शुक्रबार, जेठ १३, २०७९

विशेष


हिजो परिवारसँग र आज आफैंसँग विद्रोहको चक्रमा शोभिता

किशोर उमेरदेखि नै रंगीन दुनियाँमा लागेकी सोभिताले जीवनमा लामै संघर्ष गरिन्। फेसन शो, र्‍याम्प वाक, मोडलिङ, टेलिभिजन कार्यक्रम प्रस्तोता हुँदै फिल्मकी अभिनेत्रीसम्म बनिन् उनी। तर यो रंगीन दुनियाँमा धेरैबेर रमाउन सकिनन्। बिस्तारै यो क्षेत्रदेखि नै टाढा भइन्।
राज सरगम | बुधबार, जेठ ११, २०७९

'यो देशमा ब्युटी पेजेन्ट किन चाहियो र'

नेपालको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मानिने ‘मिस नेपाल’ को ग्रान्ड फिनाले आगामी असार ४ गतेका लागि तय भएको छ। हरेक वर्ष आयोजना हुने मिस नेपालको मुख्य आयोजक हिडन ट्रेजर हो। मिस नेपाल २०२२ का लागि आयोजकले अन्तिम २८ जना प्रतिस्पर्धी समेत छनोट गरिसकेको छ।
दिलीप कुँवर | बुधबार, जेठ ११, २०७९

स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।
सृजना राई | मंगलबार, जेठ १०, २०७९

३० नकट्दै स्थानीय सरकार हाँक्दैछन् यी अनुहार

यो निर्वाचनमा नयाँ पुस्ताका तन्‍नेरीहरु पनि चुनावी प्रतिस्पर्धामा उत्रिए। ३० वर्ष नकटेका युवाहरुले केही पालिकामा जित समेत निकालेका छन्।
तीर्थराज बस्नेत | बुधबार, जेठ ४, २०७९

यस्ता 'गढ' जो यो निर्वाचनमा भत्के

लामो समयदेखि एउटा दलले रजगज चलाएको, कुनै दल विशेषको 'विरासत' र 'गढ' भनिएका क्षेत्रमा अर्को दल विजयी भएको विषयमा केन्द्रित छ।
कौशल काफ्ले | शनिबार, जेठ ७, २०७९

ब्यालेटबाट बदला लियो दलित बस्तीले

यो हाम्रो लागि धेरै ठूलो घटना हो, सन्देश हो’, कनाकासुन्दरी– ८ स्थानीय नेत्रबहादुर खत्रीले नेपाल समयसँग भने, ‘यो नतिजापछि यहाँ राज गर्दै आएका राजनीतिक दलले पनि केही सोच्लान् कि।’
निर्भीकजंग रायमाझी | आइतबार, जेठ १, २०७९

बालेनले मेयर जिते भने काम गर्न सक्लान्?

'पार्टीका मान्छेले गलत काम गर्दा पनि उसले कारबाही गर्न सक्दैन। मेयर आफै भ्रष्टाचारी भयो, पैसा खाने बाटोमा लाग्यो भने पो अरुले सपोर्ट गर्दैनन्। तर, मेयर ‘भिजनेरी’ छ, असल छ र पारदर्शी छ भने उसलाई सपोर्ट हुन्छ, यो मेरो विश्वास हो,' बालेनले भने।
अनिल यादव | शनिबार, जेठ ७, २०७९

'म बलात्कृत भएँ' भन्दा पनि न्यायको बाधक बन्यो कानुनी हदम्याद

ती युवतीले सामाजिक सञ्जालमै खुलेर ८ वर्षअघिको घटनाबारे स्पष्ट पार्दासम्म सबैले घटनाको विस्तृत जानकारी लिने प्रयास गरिरहेका थिए। तर यो घटनामा नेपालको कानुन पनि यसरी विवादित बन्न पुग्यो, जब ती युवतीले फेरि नयाँ भिडियो सार्वजनिक गर्दै भनिन्, ‘कस्तो नियम हो यो नेपालको? एक वर्षभित्र रिपोर्ट गरेन भने फाइल लिँदैन रे कोर्टले। आइ एम लुजिङ होप।’
दिलीप कुँवर | शुक्रबार, जेठ ६, २०७९

दलाई लामालाई भेटेर किन नेपाल आउन लागेकी हुन् अमेरिकी उपमन्त्री?

नेपालमा हुने तिब्बती शरणार्थीका गतिविधिप्रति चीन निकै संवेदनशील छ। नेपालमा बेलाबखत भइरहने भनिएका स्वतन्त्र तिब्बत पक्षधर गतिविधि र तिब्बतमा हुनसक्ने घूसपैठप्रति चीनले संशय व्यक्त गर्ने गरेको छ। नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध भएको पटकपटक बताइरहँदा पनि चीन विश्‍वस्त हुन नसकेको कुराहरु बेलाबखत आउने गरेका छन्।
दिलीप प्रकाश कार्की | शुक्रबार, जेठ ६, २०७९

प्रश्नले पनि अन्याय गर्दैछ बलात्कार पीडितलाई

संसारमा महिला र पुरुष प्राकृतिक रूपमा विशिष्ट भिन्नतासहित निर्मित छन्। पुरुषको अंग स्वयं पुरुषको इच्छा तथा मानसिकता विपरीत (बलात्कारमा) प्रयोग गर्न सम्भव छैन। त्यसैले नेपाली समाज अर्थात् दक्षिण एसियाको बलात्कारको जुन कन्टेन्ट छ, त्यसको प्राथमिक कारण शारीरिकभन्दा बढी मानसिक संरचना हो।
नविन अभिलाषी | शनिबार, जेठ ७, २०७९

स्वतन्त्र र बागी उम्मेदवार उदयको राजनीतिक अर्थ

देशको संघीय राजधानीसमेत रहेको काठमाडौंमा स्वतन्त्र उम्मेदवारले ठूला दलहरुलाई नै आच्छुआच्छु पार्लान् भन्ने अनुमान कमैले गरेका थिए
कौशल काफ्ले | मंगलबार, जेठ ३, २०७९

भारतमा क्रिकेट सुरु गर्ने समुदाय कता हरायो?

यता हिन्दुस्तानीहरु चाहिँ त्यो खेललाई परैबाट क्वारक्वार्ती हेर्ने गर्दथे। हिन्दूस्तानको समुद्री किनारामा खेलिने अंग्रेजी खेललाई भारतका केही युवाहरुले पछि आफ्नै तरिकाले खेल्न सुरु गरेका थिए।
नेपाल समय | शुक्रबार, वैशाख ३०, २०७९

ओलीको छुद्रता, देउवाको अत्यास, प्रचण्डको धम्की र नेपालको लघुताभास

एमालेका चुनावीसभा सत्ता गठबन्धनमाथि तिखो प्रहार गर्न केन्द्रित रह्यो। चुनावी कमान्डर आफैं बनेका अध्यक्ष ओली विपक्षीमाथि गाली गरेरै रमाए। चुनावीसभामा उपस्थित कार्यकर्ताले ओलीको बोलीमा परर ताली पिटेपछि सभा विसर्जन हुन्थ्यो।
तीर्थराज बस्नेत | मंगलबार, वैशाख २७, २०७९

१० दिनअघि साथीसँग 'मर्छु होला' भनेकी थिइन्, आज आफ्नै कोठामा मृत भेटिइन्

सञ्जु निकटस्थहरुका अनुसार पछिल्लो समय उनी निकै निराश अवस्थाबाट गुज्रिएकी थिइन्। साथीहरुसँग भन्ने गर्थिन्, ‘सरकारले जागिर खोजिदिए हुन्थ्यो।’
अनिल यादव | मंगलबार, वैशाख २७, २०७९

लोकरिझ्याइँको लोभले थलिँदै देशको अर्थतन्त्र, थपिँदैछ ऋणपासो

विगत ८ वर्षमा बजेटको आकार बढे पनि खर्च गर्ने क्षमतामा भने सुधार भएको छैन। यस अवधिमा ७० देखि अधिकतम ८६ प्रतिशत बजेट खर्च भएको देखिन्छ।
किशोर दाहाल | आइतबार, वैशाख २५, २०७९

'नो भोट' भनिरहेका ४३ घरको कथा

वडा नम्बर ६ मा रहेको वसन्तपुर, वितलव र तीनघरेका वैकल्पिक घर भएकाहरुमा पनि राजनीतिक आधारमा छुट्याइयो। कतिपयले काठमाडौंमा घर हुँदाहुँदै पनि सरकारबाट राहत लिए तर ती ४३ घरले भने राहत लिन पाएनन्। त्यसैले उनीहरुले आफ्नो पावरलाई ‘एकीकृत गर्दै आचार्य बन्धु समाज’ गठन गरे।
शर्मिला ठकुरी | सोमबार, वैशाख २६, २०७९

आर्मी बन्न चाहन्थिन्, नियतिले हातमा टेम्पोको स्टेरिङ थमाइदियो

रामेछापमा जन्मिएकी दिलमायाको १८ वर्षको कलिलो उमेरमै घर नजिकैका अजयकुमार थिङसँग विवाह भयो। त्यसबेला उनी आठ कक्षामा पढ्दै थिइन्। विवाहपछि पनि विद्यालय त गइन् तर पढाइ पूरा गर्न सकिनन्।
रञ्जिता उप्रेती | शुक्रबार, वैशाख २३, २०७९

सुनिता डंगोलले राजीनामा नदिई उम्मेदवारी दर्ता गराएको खुलासा

काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयरमा उम्मेदवारी दिएकी सुनिता डंगोलले राजीनामा नदिएर उम्मेदवारी दर्ता गराएको खुलासा भएको छ।
नेपाल समय | बुधबार, वैशाख २१, २०७९

घरगोठ जलेपछि कृषिबाट उठेकी ७० वर्षीया टेकमायाको जीवनमन्त्र– ऋण र उमेरसँग नडराउनु

घर गोठ सबै आगोले खरानी बनिसकेपछि अब टेकमायाको परिवारसँग केही बचेन। बरु के खाने, के लाउने, संकट सुरु भयो। अघिल्लो दिनसम्म घरमा आउने पाहुनालाई उनी दूधैदूधको चिया बनाएर खुवाउँथिन्, आज उनै पाहुनाहरु छाक टारिदिन खानेकुरा हातमा लिएर आउन थाले।
भीमा पन्थी | शुक्रबार, वैशाख १६, २०७९

स्थानीय निर्वाचनले अर्थतन्त्रलाई देला राहतको श्‍वास?

जनताले कुनै पनि राजनीतिक दलको प्रलोभनमा नपरी आफ्नो क्षेत्रमा विकास र नेतृत्व दिन सक्ने उपयुक्त प्रतिनिधि छनोट गर्नुपर्ने परिपाटी विकास गर्न सके खर्चको पारदर्शीताको स्तर बढ्छ।
किशोर दाहाल | बुधबार, वैशाख १४, २०७९

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना