सोमबार, असोज १७, २०७९

इन्द्रधाराको सपनाले बनायो लो मान्थाङमा विश्वकै उचाइको गल्फ कोर्स

विनय सापकोटा  |  काठमाडौं, मंगलबार, साउन २४, २०७९

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, साउन २४, २०७९, काठमाडौं

नेपाल समय
मुस्ताङको लो मान्थाङमा तयार भएको गल्फ कोर्स।

काठमाडौं– पहिले–पहिले नेपालमा गल्फको प्रभाव खासै थिएन। विस्तारै बढ्दै गएको गल्फ खेल पछिल्लो समय आइपुग्दा वर्षको आधा दर्जन बढी राष्ट्रिय स्तरका प्रतियोगिता हुन थालिसकेका छन्।

त्यति मात्र होइन, दक्षिण एसियाली खेलकुदमा पदक ल्याउनेदेखि एसियाली खेलमा सहभागी बन्नेसम्म भइसकेका छन्, नेपाली गल्फर।

अहिले नेपालमा सात वटा आधिकारिक गल्फ कोर्स छन्। त्यसैमा थपिँदै छ, मुस्ताङ गल्फ कोर्स। चिनियाँ स्वायत्त राज्य तिब्बतसँग जोडिएको लो मान्थाङ गाउँपालिकामा बनाइएको नयाँ गल्फ कार्स हो, यो। यो गल्फ कोर्समा आगामी ११ भदौमा पहिलो पटक ९ होलको गल्फ प्रतियोगिता आयोजना गरिँदै छ। यसलाई नाम दिइएको छ– टप अफ द वर्ल्ड गल्फ च्यालेन्ज।

गल्फ कोर्स निर्माण गर्दै गण्डकीलाई विश्वमा चिनाउने अभियानमा अघि बढेका छन्, त्यहाँका प्रदेश सांसद इन्द्रधारा विष्ट। लो मान्थाङमा गल्फ कोर्स स्थापना विष्टको ठूलो सपना हो, जब उनी केही समयअघि अमेरिकाको एरिजोना पुगेका थिए। 

२०७४ मा गण्डकी प्रदेशसभाको सांसद बनेका विष्टले एरिजोनामा समृद्ध अमेरिकी गल्फ खेलिरहेको देखे। ‘असिना परेजस्तै गल्फका बल अकासमा चहलपहल उडिरहेका थिए। खुबै रमाइलो लाग्यो, मलाई। त्यहाँ एकै रिसोर्टमा ४–५ वटासम्म गल्फ कोर्स थिए,’ विष्टले आफ्नो सपना सुनाउँदै भने।

उनले अमेरिकामा गल्फले पर्यटन विकासमा पारेको प्रभाव पनि मूल्यांकन गरेका थिए। त्यहाँबाट लोभिएका उनले गण्डकी फर्किएर त्यस्तै ठाउँको खोजी गरिरहे।

लो मान्थाङ बजारभन्दा १२ किमिमाथि एउटा फाँट भेटियो। उतिबेला त्यो चरन क्षेत्रका रूपमा प्रयोग गरिँदै आएको थियो। केही समयअघिसम्म पनि त्यो चरन क्षेत्रै थियो। तर अहिले धेरै मानिस बिदेसिए, सहर पसे। भएकाले पनि पशुपालनमा ध्यान दिनै छाडिदिए।

त्यसैले विष्टले निधो गरे, यसलाई गल्फ कोर्स बनाउनुपर्छ। त्यसका लागि उनले छोटो बाटो रोजेका छन्। भन्छन्, ‘हाम्रो ठाउँ दुर्गम छ। जग्गा प्राप्ति प्रक्रियाबाट गएनौं। गाउँपालिकामा पनि त्यसरी नै बिल्डिङ बनायौं। चलिरहेको छ। हामीले दुर्गमको हिसाबले गर्यौं भने जे पनि हुन्छ। कानुनी प्रक्रियामा लाग्न थाले आफैं सांसद भएर पनि मेरो क्षमताले काम गर्न भ्याउँदैन।’

त्यसका लागि धेरै कानुनी प्रक्रिया नहेरेको पनि उनले बताए। लो मान्थाङ, जहाँ गल्फ कोर्स बनिरहेको छ, त्यहाँबाट धेरै काम गर्न सकिने नेपाल पर्वतीय खेलकुद महासंघ अध्यक्ष गोविन्द भट्टराई बताउँछन्। उनलाई लाग्छ, यसलाई स्पोर्टस कम्प्लेक्स बनाउन सकिन्छ।

‘त्यहाँ गल्फ मात्र हुँदैन। ४००० मिटरबाट सुरु भएर ४००० हजार ८०० मिटरसम्मका खेल समावेश हुन्छन्। स्पोर्टस् कम्प्लेक्स हुनेछ। त्यहाँ निकै विविधता भरिएको ठाउँ छ। पर्यटकलाई भुल्याउने नेपालको अब दशकको गन्तव्य हुनेछ,’ भट्टराईले भने।

गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट। उनकै पहलमा गल्फ कोर्स निर्माण भएको हो।
त्यहाँ जाने बाटोले डोल्पा जोड्ने भएपछि दुवै जिल्लाका नागरिक खुसी छन्। तीन अवधारणाले त्यो बाटो बनाइएको सांसद विष्टले बताए। उनले भने, ‘त्यसमध्येको तेस्रो हो, ध्याँगा ताल। हामीले तिलिचो ताललाई विश्वको सबैभन्दा उचाइमा भएको मानिरहका छौं। तर यो ताल विश्वकै उचाइमा भएको हुन सक्छ। त्यो तालको उचाइ अहिलेसम्म नापिएको छैन।’

गल्फ कोर्सबाट करिब डेढ घन्टे उकालो लाग्ने हो भने ध्याँगा ताल पुगिन्छ। त्यस्तै, यो गल्फ कोर्सलाई ब्रह्मपुत्र, दामोदर कुण्ड र मुक्तिनाथसँगै जोड्न सकियो भने पर्यटकको कमी नहुने अध्यक्ष भट्टराईको बुझाइ छ।

लो मान्थाङको यो फाँट तीन वर्गकिमि क्षेत्रफलभित्र समेटिएको छ। त्यति मात्र होइन, अर्को लोआथाङ भन्ने फाँट पनि नजिकै छ। लोआथाङ झनै चार किमिमा फैलिएको छ। ‘हामीले त्यहाँ १८ होलको गल्फ कोर्स बनाउने विचार गरिरहेका छौं,’ विष्टले भने।

यो गल्फ कोर्स बनेपछि विश्वकै ध्यान यता तानिनेछ किनभने यो विश्वकै अग्लो स्थानमा बनाइएको हुनेछ। अहिले सिक्किमको याक गल्फ कोर्स विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको मानिएको छ। तर याक ३,९७० मिटर उचाइमा छ। मुस्ताङको कोर्स ४,६७५ मिटरमा छ। त्यसैले यो विश्व रेकर्ड बन्नेछ।

त्यहाँ जाने बाटोले डोल्पा जोड्ने भएपछि दुवै जिल्लाका नागरिक खुसी छन्। तीन अवधारणाले त्यो बाटो बनाइएको सांसद विष्टले बताए।

‘यसलाई अध्ययन गर्ने क्रममा मैले गल्फ खेल्न सिकें। धरान, काठमाडौं, पोखरा सबै ठाउँको गल्फ कोर्समा खेलिसकेको छु,’ विष्टले अनुभव सुनाउँदै भने, ‘मलाई लाग्छ, मुस्ताङको कोर्स उत्कृष्ट हो। त्यहाँको घाँस पनि हरियो र उपयुक्त छ। नेपालको सातमध्ये बेस्ट हो, गल्फ कोर्ष। तर यसलाई कस्तो बनाउने भन्ने हाम्रो हातमै छ।’

यही कुरालाई प्रचार गर्न आउँदो ११ भदौमा लोमान्थाङ युवा क्लबले गल्फ प्रतियोगिता आयोजना गर्दै छ।

गल्फ कोर्स निर्माणबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलन।
यसबाट विष्ट र स्थानीयले दिन चाहेको सन्देश के भने जसरी सगरमाथा चढौं भन्ने लाग्छ। त्यसरी नै गल्फरलाई मुस्ताङमा रहेको गल्फ कोर्समा खेल्नुपर्छ भन्ने लाग्नुपर्छ। यहाँ खेल्ने सपना धेरैलाई हुनुपर्छ। ‘मलाई आश छ, सफल हुनेछ। सबैको सहयोग अहिलेसम्म मिलिरहेको छ,’ विष्टले भने।

विष्टका अनुसार यो कोर्स सामुदायिक रूपमै रहनेछ। उनले सोचेका छन्, त्यहाँ एउटा सामुदायिक रिसोर्ट बनाइनेछ। १०० जना मानिसबाट ५–५ लाखका दरले रकम जम्मा गरेर ५ करोडको लागतमा रिसोर्ट बनाउने उनको लक्ष्य छ। यो रिसोर्टले धेरै स्थानीयलाई रोजगारी दिनेछ।

त्यसका लागि सरकारले पनि लगानी गरिरहेको छ। सांसद विकास कोषबाट विष्टले त्यहाँ धेरै रकम ल्याएका छन्। अब कोर्ससम्मै गाडीमा जान सकिन्छ।

गल्फलाई समुदायमै राख्ने भनेपछि अहिले लोमान्थाङ युवा क्लबले कोर्स र प्रतियोगिता व्यवस्थापन गरिरहेको छ। ‘युवाहरूको सहभागितामै कोर्स बनाइरहेको हो। कार्यक्रमका लागि गाउँपालिकाले सहयोग गरिरहेको छ। मलाई लाग्छ, यो डलर दिने सम्पत्ति हो। यसको आधिकारिक ‘वनर’ हामीले पछि खोज्नेछौं,’ विष्टले भने।

तर अहिले सार्वजनिक रूपमा रहेको कोर्समा सही व्यवस्थापन नभए लगानी खेर जाने सम्भावना रहनेबारे उनी भन्छन्, ‘त्यहाँ खेर जाँदैन किनभने हामीले राष्ट्रिय सम्पत्ति बनाइरहेको हो। मेरो स्वास्थ्य र समयले साथ दिएन भने बेग्लै कुरा। यसलाई सफल पारेरै छाड्छौं।’

केही समयअघि परीक्षणका लागि खेल हुँदा विष्टसमेत खेलेका थिए। त्यसैले उनलाई लागेको छ, यो एक नम्बर कोर्स बन्नेछ। त्यसैको हिम्मतले उनले ठूला प्रतियोगिता आँटे अनि नेपाल गल्फ संघको सम्पर्कमा पुगे। ‘मेरो हिसाबले परीक्षण सफल भएको छ। अब पहिलो प्रतियोगिता आउँदो ११ भदौमा हुँदै छ,’ विष्टले भने।

नेपाल समय

अहिले विष्टलाई पार्टीको सहयोग छ। पछि अर्को पार्टी आयो भने के होला ? शंका गर्ने ठाउँ भने छ। तर विष्टको जवाफ उत्तिकै दृढ छ। उनी भन्छन्, ‘अहिले त्यसले फाइदा दिन थालेको छैन। आउँदा दिनमा फाइदा दिन थालेपछि जुन पार्टी आए पनि त्यसबाट सबै लाभान्वित हुन्छन्।’

नेपाल गल्फ संघका सचिव दीपक आचार्य आफूले फोटो र भिडियो मात्र हेरेकाले अहिले नै कोर्सबारे भन्न नसकिने सुनाउँछन्। उनले भने, ‘हामीले फोटो र भिडियो मात्र हेरेको हो। हेर्दा त्यहाँ केही काम गर्नुपर्ने देखिन्छ। अब हामी त्यहाँ जान्छौं। त्यसलाई के गर्न सकिन्छ भनेर हेर्छौं।’ 

गल्फ संघका अध्यक्ष टासी घलेका अनुसार पनि घाँस उचाइअनुसार फरक हुने भएकाले जहाँ उपयुक्त घाँस भेटिन्छ, त्यहाँको घाँस प्रयोग गरिने बताउँछन्। उनले भने, ‘गल्फविज्ञ आचार्य नै हुनुहुन्छ। उहाँले अब हेर्नुहुन्छ। त्यसैले नेपालमा भएका गल्फ कोर्समा राम्रो घाँस परिवर्तन गर्नेतर्फ लागिरहेका छौं।’

प्रतियोगिता दसैं आसपास र त्यसपछि गर्न नसकिने भएकाले छिटो गर्न लागिएको   सचिव आचार्यले बताए। उनले भने, ‘हिउँ पर्न थालेपछि खेल्न सम्भव हुन्न। २७ अगस्तमा केही गल्फर लिएर खेलाउन सक्छौं भन्ने लागेर प्रतियोगिता आयोजना गरिएको हो।’

त्यहाँ पनि धेरै समय खेल्न गाह्रो भने हुन्छ। त्यसैले ९ होलको गेम आयोजना गरिएको छ। यो प्रतियोगिताले त्यो क्षेत्रबारे देखाउने आचार्यको अनुमान छ। राम्रो भए १८ होल नै बनाउने गल्फ संघको लक्ष्य छ।

घलेले २००२ देखि गल्फ डेस्टिनेसन भनेर चलाइएको अभियान सम्झिएका छन्। भर्खरै नेपाल गल्फको विश्वस्तरीय एसिया स्तरीय निकायमा प्रवेश गरेकै समय गल्फ डेस्टिनेसन बनाउने अभियानमा अघि सरेको उनको भनाइ छ। उनले भने, ‘दर्ता भएको ३० वर्ष भए पनि अन्तर्राष्ट्रिय स्तरमा सम्पर्क थिएन। हामीले विधान बनाएर एसिया प्यासिफिकमा भाग लिएको हो। त्यसपछि साग र एसियन गेम्समा सहभागी भएको हो। शीर्ष १० मा पर्ने युनिक गल्फ कोर्स छ, नेपालमा। सुरुमा कठिन हुन्छ। अहिले सबै उत्कृष्ट छैन होला। अब बनाउनुपर्छ।’

त्यस्तै, घलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग भेटेर यो गल्फ कोर्सलाई हाई अल्टिच्युड ट्रेनिङ सेन्टरमा पार्ने प्रयास भइरहेको बताए। यो प्रतियोगितामा २८ खेलाडी सहभागी हुनेछन् भने काठमाडौं र पोखराका ४ महिला खेलाडी हुनेछन्।


प्रकाशित: August 9, 2022 | 17:19:35 काठमाडौं, मंगलबार, साउन २४, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
खेलकुद

इन्डोनेसियाको रंगशालामा भएको दंगामा १२९ जनाको मृत्यु

पर्सीबाया सुरबायासँग अरिमा फुटबल क्लबले ३–२ ले खेल हारेपछि समर्थकहरु मैदानमा उत्रिएर दंगा सुरु गरेका थिए। खेल सकिएपछि मैदानमा छिरेका उनीहरुलाई सम्हाल्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
नेपाल समय
फुटबल

लेवान्डोस्कीको गोलले बार्सिलोना शीर्षस्थानमा

खेलको २०औं मिनेटको गोलबाट बनाएको अग्रतालाई जोगाउँदै बार्सिलोनाले जित निकालेको हो।
नेपाल समय
फुटबल

प्रिमियर लिगमा चेल्सीको जित, ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल

चेल्सीले ३८औं मिनेटमा पहिलो र अन्तिम मिनेटमा दोस्रो गोल गर्दै जित निकालेको हो।
नेपाल समय
फुटबल

टोटेनहमलाई हराउँदै आर्सनल शीर्षस्थानमा

आर्सनलको इमिरेट्स मैदानमा सम्पन्न भएको खेलमा घरेलु टिमले टोटेनहमलाई ३–१ ले हराएको हो।
नेपाल समय
क्रिकेट

साल्टको विस्फोटक पारीमा इंग्ल्यान्डले पाकिस्तानलाई हरायो

लाहोरमा शुक्रबार राति सम्पन्न भएको छैटौं टी-२० क्रिकेटमा इंग्ल्यान्डले आठ विकेटको सानदार जित दर्ता गरेको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना