मंगलबार, माघ २४, २०७९

बिहीबार देशका ६ स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

नेपाल समय  |  काठमाडौं, शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- देशका विभिन् स्थानमा भएका सवारी दुर्घटनामा बिहीबार ९ जनाले ज्यान गुमाएका छन्।

काठमाडौं, महानगरपालिका-१५ हलचोकस्थित सडकमा बा.७८ प २६८७ नम्बरको मोटरसाइकल र बा.५ ख ६९५ नम्बरको बस एकआपसमा ठोकिएर बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक धादिङ थाक्रे गाउँपालिका-१० घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने ३४ वर्षीय प्रतिक बास्कोटाको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

नवलपरासी(पूर्व), हुप्सेकोट गाउँपालिका-५ कान्छिपानीमा ग.प्र.०४-००१ ज ०००६ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर बिहीबार साँझ दुर्घटना हुँदा जीपमा सवार २ जना पुरुष र २ जना महिला गरी ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। 

दुर्घटनामा घाइते भएका अन्य १० जनामध्ये ७ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने ३ जना स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन्। 

झापा, दमक नगरपालिका-९ क्याम्पस मोडमा प्र.१-०१-०१६ प ८९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ईलाम माई नगरपालिका-१० बस्ने ४७ वर्षीय गोपाल राईको बिहीबार बिहान मृत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते भएका उनको निम्स अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। घाइते भएका मोटरसाइकल चालकको न्यूरो अस्पताल विराटनगरमा थप उपचार भइरहेको छ। 

सर्लाही, गोडैता नगरपालिका-१० झगरु चोकमा ना.१ त ७६७८ नम्बरको ट्याक्टरले ज.२ प ४५२ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय छेकन बैठाको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकल चालकको रामा अस्पताल धनुषामा उपचार भइरहेको छ। 

रौतहट, गरुडा नगरपालिका-१ जयनगरस्थित सडकमा टायर गाडालाई बीआर ३० एल ०१४३ नम्बरको मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा भएको दुर्घटनामा परी मोटरसाइकल चालक भारत थाना पुर्नैयाहा बस्ने ३० वर्षीय निरज कुमार साहको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्राण्डी अस्पताल झाँझपुलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य दुई जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। टायर गाडा साहुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जाजरकोट, भेरी नगरपालिका-३ थाप्लेस्थित सडकमा प्र.३ ०२१ प ७८८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६१ वर्षीया विजया शाहीको बिहीबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।


प्रकाशित: December 2, 2022 | 13:06:26 काठमाडौं, शुक्रबार, मंसिर १६, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

अनाथालय प्रमुख नै बलात्कारी !

बालिका बलात्कारको आरोपमा चन्द गत माघ १७ गते अनाथालयबाटै पक्राउ परेका हुन्।

सरकारबाट बाहिरिएका रास्वपाका मन्त्रीले किन गरेनन् पत्रकार सम्मेलन?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आइतबार नै सरकारबाट बाहिरिसकेको छ।

संसद् भवन अगाडि भिख माग्दै बालिका

अकासेपुलमा भिख माग्नका लागि राखिएकी एक अबोध बालिका

मिडियामाथि आक्रोशित रविले जे बोले…

आइतबार सरकारमा रहने वा बस्ने विषयमा भएको छलफलमा पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सरकारबाट बाहिरिने निर्णय सुनाउँदै पत्रकार सम्मेलन गरेका रविले भने सबै झोंक मिडियामाथि पोखेका छन्।

आउने चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री हुन्छु: रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने र आफू प्रधानमन्त्री हुने उद्घोष गरेका छन्

नारायणकाजीसँग मन्त्रालय साटफेरको चर्चा, मान्लान् रवि?

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा रहने कि बाहिरिने चर्चा चलिरहेको समयमा सत्ता गठबन्धन दलभित्र पार्टी सभापति रवि लामिछानेलाई भौतिक पूर्वाधार मन्त्रालय दिएर मनाउने तयारी भएको बताइएको छ।

फ्यानको मायाले रोइन् ‘पठान’की दीपिका

फिल्म सफल भएपछि निर्माता तथा कलाकार उत्साहित छन्।

रास्वपालाई गृह मन्त्रालय फिर्ता दिने प्रधानमन्त्री प्रचण्डको संकेत

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपाले उठाएको विषय समाधान हुने बताएर गृह मन्त्रालय फिर्ता दिने संकेत गरेका हुन्।

दलका कार्यकर्ता प्राज्ञ भएपछि योग्य कलाकारले कहिले पाउने अवसर?

राजनीतिमा चासो नदिने स्रष्टाप्रति राज्यले दायित्व बिर्सिंदा सहरमा कलाकार डिप्रेसनबाट गुज्रिनुपरेको र गाउँमा हराउनुपरेको वा खाडी मुलुक पलायन हुनुपर्ने अवस्था छ। कला र गलाका लागि सिर्जिएका चलचित्र विकास बोर्ड, प्रज्ञा प्रतिष्ठानलगायतका संस्था राजनीतिमय भएपछि स्रष्टाहरू ओझेल पर्दै छन्।

तत्काल पानी पर्ने सम्भावना छैन, आज काठमाडौंको तापक्रम कति?

देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

थप समाचार

नेपाल समय
समाज

बढ्यो पेट्रोल र डिजेलको मूल्य

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
नेपाल समय
समाज

माघ सकिनै लाग्दा पनि भएन हिउँदे वर्षा, कस्तो रहला आजको मौसम?

पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज केही प्रदेशमा हिमपातको सम्भाना रहेको छ। विभिन्न प्रदेशका उच्च पहाड र हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना रहेको हो।
नेपाल समय
समाज

त्रिशूली किनारमा केन्द्रीय कारागार

काठमाडौंमा साँघुरो भएपछि यहाँ कारागार बनाउन लागिएको हो।
नेपाल समय
समाज

आमसञ्चार कानुनलाई छिट्टै मूर्त रुप दिइनेछ: मन्त्री शर्मा

आमसञ्चार प्रतिष्ठान, जेष्ठ पत्रकार सम्मान वृत्ति, मिडिया काउन्सिल विधेयकलगायत सञ्चारक्षेत्रको नीतिगत सुधारका लागि महासङ्घले दिएको सुझावका आधारमा निर्माण हुनुपर्नेमा उनको भनाइ थियो।
नेपाल समय
समाज

शहिदनगरका पूर्वमेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नगरपालिकाले आव २०७४/७५ का लागि वडा नम्बर ८ स्थित बिसरभोरा नहरदेखि गोठ कोयलपुरसीसम्म कृषि सडक निर्माण गर्दा फर्जी कागजात बनाएर फिल्डमा भएको भन्दा बढी उल्लेख गरी रकम हिनामिना गरेको कसुरमा अख्तियारमा उजुरी परेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना