शुक्रबार, मंसिर १६, २०७९

नाका नखुल्दा तिब्बतको च्याङ्‍ग्रा भित्रिन सकेन

रासस  |  काठमाडौं, मंगलबार, असोज ११, २०७९

नेपाल समय

रासस

मंगलबार, असोज ११, २०७९, काठमाडौं

नेपाल समय

मुस्ताङ- व्यवसायीले मुस्ताङका च्याङ्‍ग्रा बजार भित्र्याएका छन्। बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्‍ग्रा आइपुगेका हुन्। व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दसैंमा च्याङ्‍ग्रा भित्र्याउँछन्। दसैँमा च्याङ्‍ग्राको माग उच्च हुन्छ।

बागलुङका व्यवसायी महेन्द्र केसीले स्थानीय बलबहादुर थापासहित पर्वत र काठमाडौंका दुई–दुई व्यवसायी मिलेर दुई सय ५० च्याङ्‍ग्रा ल्याएको बताए। 'सानो बगालमा किन्न नमिलेपछि छ जना मिलेर ल्यायौँ', उनले भने, 'यीमध्ये केही च्याङ्‍ग्रा काठमाडौं पुग्छन्, अरु बागलुङ र पर्वतमा बेच्छौँ।'

उनका अनुसार मुस्ताङ पुगेका अरु व्यापारी च्याङ्‍ग्रा ल्याएर बाटोमा फर्किँदैछन्। मुस्ताङको जोमसोम, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्‍ग्रा ल्याउँछन्। त्यहाँबाट म्याग्दी, बागलुङ हुँदै पर्वत ल्याइ पुर्याउन हप्ता दिनसम्म लाग्छ। बर्सेनि मुस्ताङी च्याङ्ग्रा पोखरा हुँदै काठमाडौं पनि पुग्छ।

सात वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका केसीले यसपालि पनि भाउ महँगो परेको सुनाए। 'रोज्जा च्याङ्‍ग्रालाई मुस्ताङमै रु ४० हजार जति पर्यो, यहाँ बेच्दा त ४५ हजारमाथि पुग्छ', उनले भने, 'तिब्बतबाट च्याङ्‍ग्रा आएन, मुस्ताङको आफ्नै उत्पादन कम छ।'

कोराला नाका नखुल्दा तिब्बतका व्यापारीले च्याङ्ग्रा मुस्ताङ भित्र्याउन पाएका छैनन्। मुस्ताङमा पालिने च्याङ्‍ग्राले मात्र बजार माग धान्दैन। च्याङ्ग्रै कम आएका कारण मूल्य बढेको व्यवसायी बताउँछन्। दुई वर्षअघि रोज्जा च्याङ्‍ग्रालाई मुस्ताङमा रु २७ हजार पाँच सय परेकामा अहिले त्यो बढेर रु ४० हजार पुगेको छ।

मूल्य चर्को परेपछि कतिपय पुराना व्यवसायी यसपालि च्याङ्‍ग्रा किन्नै नगएको पर्वत, कुश्माका व्यवसायी राजु पुनले बताए। 'च्याङ्ग्रामा पहिलेको झैँ व्यापार छैन', उनले भने, 'महँगो परेपछि व्यवसायीले पनि झट्ट हात हाल्न आँट गर्दैनन्।'

बर्सेनि भाउ महँगिदै जान थालेपछि च्याङ्‍ग्राको कारोबार कम छ। ठूलो लगानी चाहिने हुँदा व्यवसायीमा पनि रुचि घट्दो छ। 'बाटोको आउजाउ कठिन हुन्छ, खर्चपर्च धेरै लाग्छ, खेतला लगाउनुपर्छ', केसीले भने, 'तैपनि दसैंमा उपभोक्तालाई च्याङ्ग्रा चखाउनुपर्छ भनेर व्यवसायीले ल्याइरहेका छन्।' उनका अनुसार केही वर्षअघिसम्म बागलुङमा मात्रै दुई हजार बढी च्याङ्ग्रा भित्रिने गरेकामा अहिले त्यो सङ्ख्या केही सयमा मात्र सीमित हुन पुगेको छ।

सदरमुकाममा मासु पसलसमेत सञ्चालन गर्दै आएका केसीले दसैंमा च्याङ्‍ग्राको मासुको माग अत्यधिक हुने बताए। अहिले च्याङ्‍ग्राको मासु प्रतिकिलो रु दुई हजार बढी पर्ने देखिएको उनको भनाइ छ। हुने खानेले महँगै परे पनि दसैंमा च्याङ्‍ग्राको मासु खोजीखोजी किन्ने गर्छन्।

कोभिड–१९ महाव्याधिपछि च्याङ्‍ग्रा महँगिएको व्यवसायी बताउँछन्। च्याङ्‍ग्रा कम आउनु, बढ्दो करजस्ता कारणले पनि मूल्य बढ्दै गएको हो। स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा थप मर्का पर्ने गरेको व्यवसायीको गुनासो छ। यस क्षेत्रमा मुख्य गरी मुस्ताङ र डोल्पाको च्याङ्‍ग्रा आउने गरेको छ। नाका नखुल्दा तिब्बतको च्याङ्ग्रा भित्रिनसकेको छैन। 

पछिल्लो पाँच वर्षमा रु २० हजारभन्दा बढीले च्याङ्‍ग्राको भाउ बढेको व्यवसायी बताउँछन्। व्यवसायीले एउटा च्याङ्‍ग्रामा एक–दुई हजारसम्म फाइदा राखेर बेच्ने गरेका छन्। हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ। मासुजन्य अरु परिकार बाह्रैमास पाइने भए पनि च्याङ्ग्रेका लागि भने उपभोक्ताले दसैं नै कुर्नुपर्छ।


प्रकाशित: September 27, 2022 | 07:33:16 काठमाडौं, मंगलबार, असोज ११, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
समाज

पुल निर्माणमा ढिलाइ, आठ वर्षमा ४० प्रतिशत काम

पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा ४० प्रतिशत काम सम्पन्न भएको हो।
नेपाल समय
समाज

झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र१–०१–०१६प८९९ नंको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ४० वर्षीय गोपाल राईको मृत्यु भएको हो।
नेपाल समय
समाज

मध्यपुरठिमीमा घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु

भक्तपुरको मध्यपुरठिमी नगरपालिका वडा नम्बर ६ मिलरोडमा घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय
समाज

महाकाली सिँचाइ आयोजना : पानी ल्याउने विषय अन्योल

महाकाली सिंचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत बनेको मूलनहरमा पानी परीक्षण गरिए नियमित गर्ने विषय टुङ्गोमा पुग्न सकेको छैन।
नेपाल समय
समाज

भूमिहीन तथा सुकुम्वासीको बस्ती नहटाउन भूमि आयोगको निर्देशन

राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासहरूका बस्ती हटाउने तथा असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना