सोमबार, मंसिर १३, २०७८
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रिय फुटबल टोली भोलि फर्कंदै, अलमुताइरीको आग्रह : स्वागतमा विमानस्थल जाऔं

राष्ट्रिय फुटबल टोली भोलि फर्कंदै, अलमुताइरीको आग्रह : स्वागतमा विमानस्थल जाऔं

नेपाल समय  |  काठमाडौं, आइतबार, असोज ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३१, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं–  साफ च्याम्पियनसिपको उपविजेता राष्ट्रिय फुटबल टोली सोमबार स्वदेश फर्कने भएको छ। साफ च्याम्पियनसिपको २८ वर्षको इतिहासमा नेपाली टोलीले पहिलोपटक शनिबार माल्दिभ्समा फाइनल खेलेको थियो। प्रतिस्पर्धामा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो। 

राष्ट्रिय टोलीले आइतबार माल्दिभ्स छाड्नेछ। हवाईमार्गबाट कतारको दोहा हुँदै टोली सोमबार राति ९स्१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। 

यसैबीच टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले समर्थकलाई स्वागतमा विमानस्थल आउन आग्रह गरेका छन्। उनले भनेका छन्, ‘सबै नेपाली समर्थकका लागि विशेष आग्रह हो, राष्ट्रिय टोली नेपाल फर्कंदा सबै जना विमानस्थल आएर सम्मान गर्नुपर्छ।’ खेलको स्तरलाई निरन्तरता दिइरहने हो भने खेलाडीलाई साथ र समर्थन गर्नुपर्ने उनको भनाइ छ। उनले भनेका छन्, ‘प्रशिक्षक, संघ र सरकारबारे सोच्ने होइन, टोलीलाई साथ दिनेबारे सोच्नुहोस्।’

साफको तयारीको सिलसिलामा नेपाली टोली असोज ११ गते माल्दिभ्स पुगेको थियो। 

साफ च्याम्पियनसिपमा यसपटक सुरुका दुई खेल जित्ने क्रममा नेपालले माल्दिभ्सलाई १–० र श्रीलंकालाई ३–२ ले हराएको थियो। तेस्रो खेलमा भारतसँग १–० ले पराजित नेपाली टोलीले राउन्ड रोविनको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेलेपछि पहिलो पटक फाइनल यात्रा तय गरेको थियो। 


प्रकाशित: October 17, 2021 | 17:23:43 काठमाडौं, आइतबार, असोज ३१, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, आइतबार, असोज ३१, २०७८

थप समाचार

'ए' डिभिजनमा उपाधिका दाबेदारबीच टक्कर : आज मच्छिन्द्र र आर्मीको भिडन्त

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार दुई खेल हुँदैछन्। जसमध्येको दोस्रो खेलमा साविक विजेता मच्छिन्द्र र साविक उपविजेता त्रिभुवन आर्मी क्लब भिड्दैछन्। पछिल्लो सिजनको अन्तिम तथा निर्णायक खेलमा प्रतिस्पर्धा गरेका यी दुई टिम आज पनि जितको लक्ष्यका साथ मैदान छिर्नेछन्।

प्रिमियर लिगमा चेल्सी र युनाइटेडको बराबरी

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार रातिको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीसँग १–१ गोलको बराबरी खेलेको छ।

रामोसको डेब्यू खेलमा पीएसजीको जित, मेस्सीले गरे तीन एसिस्ट

एक गोलले पछि परेको अवस्थाबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ। पीएसजीको घरेलु मैदानमा सम्पन्न खेलमा सेन्ट एटिएनविरुद्ध ३–१ गोलको जित निकालेको हो।

पुनरागमन जितसहित रियल मड्रिड एट्लेटिकोभन्दा चार अंक अगाडी

स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा रियल मड्रिडले सेभियामाथि पुनरागमन जित निकालको छ। खेलको १२औं मिनेटमै एक गोलले पछि परेको अवस्थाबाट उसले २–१ गोलअन्तको जित निकालेको हो।

पुलिससँगको हारपछि जावलाखेलका प्रशिक्षकले बुझ्न नसकेका दुई कुरा!

‘सरप्राइज रिजल्ट निकाल्न खोजेको सकिएन। पाएको मैका सदुपयोग भएन। दुई बल त बारमै लागेर बाहिरिएको छ। पुलिसले चाहिँ काउन्टरमा पनि सफलता पायो। गोल नभएपछि टिममा फनिसिनङमै समस्या हो त भन्नेपर्‍यो नि! दुई वटा प्रहार बारमा लागेर पनि फर्किन्छ। के हो, के हो- पूजा गर्नपर्ने हो कि,’ उनले चिन्तित मुद्रामै भने।

विश्वकप छनोटमा यस्तो रह्यो नेपाली खेलाडीको प्रदर्शन

आईसीसी विश्वकप २०२३ को एसियाली छनोटबाटै नेपाल बाहिरिएको छ।

ट्रेंडिंग

नेपाल समय
सुदूरपश्चिम

पुष्पकुमार शाहीद्वारा कांग्रेस सुदूरपश्चिम अध्यक्षमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय
समाज

यस्तो रहस्यमय मृत्यु जसले बाहिर ल्यायो रौतहट कारागारभित्रको 'दादागिरी'

एक कैदीको रहस्यमय मृत्युको घटनापछि जिल्ला कारागार रौतहटभित्र हुने गरेका बेथिति र हिंसाको अनेक पक्ष सतहमा आएका छन्।
नेपाल समय
राजनीति

एमाले-कांग्रेस महाधिवेशनमा ओली-देउवाका तीन संयोग, एकै अपेक्षा

असार २९ गते देउवा प्रधानमन्त्री बनेका थिए। त्यसयता उनको भेट ओलीसँग भएको थिए। एमाले महाधिवेशनले देउवा–ओलीको भेट त जुरायो नै। सँगै ओली र देउवाका बीचमा केही रोचक संयोग समेत पर्न गए।
नेपाल समय
ब्लग

बाटो बिराएका पूर्वशिक्षक प्रचण्डको एउटा ठूलो भ्रम

एउटा छविलालले बाटो बिराउँदा समाजले ठूलो मूल्य चुकाउनुपरेको छ। वाध्यताबस देशका लाखौं युवाले बाटो बिराएर कोही अरबको खाडी पुगेका छन् त कोही पूर्ण रुपमा अमेरिका, अस्ट्रेलियातिर हराएका छन्।
नेपाल समय
लुम्बिनी

कांग्रेस महाधिवेशन : राजनीतिमै जीवन बिताएका नेताहरु महाधिवेशन प्रतिनिधिमै पराजित

पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र न. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए। तर, उनी पराजित भए। विद्यार्थी राजनीतिमा डेढ दशकदेखि सक्रिय पौडेलले यो पटक महाधिवेशन प्रतिनिधि जित्‍ने आशमा थिए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C