काठमाडौं- भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-१ का २८ वर्षीय सिजन फसिकवा रहेका छन्। उनको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा मृत्यु भएको हो।
शनिबार राति सवा ११ बजे मध्यपुर थिमि नगरपालिका-६ मा दुवाकोटबाट पुरानोथिमि आउँदै गरेको प्रदेश ३-०१-०२३ च ४२९३ गाडी र विपरीत दिशाबाट जाँदै गरेको बा१०प ९५०८ नम्बरको मोटरसाइकल जुधेका थिए।
दुर्घटनामा मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका-७ गोलमाडीका ३२ वर्षीय सुनिल ग्वाछा घाइते भएका छन्। उनको मध्यपुर थिमि अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
गाडी चालक सिन्धुली घर भई भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय दाताराम पहाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।