मंगलबार, माघ २४, २०७९

पल्पाको रामपुरमा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु

नेपाल समय  |  काठमाडौं, बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९, काठमाडौं

नेपाल समय

रामपुर- पाल्पाको रामपुर नगरपालिकामा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु भएको छ। सार्वजनिक जग्गा ओगटेर बनाइएका संरचना हटाएर जग्गा संरक्षणमा यहाँका जनप्रतिनिधि, राजनीतिक दललगायतका सरोकारवाला निकायले जोड दिएका छन्। 

सार्वजनिक जग्गा संरक्षण तथा बाल खेल संसार अभियानका संयोजक कृष्णप्रसाद पौडेलले सार्वजनिक जग्गा संरक्षण गरेर सो जग्गामा बाल उद्यान तयार पार्ने अभियान रामपुरबाट सुरु गरिएको बताउँछन्। ‘रामपुरमा विभिन्न स्थानमा सार्वजनिक जग्गा ओगटेर घर, भवन, टहरा बनेका थुप्रै संरचना छन्, ती संरचनालाई हटाएर बालबालिकाको शारीरिक तथा मानसिक विकास गराउन, उनीहरूलाई रमाउने, खेल्ने वातावरण सिर्जना गर्न सार्वजनिक जग्गामा बाल उद्यान तयार पार्नु पर्नेछ, यसलाई अभियानका रूपमा हामीले अगाडि बढाएका छौँ’, उनले भने। 

सो अभियानलाई पाल्पाको रामपुरबाट सुरु गर्ने र यसलाई स्थानीय सरकारको समन्वयमा व्यक्तिले निजी प्रयोजनका लागि ओगटेका जग्गा हटाएर बाल उद्यान तयार पार्ने सम्बन्धमा जनप्रतिनिधि, स्थानीय सरकार, प्रशासन, राजनीतिक दल, समाजका अगुवासमक्ष राय-सुझाव लिएर अगाडि बढेको अभियानका संयोजक पौड्यालले बताए।

सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानअन्तर्गत सार्वजनिक जग्गामा बनेका संरचना हटाउने निर्णय नगरपालिकाले गरिसकेको र राष्ट्रिय गौरवका आयोजना सञ्चालन भएका स्थानबाट कामको थालनी गर्ने रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए। हाल राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत रामपुर-५ स्थित मटेरी ठूलोटारबाट अभियान सुरु गर्न त्यहाँ अहिले सार्वजनिक र निजी जग्गा छुट्याउने काम भइसकेको नगरप्रमुख थापाले जानकारी दिए।

‘रामपुरलाई सुन्दर र हरियाली सहर बनाउने संकल्प लिएका छौँ, हाललाई कायम भएको बाटोको मापदण्डअनुसार अनधिकृतरूपमा बनेका संरचनालाई हटाउनेछौँ’, उनले भने, ‘राष्ट्रिय गौरवका योजनापश्चात नगर गौरवका योजना चलेका स्थानमा व्यक्तिले हड्पेका सार्वजनिक जग्गामा बनेका संरचना हटाइनेछ।’

रामपुर नगरले बजारमा अव्यवस्थितरूपमा सडकपेटी मिचेर राखेका  सामान जफत गर्ने अभियानसमेत सुरु गरेको छ। सडकपेटी मिचेर छरपस्ट राखिएका सामानले बजारमा दुर्घटनाको जोखिम बढेको थियो। अहिले सो अभियानले रामपुरको मुटु मानिने बेझाड बजार व्यवस्थित बन्दै गएको छ।

पाल्पा क्षेत्र नं १ (१) मा प्रदेशसभा सदस्यमा नवनिर्वाचित राजुप्रसाद श्रेष्ठले पहिले नै गर्नुपर्ने काम नगर्दा अहिलेको अवस्थामा सार्वजनिक जग्गा संरक्षण गर्न अप्ठ्यारो परेको र तत्कालीन गाउँ पञ्चायत, गाउँ विकास समितिले बिक्री गर्न थालेपछि सार्वजनिक जग्गा व्यवस्थापनमा चुनौती थपिएको बताए।

‘विसं २०५४ मा साविक रामपुर गाउँ विकास समिति वडा नं ४ को वडाध्यक्षमा निर्वाचित भई कार्यभार सम्हाल्दादेखि नै सार्वजनिक जग्गा संरक्षणमा अग्रसर भएर लागेको हुँ, त्यसयता सार्वजनिक जग्गा हडप्ने कार्यमा केही स्थिरता आएको छ, सार्वजनिक जग्गामा बनेका संरचनालाई हटाएर यसलाई व्यवस्थित बनाउनुपर्छ’, उनले भने।

राजनीतिक दलले अडान लिन नसक्दा सार्वजनिक जग्गा हडप्ने कार्य भएको हुँदा बाटो मिचेर बनाइएका घर, भवन भत्काउनुपर्ने समाजसेवी फणेश्वर गौतमले बताए। साँच्चिकै सुकुम्बासी हुन् या होइनन् पहिल्याएर सुकुम्बासी भएमा सार्वजनिक जग्गामा बसोबास गर्न दिनुपर्ने र अन्यत्र पालिकामा स्थायी बसोबास रहेका तर रामपुरमा अस्थायीरूपमा सार्वजनिक जग्गा हडपेर बसेका छन् भने तिनलाई हटाउनुपर्ने समाजसेवी तथा ज्येष्ठ राजनीतिज्ञ देवराज ढकालले बताए।

मालपोत कार्यालय रामपुरका प्रमुख होमबहादुर थापाले सार्वजनिक जमिन संरक्षण गर्ने दायित्व सम्बन्धित स्थानीय निकाय वा प्रशासनको रहेको बताउँछन्। सबैभन्दा पहिला रामपुरभित्र रहेका सार्वजनिक र निजी जग्गा छुट्याउनुपर्ने र त्यसलाई वर्गीकरण गरी सार्वजनिक जग्गा संरक्षण गरिनुपर्ने यहाँका स्थानीयवासीको माग छ।

 राजनीतिक शक्तिको आडमा रहेर रातारात सार्वजनिक जग्गा ओगटेर घर, भवन, टहरा बनाउने गलत प्रवृत्ति छ। त्यसलाई रोक्न र सार्वजनिक जग्गाको सदुपयोग, संरक्षण गर्दै बाल खेल संसारको योजना समितिले ल्याएको छ।    -सुशीला रेग्मी रासस


प्रकाशित: December 8, 2022 | 19:30:00 काठमाडौं, बिहीबार, मंसिर २२, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

अनाथालय प्रमुख नै बलात्कारी !

बालिका बलात्कारको आरोपमा चन्द गत माघ १७ गते अनाथालयबाटै पक्राउ परेका हुन्।

सरकारबाट बाहिरिएका रास्वपाका मन्त्रीले किन गरेनन् पत्रकार सम्मेलन?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आइतबार नै सरकारबाट बाहिरिसकेको छ।

संसद् भवन अगाडि भिख माग्दै बालिका

अकासेपुलमा भिख माग्नका लागि राखिएकी एक अबोध बालिका

मिडियामाथि आक्रोशित रविले जे बोले…

आइतबार सरकारमा रहने वा बस्ने विषयमा भएको छलफलमा पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सरकारबाट बाहिरिने निर्णय सुनाउँदै पत्रकार सम्मेलन गरेका रविले भने सबै झोंक मिडियामाथि पोखेका छन्।

आउने चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री हुन्छु: रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने र आफू प्रधानमन्त्री हुने उद्घोष गरेका छन्

नारायणकाजीसँग मन्त्रालय साटफेरको चर्चा, मान्लान् रवि?

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा रहने कि बाहिरिने चर्चा चलिरहेको समयमा सत्ता गठबन्धन दलभित्र पार्टी सभापति रवि लामिछानेलाई भौतिक पूर्वाधार मन्त्रालय दिएर मनाउने तयारी भएको बताइएको छ।

फ्यानको मायाले रोइन् ‘पठान’की दीपिका

फिल्म सफल भएपछि निर्माता तथा कलाकार उत्साहित छन्।

रास्वपालाई गृह मन्त्रालय फिर्ता दिने प्रधानमन्त्री प्रचण्डको संकेत

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपाले उठाएको विषय समाधान हुने बताएर गृह मन्त्रालय फिर्ता दिने संकेत गरेका हुन्।

दलका कार्यकर्ता प्राज्ञ भएपछि योग्य कलाकारले कहिले पाउने अवसर?

राजनीतिमा चासो नदिने स्रष्टाप्रति राज्यले दायित्व बिर्सिंदा सहरमा कलाकार डिप्रेसनबाट गुज्रिनुपरेको र गाउँमा हराउनुपरेको वा खाडी मुलुक पलायन हुनुपर्ने अवस्था छ। कला र गलाका लागि सिर्जिएका चलचित्र विकास बोर्ड, प्रज्ञा प्रतिष्ठानलगायतका संस्था राजनीतिमय भएपछि स्रष्टाहरू ओझेल पर्दै छन्।

तत्काल पानी पर्ने सम्भावना छैन, आज काठमाडौंको तापक्रम कति?

देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

थप समाचार

नेपाल समय
समाज

माघ सकिनै लाग्दा पनि भएन हिउँदे वर्षा, कस्तो रहला आजको मौसम?

पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज केही प्रदेशमा हिमपातको सम्भाना रहेको छ। विभिन्न प्रदेशका उच्च पहाड र हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना रहेको हो।
नेपाल समय
समाज

त्रिशूली किनारमा केन्द्रीय कारागार

काठमाडौंमा साँघुरो भएपछि यहाँ कारागार बनाउन लागिएको हो।
नेपाल समय
समाज

आमसञ्चार कानुनलाई छिट्टै मूर्त रुप दिइनेछ: मन्त्री शर्मा

आमसञ्चार प्रतिष्ठान, जेष्ठ पत्रकार सम्मान वृत्ति, मिडिया काउन्सिल विधेयकलगायत सञ्चारक्षेत्रको नीतिगत सुधारका लागि महासङ्घले दिएको सुझावका आधारमा निर्माण हुनुपर्नेमा उनको भनाइ थियो।
नेपाल समय
समाज

शहिदनगरका पूर्वमेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नगरपालिकाले आव २०७४/७५ का लागि वडा नम्बर ८ स्थित बिसरभोरा नहरदेखि गोठ कोयलपुरसीसम्म कृषि सडक निर्माण गर्दा फर्जी कागजात बनाएर फिल्डमा भएको भन्दा बढी उल्लेख गरी रकम हिनामिना गरेको कसुरमा अख्तियारमा उजुरी परेको थियो।
नेपाल समय
समाज

सौन्दर्य प्रतियोगिताको नाममा यौन शोषण गर्ने पाण्डेलाई सात वर्ष कैद

मानव बेचविखनविरुद्धको कसुरमा जैसीलाई सात वर्ष कैद र ७५ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने र एक हजार तीन सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना