भक्तपुर- मध्यपुरथिमि नगरपालिकाका–६ मिलरोड उकालोमा सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ। मृत्यु हुनेमा भक्तपुर नगरपालिका-१ का २८ वर्षे सिजन फसिकवा रहेका छन्।
मोटरसाइकलमा पछाडि सवार एक जना घाइते भएका छन् ।
चाँगुनारायण नगरपालिका-१ दुवाकोटबाट पुरानोथिमि जाँदै गरेको प्रदेश ३-०१-०२३ च ४२९३ भ्यान र बा १ प ९५०८ नम्बरको मोटरसाइकल ठोकिकएर दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार भक्तपुर नगरपालिका-७ गोल्माढीका ३२ वर्षे सुनिल ग्वाछाको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले गाडी चालक सिन्धुली घर भई भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय दाताराम पहाडीलाई पक्राउ गरेको छ।