काठमाडौं- भक्तपुरको मध्यपुरठिमी नगरपालिका वडा नम्बर ६ मिलरोडमा घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु भएको छ।
भुवन श्रेष्ठको साढे चार तले पक्की घरबाट खसेर उनका छोरा १७ वर्षीय भुमिल लाल श्रेष्ठको मृत्यु भएको हो।
बिहीबार साँझ साढे ६ बजे उनी छिमेकीको घरको कम्पाउण्डमा खसेका थिए। उनको नागरिक अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।