बिहीबार, माघ १९, २०७९

सिद्धार्थ राजमार्ग जीर्ण : वर्षौँदेखि स्तरोन्नतिको पर्खाइमा

नेपाल समय  |  काठमाडौं, बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९, काठमाडौं

नेपाल समय

वालिङ– पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाको पहलमा परामर्शदाताको उपस्थितिमा स्याङ्जाका विभिन्न ठाउँमा आयोजना गरिएका सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाले राजमार्ग स्तरोन्नतिको माग गरेका हुन्।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा सडकखण्डको एक सय ५७ किलोमिटर सडक स्तरोन्नतिका लागि वर्षौँदेखि आवाज उठदै आएको छ। स्याङ्जाको गल्याङ, वालिङ, भिरकोट, पुतलीबजारलगायत ठाउँमा सार्वजनिक सुनुवाइ गरी सरोकारवालाको राय तथा सुझाव सङ्कलन गरिएको सडक विभागका प्रतिनिधि युवराज सत्यालले बताएका छन्। बुटवलबाट पोखरासम्म सुझाव सङ्कलन गरिएको उनले बताए। “सिद्धार्थ राजमार्ग धेरै पुरानो, साँघुरो र जीर्ण हुँदै गएको छ, यसको स्तरोन्नति गर्नुको विकल्प छैन”, वालिङ नगरप्रमुख कृष्ण खाँण बताउँछन्।

स्याङ्जालीको भविष्यसँगै जोडिएको उक्त राजमार्गको स्तरोन्नति अति अत्यावश्यक भएको उनको भनाइ छ। “सडक छेउछाउका बासिन्दा पटक–पटक आतङ्कित भइरहनुभन्दा एकपटक दीर्घकालीन हुने गरी सडक विस्तार गर्नु उपयुक्त हुन्छ”, खाँणले भने। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्ने उक्त सडकको स्तरोन्नति जरुरी छ।

सिद्धार्थ राजमार्गको दायाँबायाँ रहेका घरटहरा बचाऔँ सङ्घर्ष समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ सडक स्तरोन्नति नगरिए यसको प्रयोगमा कमी आउने बताउँछन्। “वैकल्पिक मार्ग प्रयोग गर्ने बढ्दै छन्, त्यसैले यो सडक स्तरोन्नति आवश्यक छ”, उनले भने। सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको ५२ वर्ष भए पनि अहिलेसम्म स्तरोन्नति हुन नसक्नु दुःखद् भएको उनको भनाइ छ। सडकका घुम्ती काट्दा र चौडा बनाउँदा हालको सडकको लम्बाई करिब ३२ किलोमिटर कम हुने दाबी गरिएको छ। घुमाउँरो र साँघुरो भएकै कारण दुर्घटना बढी हुने गरेको पाइएको छ।

सिद्धार्थ राजमार्ग स्तरोन्नति गरी बाह्रैमास सञ्चालन गर्न सकिने बनाउने योजना छ। भारतसँग जोड्ने व्यापारिक मार्गका रूपमा रहेको उक्त राजमार्गको सबैभन्दा बढी ६७ किलोमिटर क्षेत्र स्याङ्जामा पर्छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने तथा तराईलाई पहाडसँग जोड्ने मुख्य सडकको रूपमा यो राजमार्ग रहेको छ। हाल यो सडक ६ दशमलव ८ देखि ७ मिटर चौडा छ। अब स्तरोन्नति हुने सडक कुल १० मिटर चौडाइको हुने छ। 

स्याङ्जा अन्तर्गतको क्षेत्रमा ३७ पुल निर्माण गरिने छन्। विस्तारित सडकखण्डमा ४७ हेक्टर वन क्षेत्र पर्ट। यसमा ४३ सामुदायिक वन र एक धार्मिक वन रहेको बताइएको छ। सडक विस्तारका क्रममा दुई हजार आठ सय ८६ रुख कटान गर्नुपर्ने देखिएको छ।


प्रकाशित: January 25, 2023 | 09:10:00 काठमाडौं, बुधबार, माघ ११, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत उपाध्याय, वडा नम्बर ६ का तत्कालीन वडा अध्यक्ष, सब इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध फिल्ड निर्माण गर्ने क्रममा गलत प्रतिवेदन तयार गरेको आरोपमा मुद्दा दायर गरिएको हो।

सत्ता गठबन्धनको बेमेलले राजनीति १० पुसतिर फर्किने संकेत

सात दलीय सहमतिबमोजित नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह मन्त्रालय दिन अस्वीकार गरेपछि १० पुसमा बुनिएको बालकोटको राजनीतिक गाँठो क्रमशः खुइलिने वा फुक्लिने अवस्थामा पुगेको छ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड–ओलीबीच गठबन्धनको भविष्यबारे छलफल

नागरिकता प्रकरणमा गृहमन्त्रीबाट गलहत्याइएका लामिछानेले पुनः सोही पद पाउनुपर्ने अडान लिएपछि पछिल्लो समय गठबन्धनभित्र मतभेद बढ्दै गएको छ।

अन्ततः रविले नपाउने भए गृह मन्त्रालय

सर्वोच्च अदालतबाट लामिछानेको नागरिकतासम्बन्धी मुद्दा फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्व आफैंसँग राख्ने निर्णयमा प्रधानमन्त्री प्रचण्ड पुगेका हुन्।

सत्ता गठबन्धनमा टुटफुटको शृंखला, सरकार त्याग्ने रविको संकेत

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मामा परेको गृह मन्त्रालय सुम्पिन आनाकानी गरेसँगै केन्द्रमा पनि गठजोड भत्किने अवस्था आएको हो।

कति 'सेफ जोनमा' छन् रवि?

रवि लामिछाने सर्वोच्चको आदेशले वैधानिक नागरिक बने पनि जिल्ला प्रशासन कार्यालयमा राहदानीमाथिको छानबिन प्रकरण अझै नसकिएकाले राजनीतिक रुपमा 'सेफ जोनमा' छैनन्।

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

देशको आर्थिक अवस्था नाजुक भएको भन्दै एकीकृत समाजवादीले यसलाई सुधार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन लागेको हो।

सिंहदरबार ताक्ने रवि लामिछानेको योजनामा माओवादीको अवरोध

आइतबारको बालुवाटार जमघटमा एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्रीमा लामिछानेलाई नियुक्त गर्न र गठबन्धनको मर्मअनुसार चल्न सुझाए पनि सोमबारको माओवादी पदाधिकारी बैठकले गृह मन्त्रालय नछाड्न र रविलाई गृहमन्त्री नबनाउन दबाब दिएपछि अलमलमा प्रधानमन्त्री प्रचण्ड।

प्रधानमन्त्रीलाई भेटेपछि गभर्नरसँग छलफल गरे मेयर बालेनले

निजी सम्पत्तिमा महानगरले क्षति पुर्‍याएको भन्दै आन्दोलनसमेत भइरहेको छ। यस्तो अवस्थामा मेयरले संघीय सरकारबाट हुनुपर्ने सहयोगको अपेक्षासमेत राखिरहेका छन्।

आत्मदाह प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु

पोखरा महानगरपालिका-१३ काहूँखोलामा आइतबार एक व्यापारिले आत्मदाह प्रयास गरे। घर वहालमा बसेका युवकले शरीरमा आगो लगाउन खोजेपछि घरबेटीले डेरावाल युवकलाई बचाउन खोजेकी थिइन्।

थप समाचार

नेपाल समय
समाज

भौतिक पूर्वाधार र यातायात सुधारका लागि कार्यदल गठन

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज मन्त्रिस्तरीय निर्णयमार्फत सो कार्यदल गठन गरेका हुन्।
नेपाल समय
समाज

जुम्लामा रविलाई गृहमन्त्री माग्दै सरकारी कर्मचारीको आत्मदाह प्रयास

नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेलाई पुनः गृहमन्त्री फिर्ता दिन माग गर्दै गोकर्ण कार्कीले आफैंलाई लगाए आगो।
नेपाल समय
समाज

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो।
नेपाल समय
समाज

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनविरुद्ध सर्वोच्चमा रिट

संविधानविपरीत निर्वाचनको मिति तय गरिएको दाबीसहित अधिवक्ता ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा रिट दायर गरेका हुन्।
नेपाल समय
समाज

श्रीलंका भ्रमणमा जाँदै परराष्ट्रमन्त्री पौड्याल

परराष्ट्रमन्त्रीको कार्यभार सम्हालेपछि डा. विमला राई पौड्याल पहिलो पटक श्रीलंका भ्रमणमा निस्कन लागेकी हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना