काठमाडौं- फ्रान्सेली फरवार्ड केलियन बाप्पले अर्को सिजन पनि पेरिस सेन्ट जर्मेन (पिएसजी) मै रहने पक्का गरेका छन्। पोर्चुगली स्टार क्रिष्टियानो रोनाल्डो युभेन्टस गएसँगै बाप्पे रियल मड्रिड जाने हल्ला चलेको थियो।
रियल म्याड्रिड जाने हाल्ला चलेसँगै आइतबार मात्र विश्वकपको युवा खेलाडी घोषित बाप्पले अझै पिएसजीमा रहने पक्का गरेका हुन्।
फाइनल खेलमा क्रोएसियालाई ४-२ ले पराजित गर्दा फ्रान्सका लागि बाप्पेले एक गोल गरेका थिए। २१ औं संस्करणको विश्वकपमा डेब्यु गरेका उनले व्यक्तिगत ४ गोल गरे। उनी युवा खेलाडी घोषितमध्ये विश्व कपमा गोल गर्ने पेलेपछि पहिलो खेलाडी पनि बनेका छन्।
यसबीचमा एमबाप्पले यो वर्ष पेरिसमै बस्ने कतै सरुवा नहुने प्रष्ट पारेका छन्। ‘म पिएसजीमै रहन्छु। आफ्नो यात्रालाई यहि अघि बढाउन चाहन्छु,’उनले भने, ‘मैले खेल जीवनको सुरुवात मात्र गरेको छु।’ क्लबका स्टारमध्ये कम्तीमा एक बाप्पेको पछिल्लो भनाईबाट पिएसजी पक्कै खुसी हुनुपर्दछ ।