मंगलबार, मंसिर १३, २०७९

६ वटा पूर्ण र २२ सडक आंशिक अवरुद्ध : सडक विभाग

नेपाल समय  |  काठमाडौं, सोमबार, असोज १०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १०, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– दसैं नजिकिँदै जाँदा हाल देशभरका महत्त्वपूर्ण ६ पूर्ण र २२ वटा सडक आंशिक अवरुद्ध भएको सडक विभागले बताएको छ। साँफेबगर–मार्तडी–कोल्टी, बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेंसी सडक, सिद्धार्थ राजमार्ग, डुम्रे–बेंसीसहर–चामे सडक, कर्णाली राजमार्ग र सुर्खेत तल्लो डुंगेश्वर–दुल्लु र पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक अवरुद्ध भएका छन्।

वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध २२ सडक एकातर्फी खुलाएर आंशिक रूपमा सवारीसाधन सञ्चालनमा रहेका छन्। साँफेबगर–मार्तडी–कोल्टी सडक बाजुराको अम्कोट–बल्दे खण्डमा अवरुद्ध रहेको छ। अवरुद्ध  स्थानमा लोडर र स्काभेटर प्रयोग गरेर खुलाउने प्रयास भइरहेको छ। वैकल्पिक सडकका लागि स्थानीयसँग छलफल भइरहेको डिभिजन सडक कार्यालय साँफेबगरले जनाएको छ।  

बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेंसी सडक रसुवाको बनुवामा अवरुद्ध रहेको छ। सो सडक खुलाउन प्रयास भइरहेको छ भने वैकल्पिक सडक माध्यम सवारीसाधनका लागि खुलाइएको छ।

कर्णाली राजमार्गको हर्रे, सेतो भीर, दरबारे, पदुका, रामघाट, किट्टुलगायतका स्थानमा सडक अवरुद्ध छ। सिद्धार्थ राजमार्ग पाल्पाको हिउँदे खोलामा अवरुद्ध रहेकामा सुचारु गर्ने प्रयास भइरहेको छ। 

जुम्लाको श्रीढुस्कामा सडक अवरुद्ध रहेकामा स्काइभेटर प्रयोग गरी खुलाउने प्रयास जारी छ। हाल कोसी राजमार्ग, पृथ्वी राजमार्ग, डुम्रे–बेंसीसहर–चामे, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, सिद्धार्थ राजमार्ग, कर्णाली राजमार्ग, अरनिको राजमार्ग, भेरी करिडोरका विभिन्न स्थानमा एकातर्फबाट मात्रै चालू छ। 

यस वर्ष वर्षाका कारण अवरुद्ध सडकमध्ये हाल १ सय ४५ सडक पूर्ण रूपमा सञ्चालनमा आइसकेको विभागले जनाएको छ। विगत केही वर्षयता वर्षाका कारण धेरै सडकमा क्षति पुगिरहेको छ।

गत वर्ष वर्षामा मात्रै होइन, कात्तिकसम्म वर्षा हुँदा धेरै सडकमा क्षति पुगेको थियो। यस वर्ष पनि देशभरका सडकका चाप बढी रहेका सडक खण्डसमेत पटक–पटक अवरुद्ध भइरहेका छन्। 

अवरुद्ध सडक तत्काल खुलाउन जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको विभागले बताएको छ। विभागले डिभिजन सडक कार्यालयलाई वर्षा आउनु पहिलेदेखि नै उपकरणसहित तयारी अवस्थामा राखिँदै आएको जनाएको छ।–रासस


प्रकाशित: September 26, 2022 | 16:12:06 काठमाडौं, सोमबार, असोज १०, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
समाज

कस्तो रहला आजको मौसम?

आज देशका पहाडी भू-भागका केही स्थानहरुमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय
समाज

आजको राशिफल [२०७९ मंसिर १३]

आज २०७९ मंसिर १३ गते तदनुसार २९ नोभेम्बर २०२२ मंसिर शुक्ल षष्ठी पञ्चाङ्ग: ध्रुव तैतल श्रवण
नेपाल समय
समाज

बालेनविरुद्ध सुकुम्बासी आन्दोलन : हाम्रो भोट फिर्ता गर

बस्ती खाली गर्न नसकेपछि महानगरको डोजर फर्किएकोमा पुन: बस्ती खालि गर्नेगरी फर्किने तयारी महानगरले गरेको छ।
नेपाल समय
समाज

दल र स्वतन्त्रले निर्वाचनमा प्रयोग गरे बालबालिका

बालबालिका र विद्यालय शान्ति क्षेत्र अवधारणाको व्यावहारिक कार्यान्वयन अझै प्रभावकारी हुन नसकेको भन्दै उनले मतदानस्थलका लागि विद्यालयको विकल्प खोज्न जरुरी रहेको धारणा राखे।
नेपाल समय
समाज

स्याउको बिरुवामै भ्रष्टाचार!

मुगुको छायानाथ रारा नगरपालिकाले आव २०७५/७६ मा सञ्चालन गरेको कार्यक्रममा बिरुवा खरिदका लागि वास्तविक लागतभन्दा बढीको नक्कली बिल बनाएर भ्रष्टाचार गरेको पाइएपछि अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना