शुक्रबार, मंसिर १६, २०७९

तनहुँ प्रशासनद्वारा हातहतियार बुझाउन आग्रह

नेपाल समय  |  काठमाडौं, आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९, काठमाडौं

नेपाल समय

दमौली- मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय तनहुँले हातहतियार बुझाउन आग्रह गरेको छ।

प्रशासन कार्यालयले एक सूचना जारी गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो।

निर्वाचनपश्चात् फिर्ता हुने गरी अगामी कात्तिक ४ गतेसम्म नजिकको प्रहरी एकाइमा हातहतियार बुझाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयमा इजाजत लिएका सात सय ९५ हतियार रहेका छन्।

तत्कालीन गाउँ पञ्चायत र अहिलेको गृह मन्त्रालयसँग स्वीकृत लिइएका हतियारको संख्या जिल्लामा सात सय ९५ रहेको छ। त्यसमध्ये पाँच सय ६७ भरुवा बन्दुक र दुई सय २८ राइफल रहेको प्रशासनले जनाएको छ।

हातहतियार खरखजाना ऐन, २०१९ अनुसार अवैध हातहतियार राखेको पाइए एक वर्षदेखि तीन वर्षसम्म कैद र तीन हजारदेखि ६० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ। ‘चुनावलाई सुरक्षित र भयरहित बनाउनका लागि सबै हतियार बुझाउन आग्रह गरेका छौँ’, उनले भने, ‘चुनावपछि हतियार पुनः फिर्ता गरिने भएकाले जतिसक्दो छिटो नजिकको प्रहरी कार्यालयमा हतियार बुझाउन अनुरोध छ।’


प्रकाशित: October 2, 2022 | 16:55:00 काठमाडौं, आइतबार, असोज १६, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
समाज

बिहीबार देशका ६ स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन् स्थानमा भएका सवारी दुर्घटनामा बिहीबार ९ जनाले ज्यान गुमाएका छन्।
नेपाल समय
समाज

काठमाडौं, भक्तपुर र गुल्मीमा गरी लडेर तीन जनाको मृत्यु

काठमाडौं महानगरपालिका कपन बस्ने सिन्धुली कमलामाई नगरपालिका-१ घर भएका २५ वर्षीय पवन राईको घरको झ्याल फिट गर्ने क्रममा लडेर बिहीबार दिउँसो मृत्यु भएको छ।
नेपाल समय
समाज

कुटपिटबाट धनुषामा एकको मृत्यु, ६ जना पक्राउ

धनुषामा कुटपिट गरी एक जनाको हत्या भएको छ। बिहीबार राति मिथिला बिहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको कुटपिट गरी हत्‍या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।
नेपाल समय
समाज

बाल्टिनको पानीमा डुबेर एक वर्षीया बालिकाको मृत्यु

धनुषामा बाल्टिनको पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ।
नेपाल समय
समाज

बैतडीमा किशोरी हत्या प्रकरण : सशस्त्रका जवानविरुद्ध किटानी जाहेरी

बैतडीको पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्या आरोपमा शसस्त्र प्रहरीका जवानविरुद्ध किटानी जाहेरी दर्ता भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना