरहे। यी दुई खेलाडीले समान २० पटक ग्रान्डस्लामको उपाधि जितेका छन्।
नेपाल समय
फुटबल

मैत्रीपूर्ण खेलका लागि नेपाल आइपुगे किरण, टिमको कप्तानी गर्ने

दशरथ रंगशालामा भोलि मंगलबार हुने नेपाल र बांग्लादेशको मैत्रीपूर्ण खेलका लागि नेपाली टिमका मुख्य गोलकिपर किरण चेम्जोङ नेपाल आइपुगेका छन्। व्यावसायिक फुटबल खेल्ने क्रममा उनी भारतमा रहेका थिए।
नेपाल समय
खेलकुद

साबाको पहिल खेलमै नेपाल पराजित

आयोजक मालदिभ्सले पहिलो खेलमा नेपाललाई ५१–४७ ले हराएको हो।
नेपाल समय
खेलकुद

नवौँ राष्ट्रिय खेलकुद : बल्ल खेलस्थलको मर्मत सुरु

यही असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ। प्रदेशका सात जिल्लामा यसअन्तर्गतका खेल खेलाइँदैछ। नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता राष्ट्रिय खेलकुद खेलाडी र खेलको कुम्भ मेला हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना