सोमबार, मंसिर १९, २०७९

आजको राशिफल [२०७९ मंसिर ८]

ज्यो. विवेक पाण्डेय  |  काठमाडौं, बिहीबार, मंसिर ८, २०७९

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

बिहीबार, मंसिर ८, २०७९, काठमाडौं

नेपाल समय

आज २०७९ मंसिर ८ गते तदनुसार २४ नोभेम्बर २०२२ मंसिर शुक्ल प्रतिपदा पञ्चाङ्ग: अतिगंड किंस्तुघ्न अनुराधा।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ। दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ। बौद्धिक क्रियाकलापमा दिलचस्पी जाग्नेछ, लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ। प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ। साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ। व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

धनागमको सङ्केत छ। शरीर फूर्तिलो भएको महसुस हुनेछ। परिणाममुखी काममा लगानीको समय छ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ। मातृधनबाट लाभ प्राप्त हुने सम्भावना छ। महत्वाकाङ्क्षी योजना फलीभूत हुनसक्छन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ काम सुरु गर्ने समय छ। व्यापारमा मनग्ये धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। गरेका कामबाट राम्रै लाभ हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा प्रगति हुनेछ। मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ। मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ। नयाँ काममा हात हाल्ने समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। आर्थिक पक्ष सुदृढ बन्नेछ। कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ। मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ। पारिवारिक सहयोग प्राप्त हुनेछ। व्यवसायिक क्षेत्र लाभप्रद रहने छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ। सामान्य कुरामा रुमलिनु राम्रो हुँदैन। दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। जिम्मेबारी वहन गर्नु पर्नेछ, उत्साहपूर्वक काम गर्नुहोला। यद्यपि श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा भने सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा भए पनि आम्दानीमा कमी हुनेछैन।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला। मातापिता र अभिभावक वर्गसँग सामीप्यता राख्न सके राम्रो हुन्छ। अरुको हीतका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन, राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ। सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको जाति हुन्छ। घरपरिवारमा सामान्य छ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ। हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ। नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन्। जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

परिवारजनको साथले नयाँ आशा पलाउनेछ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने छ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। विगतको श्रमबाट राम्रै लाभ हुनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ। सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ। गर्नैपर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ। कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ। दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

ठूलो लाभ लिन नसकिए पनि व्यावसायिक यात्राको सम्भावना छ। घरायसी परिबन्दका लागि चाहिने धनको जोहो हुनेछ। दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ। आज काममा ढिलासुस्ती देखिन सक्छ, तर आम रूपमा बेफाइदा हुँदैन। घरमा विवाद, तनाव र असमझदारी बढ्नाले निर्णयमा पुग्न सकिंदैन।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन्। स्वास्थ्य सबल रहने छ।


प्रकाशित: November 24, 2022 | 06:38:12 काठमाडौं, बिहीबार, मंसिर ८, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
समाज

सुदूरपश्चिममा विद्युत् आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गर्दै प्राधिकरण

प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल सञ्चालनमा रहेका प्रसारण र वितरण प्रणालीका संरचनाको सुदृढीकरण र विस्तार गर्ने छ।
नेपाल समय
समाज

मधेसी समुदायमाथि अपमानजनक शब्द प्रयोग नगर्न आयोगको अपिल

आयोगले त्यस्ता उजुरीमाथि तुरुन्त सम्बन्धित निकायलाई पत्राचार गरी छानबिन तथा कडाभन्दा कडा कारबाही गर्नका लागि सिफारिससमेत गरिरहेको जनाएको छ।
नेपाल समय
समाज

चुनाव सकेसँगै जाडो छल्न हिँडे मनाङवासी

जाडो बढेसँगै मौसममा प्रतिकूलताले जीवनयापनमा समस्या हुँदा मनाङवासी जाडो छल्न बेसी झर्ने गर्दछन्।
नेपाल समय
समाज

नक्कली सर्टिफिकेटले जागिर खाने शिक्षकविरुद्ध मुद्दा

नक्कली प्रमाणपत्र पेश गरी जागीर खाएको भन्दै कैलालीको भजनी नगरपालिकास्थित राष्ट्रिय माविमा कार्यरत शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
नेपाल समय
समाज

किशोर नेपाल र उकेरा डटकमको घटनाबाट हामी जाग्नुपर्छ: आईएफजे सदस्य सिग्देल

नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)का एसिया प्यासिफिकका कार्यकारी सदस्य बद्री सिग्देलले वरिष्ठ पत्रकार किशोर नेपालको सामाजिक सञ्‍जाल र युवा पत्रकार केपी ढुंगाना प्रधान सम्पादक रहेको अनलाइन ह्याक गरेको खबरले झस्काएको बताएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना