धनगढी- बैतडीको पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्या आरोपमा शसस्त्र प्रहरीका जवानविरुद्ध किटानी जाहेरी दर्ता भएको छ।
पीडीत परिवारले शिवनाथ गाउँपालिका-४ सोलपलाका भरतराम कोलीविरुद्ध हत्या आरोपमा किटानी जाहेरी दिएका हुन्।
कोली कास्कीमा शसस्त्र प्रहरीको जवान पदमा कार्यरत छन्। उनी बिदामा घर आएका थिए। अहिले उनी फरार छन्।
हत्या आरोपी कोलीको खोजीका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए।
पञ्चेश्वर गाउँपालिका-४ की माया र उनकी भदै नेहा मंगलबार बिहान लुगा सिलाउन कुलाउ गएका थिए।
त्यसपछि बेपत्ता उनीहरूको खोजी गर्दा अर्को दिन मायाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। नेहा घाइते अवस्थामा भेटिएकी थिइन्।