सोमबार, माघ ३, २०७८

आहा उपत्यका – २

विद्युतीय सवारीसाधन मात्रै चलाउने हो भने जोगिन्छ दैनिक सात करोड

प्रेम चन्द  |  काठमाडौं, बिहीबार, असोज १४, २०७८

प्रेम चन्द

प्रेम चन्द

बिहीबार, असोज १४, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– काठमाडौं उपत्यकामा गुड्ने सवारीसाधनले दैनिक सात करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ खपत गर्ने गरेको पाइएको छ। उपत्यकामा विद्युतीय सवारीसाधन मात्र चलाउने हो भने पेट्रोलका लागि हुने खर्च जोगिने विज्ञहरू बताउँछन्। 

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्याय देशभर खपत हुने पेट्रोल तथा डिजेलको एक चौथाइ हिस्सा काठमाडौं उपत्यकामा उपभोग हुने बताउँछन्। उनका अनुसार विकास निर्माणबाहेक राजधानीमा गुड्ने सवारीसाधनमा मात्रै खपत हुने पेट्रोल डिजेलको हिस्सा करिब २५ प्रतिशत हाराहारीमा छ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा पाँच लाख ९१ हजार ४५८ किलोलिटर पेट्रोल आयात भएको छ। यति पेट्रोल ल्याउँदा ३२ अर्ब ४४ करोड ३३ लाख रुपैयाँ बाहिरिएको छ। त्यस्तै डिजेल १७ लाख १३ हजार ७४५ किलोलिटर आयात भएको छ। यसका लागि मुलुकको ९१ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ बाहिरिएको छ। 

निगमको आंकलनअनुसार काठमाडौंमा गुड्ने सवारीसाधनमा पेट्रोल र डिजेलका लागि देशभरको कुल रकमको एक चौथाइ अर्थात् २५ प्रतिशत खर्च हुन्छ। यसरी हेर्दा उपत्यकामा डिजेलका लागि वार्षिक १८ अर्ब ३८ करोड ९६ लाख २० हजार रुपैयाँ, मासिक १ अर्ब ५३ करोड २४ लाख ६८ हजार रुपैयाँ र दैनिक ५ करोड १० लाख रुपैयाँ खर्च हुन्छ। 

काठमाडौं उपत्यकामा विद्युतीय सवारीसाधन सञ्चालन गर्न सकेमा दैनिक पेट्रोलमा खर्च हुने एक करोड ८० लाख २४ हजार रुपैयाँ र डिजेलमा खर्च हुने पाँच करोड १० लाख रुपैयाँ जोगिनेछ।

त्यस्तै पेट्रोलमा वार्षिक ३२ अर्ब ४४ करोड ३३ लाख रुपैयाँ बाहिरिन्छ। त्यसको २० प्रतिशत काठमाडौं उपत्यकामा खपत हुन्छ। यसरी हेर्दा उपत्यकामा वार्षिक ६ अर्ब ४८ करोड ८६ लाख ६० हजार रुपैयाँको पेट्रोल खपत हुन्छ। यस्तै मासिक ५४ करोड ७ लाख २१ हजार रुपैयाँ र दैनिक एक करोड ८० लाख २४ हजार रुपैयाँ हाराहारीको पेट्रोल खपत हुने निगमको अनुमान छ।

काठमाडौं उपत्यकामा विद्युतीय सवारीसाधन सञ्चालन गर्न सकेमा दैनिक पेट्रोलमा खर्च हुने एक करोड ८० लाख २४ हजार रुपैयाँ र डिजेलमा खर्च हुने पाँच करोड १० लाख रुपैयाँ जोगिनेछ।

ऊर्जाविद् एवम् त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक जगन्नाथ श्रेष्ठ भन्छन्, ‘निजी सवारीसाधन मात्रै पनि बिजुलीबाट चल्ने व्यवस्था हुने हो भने वार्षिक ६ अर्ब रुपैयाँ जोगिनेछ।’ 

भक्तपुरबाट काठमाडौं आउने क्रममा जडिबुटीमा सवारीसाधनको जाम। फाइल तस्बिरः रासस
श्रेष्ठले गरेको एउटा सर्वेक्षणअनुसार उपत्यकामा निजी कार चढ्न सक्ने स्तरको पक्की घरको संख्या ६ लाख ५० हजार छ। तीमध्ये कम्तीमा एक लाख घरधनी त हुनेखाने छन्। उनी भन्छन्, ‘सरकारले बिजुलीका साधनलाई सहुलियत दिने हो भने उनीहरुले ५०–६० लाखको सवारीसाधनको सट्टा ३०–४० लाखको विद्युतीय सवारी किन्नेछन्।’ विद्युतीय सवारी किनेर पेट्रोल नकिन्ने हो भने एक परिवारले मासिक औसत चारदेखि पाँच हजार रुपैयाँ बचाउँछ। यसरी बिजुलीबाट चल्ने कार किन्ने एक लाख व्यक्तिले मासिक पाँच हजार रुपैयाँ बचाउने हो भने ५० करोड रुपैयाँ बचत हुन्छ। श्रेष्ठ भन्छन्, ‘वार्षिक ६ अर्ब रुपैयाँ पेट्रोलका लागि बाहिर जानु रोकियो भने धेरै सहुलियत हुन्छ।’

इलेक्ट्रिक भेहकिल एसोसिएसनका अध्यक्ष विजयमान शेरचन पेट्रोलियम सवारी सञ्चालनमा १५ रुपैयाँ खर्च हुने गरेकोमा विद्युतीय सवारी सञ्चालनमा आए चार रुपैयाँ मात्रै खर्च हुने बताउँछन्।

‘विद्युतीय सवारीमा प्रतिकिलोमिटर चार रुपैयाँ खर्च हुन्छ। पेट्रोलियम सवारी चढ्दा प्रतिकिलोमिटर १५ रुपैयाँ खर्च हुन्छ।’

विगत ६ वर्षदेखि विद्युतीय सवारी नै चढिरहेका शेरचन पेट्रोलियम सवारी र विद्युतीय सवारी सञ्चालनमा हुने खर्चमा निकै अन्तर रहेको बताउँछन्। ‘विद्युतीय सवारीमा प्रतिकिलोमिटर चार रुपैयाँ खर्च हुन्छ’, शेरचन भन्छन्, ‘पेट्रोलियम सवारी चढ्दा प्रतिकिलोमिटर १५ रुपैयाँ खर्च हुन्छ।’ विद्युतीय सवारीसाधन प्रयोग गर्नु वातावरणीय दृष्टिकोणले समेत उपयुक्त रहेको उनी बताउँछन्। 

सफा टेम्पोका अभियन्ता किरणराज जोशी पेट्रोलियम र विद्युतीय सवारी सञ्चालन खर्च तुलना गर्नै नमिल्ने दाबी गर्छन्। इलेक्ट्रिक इन्जिनियरसमेत रहेका जोशीले पेट्रोलियम सवारी सञ्चालनमा हुने खर्च र विद्युतीय सवारी सञ्चालनमा हुने खर्च तुलना गर्न नमिल्ने बताए। जोशीले भने, ‘खर्चका हिसाबले विद्युतीय सवारी र पेट्रोलियम सवारीलाई तुलनै गर्न मिल्दैन।’

काठमाडौंमा सफा टेम्पो चलाउँदै एक महिला।

सफा टेम्पोकै अर्का अभियन्ता एलआर तामाङका अनुसार एउटा सफा टेम्पो फुल चार्ज गर्न १६ युनिट बिजुली खपत हुन्छ। फुल चार्ज गरिएको टेम्पो कम्तीमा ७५ देखि ८० किलोमिटर गुड्न सक्छ। ‘टेम्पो चार्ज गर्न १६ युनिट बिजुलीबापत डेढ देखि २०० रुपैयाँ खर्च हुन्छ’, तामाङ भन्छन्, ‘डिजेलवाला सार्वजनिक गाडीले काठमाडौंको हकमा बढीमा १६ किलोमिटर दिने हो।’

चालू आर्थिक वर्षको बजेटमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आगामी आर्थिक वर्षमा निजी क्षेत्रसमेतको सहभागितामा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानमा पाँच सय चार्जिङ स्टेसन, टर्मिनल भव लगायत अन्य पूवार्धार निर्माण गरिने उल्लेख छ। देशका प्रमुख सहरी क्षेत्रमा प्रदेश र स्थानीय तहको साझेदारीमा ठूला क्षमताको बिजुली बस सञ्चालन गरेमा थप प्रोत्साहन दिने व्यवस्था बजेटमा गरिएको छ। यस्तै साझा यातायातमार्फत चालू आवमा काठमाडौंमा न्यूनतम एक सय वटा बिजुली बस सञ्चालन गर्न गरिने बजेट वक्तव्यमा उल्लेख छ।

यो पनि


प्रकाशित: September 30, 2021 | 09:48:34 काठमाडौं, बिहीबार, असोज १४, २०७८
प्रेम चन्द

प्रेम चन्द

काठमाडौं, बिहीबार, असोज १४, २०७८

थप समाचार

...अनि युट्युबबाट 'पतन' भए भाग्य न्यौपाने

आफू चर्चामा आउन युट्युबलाई जथाभावी प्रयोग गर्दा कसरी एउटा उदाएको युट्युबर पतन हुन्छ? भाग्य यतिखेर युट्युब वृत्तमा यसकै एउटा उदाहरण बन्न पुगेका छन्।

साथी कुटिएको खबर दिँदा जेल परेका सिपाहीको मुद्दा पेसीमा, होला त पुनर्बहाली?

धेरैको अपेक्षा थियो- अदालतले कुटपिट गर्ने अधिकृतलाई निर्मम सजाय देला, पीडित अमल्दार र सिपाहीहरुलाई न्याय होला। तर, फैसला अनपेक्षित निस्कियो।

यी युट्युबर, जो प्र्यांकको बहानामा हिंसा गरिरहेका छन्

‘न्यू नेपाली प्र्यांक भिडियो’ भन्दै भिडियो सेयरिङ वेबसाइट युट्युबमा यतिबेला अश्लील, भद्दा र आपत्तिजनक दृश्य र संवाद समावेश भएका भिडियो छ्याप्छ्याप्ती भेटिन्छन्। र, यस्तै भिडियोहरु उत्पादन गरेर युट्युब र टिकटकमा भाइरल भइरहेको नाम हो, कपिल मगर।

माओवादीबाट समायोजित सैनिक पुनको 'बयान' : तँ जंगली भन्दै यातना दिए

‘तैँले बाहिर बेचेको हो भनेर स्वीकारिस् भने तेरो जागिर मात्रै जान्छ, अरु केही सजाय हुँदैन, हामी मिलाउँछौँ। नत्र तँ यहीँ सड्छस्, तेरो मिसनको पैसा पनि केही आउँदैन’ भन्दै धम्क्याए। म स्वीकार्न बाध्य भएँ।

सैनिक होस्टलबाट बेपत्ता छोरा खोजिरहेका बाबुको कथा

सैनिक कलेजको छात्रावासबाटै छोरा गायब भएपछि दुई महिनायता दानबहादुर राम्रोसँग सुत्न सकेका छैनन्। छोरासँग जोडिएका स्मृति र सपनाले उनलाई निदाउन त दिएकै छैन।

गल्ली गाइड गुप्तोले देखेको काठमाडौं सहर जहाँ उज्यालोसँग डर छ

‘बर्खामा स्वच्छ देखिन्थ्यो, आद्र देखिन्थ्यो, हरियो देखिन्थ्यो। कि त शीतकालमा कुहिरोमुन्तिर काठमाडौं सेतो तलाउजस्तो देखिन्थ्यो। एउटा मिस्टिक, अचम्मको भ्यालीजस्तो देखिन्थ्यो कि। अहिले पनि सफा हुँदा कहिलेकाहीं सुन्दर भ्याली देखिन्छ काठमाडौं।’

ट्रेंडिंग

नेपाल समय
राजनीति

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय
शिक्षा

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय
समाज

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय
संवाद

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय
श्रृंखला

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C