मंगलबार, मंसिर १३, २०७९

रैथाने धानको अनुसन्धान गरिँदै

नेपाल समय  |  काठमाडौं, मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९, काठमाडौं

नेपाल समय

दोधारा चाँदनी- त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति अनुसन्धान विभागले सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानमा अनुसन्धान थालेको छ।

कञ्चनपुरको बेलौरी नगरपालिकास्थित शान्तिपुर, बैतडीको पाटन र डडेल्धुराको जोगबुढा परगाउँमा स्टेशन बनाएर १२ किसिमका रैथाने धानको अनुसन्धान भइरहेको अनुसन्धान टोलीका सदस्य एवं सुदूरपश्चिम विश्वविद्यालय कैलाली बहुमुखी क्याम्पसका उप–प्राध्यापक गुणानन्द पन्तले बताए।

'सुदूरपश्चिमका राम्रा गुण भएका धान हराउन थालेका छन्, यी धान किन हराउँदैछन् भनेर हामीले अनुसन्धान गरिराखेका छौँ', उनले भने, 'हामीले तराईको कञ्चनपुर, भित्री मधेशको जोगबुढा र पहाडी जिल्लाको बैतडीमा स्टेशन राखेर काम गरिराखेका छौँ।'

सुदूरपश्चिममा लगाइने परम्परागत धानको सुक्खा सहनसक्ने क्षमता र उत्पादनको परिमाण कस्तो छ भनेर अध्ययन अनुसन्धान गरिन लागेको उनले बताए। 'राम्रो गुण भएका परम्परागत धानको खेती गर्न छोडेर आयातित धानको बीउमा निर्भरता बढेको छ', उनले भने, 'सुदूरपश्चिमका रैथाने धानको बीउ जोगाउन र प्रोत्साहन गर्नका लागि अनुसन्धान भइरहेको छ।'

उनले अध्ययन गरी निष्कर्ष निकाल्न लगातार तीन वर्ष अनुसन्धान गरिने बताए। 'हाम्रो परम्परागत धानको खेती गर्न छोडेर बाहिरबाट हाइब्रिड बीउ लिएर लगाउन थाले', उनले भने, 'हाम्रो यहाँ पाइने धानको बीउ बाहिर लगेर त्यहाँ कपिराइट लागेर फेरि हामीले किन्नुपर्ने अवस्था आएको छ।' 

सुदूरपश्चिमका तीन जिल्ला बैतडीको पाटन नगरपालिका कागसेली, डडेल्धुराको परशुराम नगरपालिकाको परिगाउँ र कञ्चनपुरको बेलौरीमा १२ वटा जातिमा एक सय ८० प्लटमा लगाइएको धानमा अनुसन्धान भइरहेको उनले जानकारी दिए।

'हामी लगातार तीन वर्षसम्म अनुसन्धान गर्छौं, धानको लम्बाइ लिने बाला कस्तो भयो, ढलेको थियो कि कस्तो थियो, रोग लागेको थियो कि थिएन, यो सबै हेर्छौं', उनले भने, 'यहाँको प्रयोगशालामा हेर्न मिल्ने यहाँ हेर्छौं, नभए केन्द्रिय प्रयोशाला वा नाष्टमा अनुसन्धान हुन्छ।' 

उनले यहाँको रैथाने धानलाई मलखादको आवश्यकता पनि नपर्ने बताए। अहिलेको आयातित धानले मलखादबिना उत्पादन दिन नसक्ने भएकाले बाहिरी देशले मलखादमा रोक लगाए यहाँको उत्पादन शून्य हुने बताए।

रैथाने जातको धानको अध्ययन गर्न तीन फरक–फरक भौगोलिक अवस्थितिको छनोट गरिएको छ। डडेल्धुराको जोगबुढामा माइती धान, झिनी, शान्ति र चिउडी जातको धान, कञ्चनपुरको बेलौरीमा भने अञ्जना, घिउपुरी, लालचन्द र सुठीयारी जातको रैथाने धानमाथि अनुसन्धान भइरहेको छ।

अनुसन्धानमा त्रिभुवन विश्वविद्यालयको वनस्पति विभागका प्रमुख प्राडा रामकैलाशप्रसाद यादव, डा चन्द्र पोखरेल, डा लालबहादुर थापा र सुदूरपश्चिम विश्वविद्यालय कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक गुणानन्द पन्तले रैथाने धानको अनुसन्धान गरिरहेका छन्। रैथाने धानको उत्पादकत्व बढाउन कस्तो किसिमले धानखेती गर्न उपयुक्त हुने भनेर अनुसन्धान टोलीले सिफारिस गर्नेछ।   -रासस


प्रकाशित: September 27, 2022 | 07:53:47 काठमाडौं, मंगलबार, असोज ११, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
समाज

दल र स्वतन्त्रले निर्वाचनमा प्रयोग गरे बालबालिका

बालबालिका र विद्यालय शान्ति क्षेत्र अवधारणाको व्यावहारिक कार्यान्वयन अझै प्रभावकारी हुन नसकेको भन्दै उनले मतदानस्थलका लागि विद्यालयको विकल्प खोज्न जरुरी रहेको धारणा राखे।
नेपाल समय
समाज

स्याउको बिरुवामै भ्रष्टाचार!

मुगुको छायानाथ रारा नगरपालिकाले आव २०७५/७६ मा सञ्चालन गरेको कार्यक्रममा बिरुवा खरिदका लागि वास्तविक लागतभन्दा बढीको नक्कली बिल बनाएर भ्रष्टाचार गरेको पाइएपछि अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर।
नेपाल समय
समाज

थापाथलीको सुकुम्बासी बस्ती पस्यो महानगरको डोजर, स्थानीयले गरे ढुंगामुढा

अनधिकृत रूपमा बागमती नदी किनारमा कब्जा जमाएर बसेको समूहले वैकल्पिक व्यवस्थाबिनै हटाउन थालेको भन्दै महानगरको टोलीमाथि ढुंगामुढा गरेको हो।
नेपाल समय
समाज

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ।
नेपाल समय
समाज

धनकुटामा ४ म्‍याग्निच्यूडको भूकम्प

धनकुटा केन्द्रविन्दू बनाएर आज भूकम्प गएको छ। सोमबार बिहान १० बजेर ४५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना