सोमबार, मंसिर १९, २०७९

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबुवा

रासस  |  काठमाडौं, बुधबार, असोज १९, २०७९

नेपाल समय

रासस

बुधबार, असोज १९, २०७९, काठमाडौं

नेपाल समय

गलेश्वर- बूढेसकालमा छोरो नै बाबुआमाको सहारा हुन्छ भन्ने नेपालीहरुको मानसिकता र सोचाइमा पछिल्लो समय धेरै परिवर्तन आएको छ। छोरा–बुहारीकै कारण कैयौँ वृद्ध बुबाआमाहरू घरमा बस्न सक्ने वातावरण नभएर वृद्धाश्रम वा मन्दिरमा सहारा लिई आफ्नो अन्तिम दिनको प्रतीक्षा गरिरहेका छन्।

तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाएका छन्। रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्छन्। उनलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसारदेखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ।

हजुरबुवा (बाजे) को स्याहार सुसारकै लागि इजरायलबाट डेढ महिनाको बिदा लिई घरमा आएकी नातिनी विष्णु पुन मगर चौबिसै घण्टा बाजेको स्याहारमा तल्लिन छिन्।

एक सय एक वर्षको वृद्ध वय त्यसै नै शिथिल हुन्छ। शारीरिकरूपमा कमजोर भए पनि त्यस्तो अवस्थामा तागतिलो खानेकुरा खाने, परिवारको माया र स्याहार पाउने रहर बढी नै हुन्छ। तर, परिवारका सदस्यले त्यस्ता वृद्धवृद्धाहरूको स्याहार सुसारमा खासै ध्यान नदिँदा उनीहरु शारीरिकपले मात्रै होइन मानसिकरूपमा समेत कमजोर बन्दै जान्छन् र रोगले च्याप्ने गर्दछ।

तर, शिवलाल पुन मगरको हकमा भने यस्तो छैन। उहाँको हेरचाह र स्याहार सुसारका लागि विदेशमा रहँदासमेत नातिनी विष्णुले अनलाइन माध्यमद्वारा नै परिवारका सदस्यहरूलाई निर्देशन दिने, सिकाउने, आवश्यक सामान र सुविधाजनक चिजहरु मगाइदिने गर्थिन्।

घरका सदस्यलाई अरु काम छोडेर भए पनि बाजेको स्याहार सुसार गर्न खटाउथिन्। परिवारका सदस्यले पनि सोहीअनुसार गर्ने भएकाले वृद्ध शिवलाल शारीरिकरूपमा कमजोर भए पनि मानसिकरूपले फुर्तिलो बनेर हँसिलो अनुहारमा परिवारका सदस्यहरूसँग कुराकानी गर्ने, व्यावहारिक कुराहरु सिकाउने, आफन्त, इष्टमित्रहरूको खैखबर बुझ्ने लगायतका कुराहरू गर्छन्।

बाजेको हेरचाहका लागि विष्णु इजरायलबाट घरमा आएर खानपान र हेरचाहको उचित प्रबन्ध मिलाई विदेशमा आफूले जानेको (वृद्धवृद्धाको स्याहार सुसारका विधि) तरिका अपनाई सेवा गर्न थालेपछि शारीरिकरूपमा कमजोरी भएको अवस्थाबाट बौरिएर भान्छामा बसेर आफैँ खाना खाने, परिवारका सदस्यहरूसँग गफिने गर्न थालेकी छन्।

विगत १५ वर्षदेखि इजरायलमा बस्दै आएकी विष्णु इजरायलमा वृद्धवृद्धाहरूको स्याहार सुसार गर्ने काम गर्छिन्। गाउँकै सज्जन व्यक्तिका रूपमा चिनिने शिवलालसँग व्यावहारिक ज्ञानको अथाह भण्डार भएको र उनी गाउँका लागि सूर्य जस्तै उज्यालो छर्ने व्यक्ति भएको स्थानीयवासीले बताउँछन्।

युवावस्थामा समेत गाउँमा नै बसेर गाउँको विकास र उत्थानका लागि अहोरात्र खट्ने शिवलालको दीर्घ जीवनको कामना गर्दै दैनिकरूपमा उनलाई भेट्न आउनेहरुको भीड नै लाग्ने गर्छ। एक सय वर्ष पार गरेका वृद्धवृद्धालाई मानिसको रूपमा नभई भगवान्का रूपमा मानिनुपर्ने धार्मिक मान्यता र सामाजिक प्रचलन समेत छ। उीहरुले आफ्नो जीवनकालमा गरेका कामहरु समाजका लागि अनुकरणीय हुने गर्दछन्।

बेली गाउँमा एक सय वर्ष उमेर पार गरेका तीन जना ज्येष्ठ नागरिक छन्। विष्णुले दैनिकरूपमा ती जेष्ठ नागरिकहरूको घरमा पुगेर उनीहरुलाई कसरी स्याहारसुसार गर्नुपर्दछ भनेर परिवारका सदस्यहरूलाई समेत सिकाउँछिन्।

आफ्नै खर्चमा ती वृद्धवृद्धालाई आवश्यक पर्ने चिज र पोषिला खानेकुराहरू किनेर लगिदिने, बनाएर खान दिने आदि कामहरू गर्दै आएकी छन्।  शिवलालका एक छोरा र दुई छोरी छन्। छोरीहरु विवाह गरेर आआफ्नो कर्मघरमा छन्। छोरा कहिले लेक गाउँमा त कहिले बेली गाउँमा पशुपालन गर्छन्।

शिवलालका तीन सन्तानबाट १५ जना छोराछोरी र तिनका २५ जना पनाति, पनातिनी गरेर ४० जनाको परिवार छ। परिवारका सबै सदस्यहरू शिवलाललाई उत्तिकै सम्मान गर्नुका साथै उनको रेखदेखमा खटिने गर्छन्।बाजेलाई प्रसन्न र स्वस्थ राख्न नातिनी विष्णुले हरेक उपाय अपनाउँछिन्। उनलाई हँसाउने, फुर्काउने, खुवाउने, सुताउने, उठाउने सबै काम विष्णुले नै गर्दै आएकी छन्।

बाजेको सेवा गर्न पाउँदा आफूलाई धेरै खुसी लागेको र आफूलाई नै भाग्यठानी ठानेको विष्णुको भनाइ छ। उनले आफ्नो घरका ज्येष्ठ नागरिकलाई बोझको रूपमा नभई ओजको रूपमा लिन र उनीहरूलाई सम्मानका साथ रहने वातावरण मिलाउन सबैलाई आग्रहसमेत गर्छीन्। -धुव्रसागर शर्मा


प्रकाशित: October 5, 2022 | 16:45:00 काठमाडौं, बुधबार, असोज १९, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
समाज

सुदूरपश्चिममा विद्युत् आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गर्दै प्राधिकरण

प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल सञ्चालनमा रहेका प्रसारण र वितरण प्रणालीका संरचनाको सुदृढीकरण र विस्तार गर्ने छ।
नेपाल समय
समाज

मधेसी समुदायमाथि अपमानजनक शब्द प्रयोग नगर्न आयोगको अपिल

आयोगले त्यस्ता उजुरीमाथि तुरुन्त सम्बन्धित निकायलाई पत्राचार गरी छानबिन तथा कडाभन्दा कडा कारबाही गर्नका लागि सिफारिससमेत गरिरहेको जनाएको छ।
नेपाल समय
समाज

चुनाव सकेसँगै जाडो छल्न हिँडे मनाङवासी

जाडो बढेसँगै मौसममा प्रतिकूलताले जीवनयापनमा समस्या हुँदा मनाङवासी जाडो छल्न बेसी झर्ने गर्दछन्।
नेपाल समय
समाज

नक्कली सर्टिफिकेटले जागिर खाने शिक्षकविरुद्ध मुद्दा

नक्कली प्रमाणपत्र पेश गरी जागीर खाएको भन्दै कैलालीको भजनी नगरपालिकास्थित राष्ट्रिय माविमा कार्यरत शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
नेपाल समय
समाज

किशोर नेपाल र उकेरा डटकमको घटनाबाट हामी जाग्नुपर्छ: आईएफजे सदस्य सिग्देल

नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)का एसिया प्यासिफिकका कार्यकारी सदस्य बद्री सिग्देलले वरिष्ठ पत्रकार किशोर नेपालको सामाजिक सञ्‍जाल र युवा पत्रकार केपी ढुंगाना प्रधान सम्पादक रहेको अनलाइन ह्याक गरेको खबरले झस्काएको बताएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना